arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

शिवको पूजा-आराधना गरी महाशिवरात्रि पर्व मनाइयो text size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन १, मंगलवार)


आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज महाशिवरात्रि पर्व मनाइएको छ ।

हिन्दू धर्मावलम्बीहरुले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धा भक्तिपूर्वक महादेवको पूजा–आराधना गरिरहेका छन् ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

यस दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

शिवधुनीपछि जाडो बिदा हुने जनविश्वास रहेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा शिवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशका विभिन्न भागका साथै भारतका तीर्थयात्रीको घुइँचो लागेको छ । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
इलाममा रोपाइँजात्रा मनाइयो
आज श्री कृष्ण जन्माष्ठमी, धुमधामसँग मनाउदै
पोखरामा गाईजात्राको अवसरमा महोत्वस आयोजना
आज जनै पूर्णिमा
आज नागपञ्चमी
इस्लाम धर्मावलम्बी मुसलमानले इद मनाए
एक महिने कठिन व्रत सफलतापूर्वक सम्पन्न गरेर भोलिपल्ट इद मनाउनुको मज्जा
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु
आज आमाको मुख हेर्ने दिन
गुल्मीमा पनि हिन्दु जागरण युवा संघ गठन, धर्म परिवर्तन बिरुद्धको महाअभियान तिब्र गतिमा प्रभावकारी बन्दै
अब जुन समुदायको चाडपर्व आउँछ, उसैलाई मात्र बिदा
९ दिनसम्म बिना अक्सिजन भू-समाधिमा बसेका सिद्धबाबा श्री वैष्णव कृष्णदासजी महाराजको समाधि पूरा
आज चैते दसैं, शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदै
बाराको सिमरामा नयाँवर्षको अवसर पारेर बारा बृहत् महोत्सव आयोजना
नयाँ वर्ष २०७३ को मुलुकभर भव्य स्वागत
नयाँ वर्ष २०७३ को मुलुकभर भव्य स्वागत गरिदै
वि.सं. २०७३ लाई घुमफिर वर्षको रुपमा मनाउने घोषणा
काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइयो
भक्तपुरमा ऐतिहासिक र साँस्कृतिक महत्वको बिस्केट जात्रा
राप्रपा नेपालद्वारा हिन्दुराष्ट्र बारे जनमत संग्रहको माग गर्दै देशव्यापी संघर्ष गर्ने निर्णय
http://go.oclaserver.com/afu.php?zoneid=1465736