सुकुम्वासी नराख्न माग गर्दै ललितपुर आंशिक बन्न
(२०६९ श्रावण ९, सोमवार)
काठमाडौं, ८ साउन सुकुम्वासीलाई आफ्नो क्षेत्र आसपासमा राख्न नहुने भन्दै सुन्दरीघाटवासीले आज ललितपुर बन्द गरेका छन् । सरकारले तत्कालका लागि वागमति क्षेत्रका सुकुम्वासीहरुलाई ललितपुरको सुन्दरीघाटमा राख्ने निर्णय गरेको थियो । त्यसको विरोधमा स्थानीयवासी सडकमा उत्रिएका छन् । स्थानीयले गरेको बन्दबाट ललितपुर आंशिक प्रभाव परेको महानगरीय प्रहरी ललितपुरले बताएको छ ।
|