arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा हिमपाई पर्व र रोपाईजात्राtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

विक्रम पाण्डे समान्ता 

सन्धिखर्क, अर्घाखाँची ।   मङगलवार अर्घाखाँचीका नेवार समुदायले गाईजात्रा अर्थात हिमपाई पर्व मनाएका छन् । दिवङ्गत भएका आफन्तको सम्झना तथा मन शान्तिका लागि मङगलबार  अर्घाखाँचीका विभिन्न स्थानहरुमा गाइजात्रा पर्व मनाइएको छ ।  

पुरुषलाई महिलाको पहिरन लगाइ दिएर गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परागत प्रचलन अनुरुप अर्घाखाँचीका विभिन्न स्थानहरुमा गाईजात्रा पर्व मनाइएको हो ।

अर्घाखाँची जिल्लाको डिभर्ना , सन्धिखर्क  , पटुवाथुम ,भूमिकास्थान नगरपालीका लात्तेवाँज छत्रगन्ज , नुवाकोट लगायतका स्तानहरुमा मङगलबार गाइजात्रा पर्व मनाइएको छ । 

     डिभर्नामा यस वर्ष्िभत्र ज्यान गएका ५ घर परिवारबाट जात्रा निकालिएको थियो । त्यस्तै पटुवाथुममा ४ घर परिवारबाट जात्रा निकालिएको थियो । एक वर्ष्िभत्र दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराइएको  थियो भने उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरीएको थियो । 

    यसरी नगर परिक्रमा गर्नाले वर्षभरि ज्यान गएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 
   तत्कालिन राजा प्रताप मल्लले पुत्रशोकमा परेकी रानीलाई सम्झाउन दिवंगत भएका आफन्तलाई गाईसहित बोलाएर भजन किर्तन गर्न लगाएको सम्झनामा मङगलबार  गाईजात्रा बनाइएको हो । 

देशका विभिन्न स्थानमा यो पर्व मनाउने चलन रहे पनि अर्घाखाँचीमा मनाइने गाईजात्रालाई भने विशेषरुपमा हेरिँदै आएको छ । पछिल्लो समय गाईजात्रालाई मनोरन्जनको रुपमासमेत लिइँदै आएको छ । समाज , राष्ट्रमा भैरहेको विकृति विसङगती , भष्ट्रचार , अनियमिततको ब्यङग्यात्मक रुपमा विरोध समेत गरीन्छ । 

यसैविच बुधवार सन्धिखर्क नगरपालीका वडा  नं. १ को पटुवाथुममा रोपाई जात्रा निकालिने छ ।      रोपाईं जात्रा असारको महिना धानको रोपाइ गरी सके पछी मनाइन्छ । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो ।

धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ । यो जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ । रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका मनाइने गरीन्छ ।

बुधवार  अर्घाखाँचीको जिल्लाको सन्धिखर्क नगरपालीका वडा नं १ मा रहेको पटुवाथुममा रोपाई जात्रा निकालिएको छ । 
   पटुवाथुम बजारमा नेवार समुदायले आफ्नो संस्कृति झल्कने गरी रोपाइँ जात्रा निकालेका हुन् । धान रोपेर गोड्ने बेलाको यो समयमा पटुवाथुममा रोपार, हली अनि बाउसेहरु समिसिम पानीमा असारै गितमा ब्यस्त थिए ।   

असारे गीत गाउँदै धान रोपेको शैली जात्राका रुपमा आज अर्घाखाँची जिल्ला सदरमुकाम देखि नजिकै रहेको पटुवाथुममा देखाइएको हो ,। त्यस्तै सन्धिखर्कको वाङला टुनिपोखरामा पनि रोपाइ जात्रा निकालिएको थियो  ।  

 रोपाइँ जात्रालाई नेवारहरुले पनि आफ्नै शैलीबाट मनाइएको पाइन्छ । गाईजात्राको भोलिपल्ट रोपाइँजात्रा आयोजना गर्ने चलन रहेको छ । यसै अनुरुप पुवाथुममा गाईजात्रा निकाले पछि त्यसको अर्को दिन बुधबार रोपाइँजात्रा निकाल्ने चलन रहेको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
फोटो फिचर अर्घाखाँचीमा तिहारको भाईटिका लगाइयो
नारायणी नदीले बगाएर बेपत्ता सन्धिखर्कका दुई दाजुभाइ मध्ये भाई राजकुमार श्रेष्ठको शब फेला पर्‍यो
नारायणी नदीमा बेपत्ता भएका सन्धिखर्कका दुई श्रेष्ठ दाजुभाइ शुक्रबार राती सम्म पनि फेला परेनन्
फोटो फिचर भाई टिकाको अघिल्लो दिन सन्धिखर्क - ७ को सुन्दरता
अर्घाखाँचीमा सम्पन्न दोश्रो एसीए क्रिकेट प्रतियोगिताको उपाधी एम्स क्रिकेट क्लवको पोल्टामा
छत्रदेव गाउँपालिकाको अर्घातोषमा संस्कृति जोगाउन युवाहरु परम्परागत रुपमा भैलो खेल्दै
नेपाल संवत ११३८ को अवसरमा सन्धिखर्कमा र्‍याली
सन्धिखर्कका दुई दाजुभाई चन्द्र र राजकुमार श्रेष्ठकोको देवघाटमा नारायणी नदीले बगाएर बेपत्ता : प्रहरी
अर्घाखाँचीका दुई दाजुभाइ देवघाटमा श्राद्धका लागि नुहाउने क्रममा नारायणी नदीले बगाएर बेपत्ता
अर्घाखाँचीमा तिहारको बेला बिक्रीका राखिएका परिकार गुणस्तरहिन, जिल्लाभर सुरक्षा व्यवस्थामा कडाई
अर्घाखाँचीमा सञ्चार क्षेत्रको संरक्षण र प्रर्बधनका देउसी भैली
अर्घाखाँचीमा चाडपर्वका बेला दैनिक ३ करोड रेमिटयान्स भित्रिदै
सन्धिखर्कका सडक कव्जा गर्दै आएका व्यापारीहरुलाई हटाउदै प्रहरी प्रशासन
काठमाडौंबाट अर्घाखाँची जादै गरेको बस दुर्घटना हुनबाट बच्यो
सन्धिखर्कमा जारी दोश्रो एसीए क्रिकेट टुर्नामेन्टमा आज ४ वटा खेल सम्पन्न, यसो छ विजयी समूहको विवरण
अर्घाखाँचीमा प्रहरीद्वारा पटाका बेच्ने चार जनालाई सार्वजनिक मुद्दा
अर्घाखाँचीमा वाम गठबन्धन भएर पनि पौडेल उम्मेदवार भए कांग्रेसले सजिलै क्षेत्र नम्बर २ जित्ने अनुमान
अर्घाखाँचीमा मौरीपालन व्यावसाय फस्टाउँदै, आधुनिक घारमा महको उत्पादन तेब्बर बढ्यो
अर्घाखाँचीमा रेडियो देउरालीले स्टुडियोबाटै गर्‍यो काग सम्मेलन
छत्रदेव गाउँपालिकाको सरस्वती मावि सुर्यथुममा स्वागत कार्यक्रम सम्पन्न