arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

शीतगंगा नगरपालिकाको विक्रमसोतामा सिँचाइ अभावले धानबाली सुक्यो, दुई सय हाराहारी कृषक चिन्तितtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २४, मंगलवार)


वीरेन्द्र केसी कान्तिपुर 

शितगंगा, अर्घाखाँची । सिँचाइ कुलो खोलाले बगाएपछि सय हेक्टरको धान खेती सुक्दै गएको छ । वर्षाको बाढीले कुलोको बाँध भत्काएपछि खेतमा सिँचाइ ठप्प छ । धानका बाला लागेका छन् । तर, पानी नभएपछि बोटै सुक्न थालेको छ । धान भित्र्याउन नपाउने भएपछि शीतगंगा नगरपालिका १४, विक्रमसोताका दुई सय हाराहारी कृषक चिन्तित छन् । 

फाँटमा सिँचाइका लागि वाणगंगा नदीबाट कुलो लगिएको थियो । बाढीले ५ सय मिटर कुलो बगाएको छ । 'अहिलेसम्म कुलो बगाएको थिएन,' कृषक दीपक कार्कीले भने, 'ठूलो बाढी आयो । बाँधदेखि ५सय मिटरसम्मको कुलो बगाएर लग्यो । खेतका सिँचाइ ठप्प छ । धानका बोट पहेंला भएका छन । बाल चाउरी परिसके ।' खेतभन्दा नदी धेरै गहिराइमा छ । यहाँका बासिन्दाको खेत मात्रै छ । 'सधंै माना रोपेर मुरी भित्र्याउँथें तर अहिले बीउसमेत नफर्किन भो,' उनले भने, 'धानको बोटको जरामा र डाक्लोमा किरा लागेको छ । पानी नभएर खेत फुटेर चिरा परेको छ ।'

विक्रमसोताका भीमबहादुर रानाले १ बिघा खेतमा ४५ मुरी धान उत्पादन गर्थे । तर, यसपालि एक मुरी पनि उब्जनी हुने आशामा उनी छैनन् । 'एउटै कुलोले एक हेक्टर खेतलाई सिँचाइ पुगेको थियो,' उनले भने, 'बाढीले लगाएपछि अन्यत्रबाट सिँचाइका लागि पानी ल्याउने वैकल्पिक उपाय नै छैन । वर्षे धान, त्यसपछि गहुँ र मकै उत्पादन हुन्छ ।' उब्जनी राम्रो हुने भएकाले विक्रमसोताका कृषक खेतकै भर छ । कुलो भत्केपछि हिउँदमा गहुँ र मकै खेती पनि गर्न मुस्किल रहेको उनले बताए । तरकारी पनि उस्तै खेती हुन्छ । जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने विक्रमसोता बस्ती चारैतिरबाट जंगलले घेरेको छ । वाणगंगा नदीको किनारा माथि बस्ती बसोबास छ । खेतमा मात्रै खेती हुन्छ । जंगल भएकाले बारी छैनन् । खोलाको बाँधदेखि खेतसम्म सिमेन्ट कुलो थियो । 

यहाँ जिल्ला र बाहिरबाट बसाइँसराइ गरेर आएका धेरै छन् । स्थानीय नारायण परियारको सात कठ्ठा खेतबाट चार जनाको परिवारलाई खान पुग्थ्यो । वर्षमा तीन खेती उब्जनी हुने भएकाले उनलाई खेतकै भर छ । तर, खेतमा सिँचाइ ठप्प भएपछि उनी चिन्तित छन् । खेत सबै सुक्खा छ । हिउँदमा पनि बाँझै रहन्छ, धानका बोट मर्न थालेपछि परिवार कसरी पाल्ने चिन्ता भयो, उनले भने । आकाशबाट पानी पर्न छाडेपछि बोट मर्न थालेको उनले बताए । 'सिँचाइ कुलो नभएपछि बस्ती नै विस्थापित हुने सम्भावना छ,' कृषक ज्ञानबहादुर राष्कोटीले भने, 'बस्ती नै सुक्खा छ । उब्जनी नभएपछि परिवार कसरी पाल्ने ।’ साउनमा ठूलो बाढीले कुलो भत्कायो । बर्सेनि साविकको जिविसले ढुंगा निकाल्ने टेन्डर खुलाउँछ । ठेकेदारले कुलोको आडमा रहेका ढुंगा निकालिदिएपछि बाढीले सजिलै बगाएको उनले दाबी गरे । खोलाको बीचमा ढुंगा सकिएपछि ठेकेदारले कुलोको बाँधमा बिच्छाइएका ढुंगा निकालेको उनले बताए । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खिल्जीको बेल्बोटमा लागेको आगलागी नियन्त्रणमा (तस्बिर सहित)
छत्रदेव ७ काे ढिकुरामा भैलाे खेलेर उठेको रकमबाट पधेरा कुवा संरक्षण
केरुंगाकी शान्ता र वाङ्लाका विजयको दाइजो गरगहना बिनानै विवाह, विहे खर्च सबै बाढी पीडितलाई सहयोग
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको स्वास्थ्य अवस्था स्थिर, बाबुको निधन
भूमिकास्थानको पकले मेयलपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
अर्घाखाँचीमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चाका धेरै भोट् सूर्य र गोलाकारभित्र हसिया हथौडामा परे
पाणिनी बहुमुखी क्याम्पसमा शुल्क वृद्धि गरेको विरोधमा तालाबन्दी
अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणना जारी | प्रतिनिधिसभामा काँग्रेस अगाडि, प्रदेश सभामा एमाले अगाडि (सबै दलका मत विवरण सहित)
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नम्बर १, २ का यि उम्मेद्वारको जमानत जफत भयो (विवरण सहित)
अर्घाखाँचीमा ५ जना प्रतिनिधिसभा उम्मेद्वारको जमानत जफत (विवरण सहित)
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहान रुपन्देहीमा दुर्घटना परी गम्भीर घाइते
सन्धिखर्कमा वाम गठबन्धनको विजयी -र्याली, सभा सम्पन्न (भिडियो, तस्बिर सहित)
संयुक्त वाम गठबन्धनले आज सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने
अर्घाखाँचीमा वाम गठबन्धनको क्लिन स्वीप
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य विजयी
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता मध्ये फेरि अर्घाखाँचीका एक जनाको शब फेला
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता, मतगणना जारी
अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी नजिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736