arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

ईजराइलमा तनाव बढ्दैtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण ७, शनिवार)

map

जेरुसलेममा मुसलमानले हरम अल-शरीफ र यहुदीले टेम्पल माउण्ट भन्ने गरेको पवित्रस्थलमा तनाव बढ्दै जाँदा इजरेली प्रहरीसंगको भिडन्तमा दर्जनौं प्यालेस्टिनी घाईते भएका छन्।

पुरानो शहरको पर्खालभित्र प्रदर्शनकारीले ढुंगा र अरु वस्तुहरु फ्याँकेपछि उनीहरुमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिएको छ।

सो पवित्रस्थलमा एकजना प्यालेस्टिनी युवाको पनि गोली लागेर मृत्यु भएको बताइएको छ तर त्यसको पृष्ठभूमि स्पष्ट छैन।
शुक्रबार तीनजना इजरेली अरब बन्दुकधारीले दुईजना इजरेली प्रहरीलाई मारेपछि त्यहाँ तनाव बढेको हो।

सो स्थलको प्रवेशद्वारमा इजरेलले मेटल डिटेक्टर राखेको विरोध गर्न प्यालेस्टिनीहरुले शुक्रबार 'आक्रोशको दिन' आह्वान गरेका छन्।

प्यास्लेस्टिनी र अन्य मुसलमान नेताले सो कदमको कडा विरोध गरेका छन् भने इजरेलले प्रहरीलाई मार्ने हतियार सो पवित्रस्थलभित्र लुकाएर लगिएको हुनाले सुरक्षाको दृष्टिकोणले त्यस्तो कदम आवश्यक भएको बताएको छ।

पूर्वी जेरुसलेमको सो क्षेत्र सन् १९६७ मा भएको मध्यपूर्व युद्धको समयदेखि इजरेलको अधिनमा छ भने प्यालेस्टिनीले त्यसलाई आफ्नो भूभाग ठान्दछन्।

इजरेलले बारम्बार यथास्थिति कायम राख्ने प्रतिबद्धता जनाएको छ।विगत ५० वर्षदेखि कायम गरिएका नियमहरु भंग गरिएमा प्यालेस्टिनीहरुले आपत्ती जनाएका छन्।

सो क्षेत्र वरिपरि शुक्रबार हजारौं प्रहरी खटाइएका थिए भने ५० वर्ष मुनिका पुरुषलाई त्यहाँ जान दिइएको थिएन।
पवित्रस्थलमा हिंसा भड्किन नदिन कहिले काँहीं त्यहाँ त्यसो गर्ने गरिन्छ।

रमल्लाह र जेरुसलेमबीचको कलान्दिया जाँचबुझ केन्द्रमा र बेथ्लेहेम को उत्तरी प्रवेशद्वारमा पनि हिंसा भड्किएको छ।
जेरुसलेमभरीमा ६० जना प्यालेस्टिनी घाईते भएको र ३१ जनालाई अस्पताल लगिएको रेडक्रसले बताएको छ।

गत हप्ता त्यहाँ मेटल डिटेक्टर राखिएपछि प्रत्येक रात झडप भइरहेका छन्।

मेटल डिटेक्टर नहटाएसम्म अल-अक्सा मस्जिदको सो परिसरमा नछिर्ने भन्दै प्यालेस्टिनीले परिसर बाहिर नै प्रार्थना गर्न थालेका थिए । एजेन्सी

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
सिरियाली शहर राक्वामा गरिएको हवाई आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु
भारतीय राज्य बिहारमा बाढीबाट ९१ जनाको मृत्यु, करिब ९६ लाख नागरिक प्रभावित
उत्तर कोरिया अमेरिकाको सैन्य अखडालाई निशाना बनाएर हमला गर्ने योजनामा
चीनको सिचुवान प्रान्तमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३
अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमणमा ५० जना सर्वसाधारणको मृत्यु
काबुलस्थित इराकी दूतावासमा आक्रमण गर्ने चारै जना आक्रमणकारीहरु मारिए
जर्मनीको एक रात्री क्लबमा भएको गोली प्रहारमा दुई जनाको मृत्यु
टर्कीमा सरकार विरोधी पत्रिकाका ७ जना पत्रकार ८ महिनापछि जेलमुक्त
उत्तर कोरियाको ब्यालिस्टिक मिसाइलको निशाना अमेरिका
नाईजेरियामा बोको हरामको आक्रमणमा परी कम्तीमा ५० जना मारिए
पाकिस्तानमा नवाज सरीफ प्रधानमन्त्रीकारूपमा रहन अयोग्य ठहर
ओबामा केयर खारेज गर्ने योजना अस्वीकृत
मुसलमान समुदायलाई इजरायलविरुद्धको संघर्षमा लाग्न इरानका सर्वोच्च नेताको आग्रह
बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजिनामा दिए
मुम्बईको उत्तरतर्फ भत्किएको पाँचतले भवनमा परी मृत्यु हुनेको संख्या १७
नवनिर्वाचित भारतीय राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण
अफगानिस्तानमा तालीवानी विद्रोहीले सातजना गाउँलेको हत्या गरे
अमेरिकी हवाई आक्रमणमा १६ अफगान प्रहरीको मृत्यु
भारतको १४ औं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित
क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुंगा डुब्दा कम्तीमा ३४ जना सैनिक बेपत्ता