arghakhanchi
मिति:
*BREAKING NEWS ताजा समाचार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

मौन अवधि सुरु, आजबाट प्रचारमा रोक –आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेजtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर १९, मंगलवार)

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दोस्रो चरणका लागि दल र उम्मेदवारले प्रचार तथा भोट माग्ने काम मंगलबारदेखि गर्न पाउने छैनन् । मतदान हुनु ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुने भएकाले कुनै प्रकारको प्रचारप्रसार गर्न पाइने छैन । मतदान मंसिर २१ गते बिहीबार हुँदैछ । निर्वाचन आयोगले मौन अवधिमा प्रचार तथा आचारसंहित विपरीतका काम गरेको भेटिएमा उम्मेदवारी खारेजसमेत हुन सक्ने चेतावनी दिएको छ ।  

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा कुनै प्रकारले मतदातालाई प्रभावित पार्ने काम हुनुहुँदैन, निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले भने, यो समय मतदाताको हो, यस अवधिमा मतदाताले उम्मेदवारबारे अध्ययन गर्ने तथा मतदान कसलाई गर्ने भन्ने निर्णय लिने बेला हो ।

प्रत्यक्ष प्रचार गर्न नपाए पनि यस अवधिमा राजनीतिक दल तथा उम्मेदवारले अनौपचारिक भेटघाट, घरदैलो, भोजभतेर तथा आर्थिक चलखेललगायत क्रियाकलाप गरी मतदाता प्रभावित पार्ने काम गरेको पाइन्छ । आचारसंहिताविपरीत गरिने क्रियाकलापप्रति आयोग सतर्क छ, यस अवधिका लागि प्रशस्तै अनुगमनकर्तासमेत परिचालन गरिएको छ, प्रवक्ता ढाकालले भने, आचारसंहिता विपरीतका क्रियाकलाप देखिए अनुगमनकर्ताले कारबाही गर्न सक्छन्, पैसा बाँडेको प्रमाण भेटिए उम्मेदवारीसमेत खारेज हुन सक्छ ।

राजनीतिक दल वा उम्मेदवारले मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखेका प्रचार सामग्रीसमेत हटाउनुपर्ने उनले बताए । सामाजिक सञ्जालबाट समेत मौन अवधिमा भोट माग्न पाइन्न, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार गर्न हुन्न, उनले भने, ञ्चार माध्यमले पनि मौन अवधिमा राजनीतिक दलको प्रचार हुने गरी समाचार प्रकाशन वा प्रसारण गर्नु हुँदैन । यसअघि पहिलो चरणको मौन अवधिमा सामाजिक सञ्जालमार्फत प्रचार गरेको आरोपमा आयोगले केही नेतासँग स्पष्टीकरण सोधेको थियो । कान्तिपुरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी LIVE UPDATE
LIVE UPDATE:- प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
पहिलो चरणको निर्वाचन भएका ३२ जिल्लाका मतगणना सुरु
पाल्पाको रामपुर दरैठाटीमा मतदान गरेलगत्तै ८० वर्षीय वृद्धको मृत्यु
निर्वाचन बिरोधी गतिविधि गरेको आरोपमा सीके राउत पक्राउ
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा उत्साहजनक मतदान
आज प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुँदै
निर्वाचनसम्पन्न भएको एक साताभित्रै सबै परिणाम आउने
प्रदेशबाट अर्घाखाँचीका बाम गठबन्धन प्रदेश १ का उम्मेदवार चेतनारायणलाई पत्र
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न
आज प्रतिनिधिसभा र प्रदेशसभाको लागि पहिलो चरणको मतदान हुँदै
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु
पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
एउटा गाउँपालिका जित्न चार/पाँच करोड खर्च भएको छ : दाहाल
एमालेद्वारा वीरगन्ज महानगरमा उम्मेदवार घोषणा
जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई पर्‍यो चिठ्ठा
नेपाल प्रेस युनियनले यस्तो प्रेस विज्ञप्ती जारी गर्‍यो
http://go.oclaserver.com/afu.php?zoneid=1465736