arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकीtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १, आइतवार)


मनसुन कमजोर भई पर्याप्त वर्षा नभएपछि असार सकिए पनि भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी छ ।

अघिल्ला वर्षमा असारको अन्तिम साता नै रोपाइँ सकिने भक्तपुरमा यसवर्ष मनसुन कमजोर भई पर्याप्त वर्षा नहुँदा असार सकिए पनि जिल्लामा ४० प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको दुई मुख्य खोला मनोहरा र हनुमन्तेका साथै खस्याङ, खुसुङखोला किनारको फाँटमा सिँचाइको सहज सुविधा भएपनि सिरुटार, दधिकोट, गुण्डु, सिपाडोल, ताँथली, सुडाल, नंखेललगायत गाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ ।

मनसुन कमजोर भई आवश्यकमात्रामा वर्षा नभएपछि कृषक सुक्खा जमिनमा भएपनि रोपाइँ गर्न बाध्य छन् । बीउ छिपिएर खेर जान लागेपछि सुक्खा जमिनमा भएपनि धान रोप्नु परेको उनीहरु बताउँछन् । परम्परागत राजकुलो मासिएका कारण रोपाइँमा असर गरेको कृषकको गुनासो छ ।

असार सकेपनि रोपाइँ गर्न नपाएका चाँगुनारायण नगरपालिका-९, ताथलीका कृषक हरि छुकाले यसपाली मनसुन एकदमै कमजोर भएका कारण ताथली क्षेत्रमा अझै रोपाइँ गर्ने जग्गा बाँझै रहेको जानकारी दिए ।  बीउ छिप्पीसक्यो, अहिलेसम्म रोपाइँ शुरु गर्न पाएको छैन । वर्षदिन खानका लागि रोप्ने धान समयमा रोप्न नपाएपछि कृषक चिन्तित भएका छन्- उनले भने ।

सूर्यविनायक नगरपालिका-६, कटुञ्जेका अर्का कृषक सञ्जय खड्काले अघिल्ला वर्षमा असारको दोस्रो सातासम्म रोपाइँ सकिसक्ने खेतमा यसपाली मनसुन साह्रै कमजोर भएका कारण असारको अन्तिमसम्म रोपाइँ शुरु गर्न नसकेको बताए । उनले बढ्दो शहरीकरणसँगै जग्गा प्लटिङ गर्नेले पुख्र्यौली राजकुलो बन्द गरेका कारण रोपाइँमा समस्या आएकाले आकाशे पानीको भर पर्नुपरेको गुनासो गरे ।

सिँचाइका लागि खोलानाला, पोखरी नजिक भएका स्थानमा पम्पसेटमार्फत सिँचाइ गरेर रोपाइँ गरिएको तर आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने ताथली, सुकाल, सिरुटार, गुण्डु, नंखेल, कटुञ्जे, दधिकोट, दुवाकोट, चाँगु, सिपाडोल र चित्तापोल क्षेत्रमा अझै रोपाइँ बाँकी भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुंगानाले जानकारी दिए ।

उनले यसवर्ष भक्तपुरमा पानी नभएका कारण सुक्खा धान रोप्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै रोपाइँकै लागि कृषि कार्यालयबाट जिल्लाका चारैवटा नगरपालिकामा समेट्ने गरी कृषकको समूहमा २० ओटा पानी तान्ने पम्प वितरण गरेको जानकारी दिए ।

जिल्लाकोे ११ हजार १०६ हेक्टर खेतीयोग्य जमिनमध्ये चार हजार ३४८ हेक्टरमा धानखेती गरिन्छ । भक्तपुरमा वार्षिक २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

भक्तपुरमा प्रतिहेक्टर ६.२ टन धान उत्पादन हुने गरेको छ जुन नेपालको समग्र उत्पादन प्रतिशतभन्दा दोब्बर हो । रासस 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
शेयर बजार सकारात्मक
काठमाडौंमा एउटा मालाको झुप्पोलाई तिन हजार, व्यापारीलाई मालामाल (फोटो फिचर)
एनसेलको लाभांश वाहिरिनुको यस्तो छ खास कारण, दुरसञ्चारकै मिलेमतोमा वाहिरियो रकम
शेयर बजारमा दोहोरो अंकको गिरावट
यो साता पुँजीबजारमा सवा तीन अर्बको कारोबार
सामसुङको पावरफुल ब्याट्री भएको नयाँ स्मार्टफोन बजारमा आउदै
रुपन्देहीमा खेतीयोग्य जमिनलाई खण्डीकरण गर्दै प्लटिङ गर्ने जग्गा दलालहरु सक्रिय
बडादसैंअघिको अन्तिम शेयर कारोबार सकारात्मक
२० र ५० का नयाँ नोट कोलकाता बन्दगाहमा अड्किए पछि बजारमा अभाव
शेयरबजार सुधारियो
शेयरबजार सकारात्मक
शेयरबजार परिसूचक नेप्से ऋणात्मक रहनेक्रम जारी
दशैंका लागि नयाँ नोट बजारमा आयो
चन्द्रौटामा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक मेला मंसिरमा
शेयर बजारमा गिरावट जारी
शेयरबजार सामान्य अंकले ऋणात्मक
अलैंची, सुपारी र अदुवाको उत्पादकलाई नै उत्पत्तिको प्रमाणपत्र जारी गर्न दिन माग
स्पेनका ओर्टेगा बिश्वका सबैभन्दा धनी ब्यक्ति, बिल गेट्स दोस्रो
शेयर बजार परिसूचक नेप्सेसहित कारोबार परिमाणमा पनि सामान्य सुधार
लगातार उकालो लाग्दै रहेको शेयरबजार सामान्य अंकले ओरालो लाग्यो