arghakhanchi
मिति:
*BREAKING NEWS ताजा समाचार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि अाज निर्वाचन हुँदै, सकेसम्म आजबाटै मतगणना शुरु गरिनेtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २१, विहीवार)

सन्धिखर्क मतदान केन्द्रमा

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । दोस्रो चरण अन्तरगत प्रतिनिधिसभा र प्रदेशसभाका लागि अाज अर्घाखाँची जिल्लामा निर्वाचन हुँदैछ । निर्वाचनका लागि आज बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म मतदान हुनेछ ।   

जिल्लामा  निर्वाचनका लागी एक लाख ३८ हजार ३ सय २८ जनाले मतदान गर्दैछन् । जिल्ला यसपटक ७० प्रतिशत अर्थात ९६,८२९ सम्म भोट् खस्ने अनुमान गरिएको छ । 

जिल्लाका ९३ मतदानस्थलका एक सय ७४ मतदान केन्द्रमा १३ सय ९९ कर्मचारी खटिएका छन् । एउटा मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, चार सहायक कर्मचारी र दुईजना सहयोगीसहित आठ जनाको कर्मचारी हुन्छ । मतदान केन्द्र सुरक्षाको लागि तीन घेरामा सुरक्षाकर्मी तैनाथ छन् ।

सकेसम्म आजबाटै मतगणना प्रारम्भ 

यस्तै मतदान सकिएपछि सकेसम्म आज बिहीबारबाटै मतगणना प्रारम्भ गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले बताएको छ । चुनाव सकिए लगतै सर्वदलिय बैठक बस्नेछ । 

मतपेटिका आउन ढिला भएमा भोली शुक्रबाट मात्र मतगणना गरिनेछ । मतगणना गरिने सन्धिखर्कको टुडिखेल सभागृह हल तयारी अवस्थामा राखिएको छ । सिद्दारा, सिमलपानी, जुकेना, जलुके लगायत दुर्गम स्थानका मतपेटिका मध्यरातसम्म आईपुग्ने अनुमान गरिएको छ । 

जिल्लामा ३ हजार सुरक्षाकर्मी परिचालन , निर्वाचन विरोधी गतिविधि भए सुरक्षाकर्मीले गोली ठोक्ने 

सुरक्षाको लागि जिल्लामा ३ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।  यस्तै सुरक्षा संवेदनशिलता रहेका क्षेत्रमा थप सुरक्षाबल परिचालन गरिएको छ । साथै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्य रहेको बताउँदै निर्वाचनलाई असर पार्ने गतिविधि गरेर स्थिति गम्भीर बनाउन खोज्ने जो कोहीलाई सुरक्षा कर्मिले गोली ठोक्न पाउने अधिकार कानुनमा उल्लेख रहेको बताउनु भएको छ । 

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन जिल्लाभर म्यादी,जनपथ,सशस्त्र प्रहरी र नेपाली सेना लगायतका पर्याप्त सुरक्षाकर्मिको परिचालन गरिएको भुसालले बताए ।  साथै सुरक्षा चुनौती तपिएको खन्डमा थप सुरक्षा आवश्यक भएमा पन्ध्र मिनटमै सम्बन्धित क्षेत्रमा आवश्यक थप सुरक्षाबल पुग्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । 

उता मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले बुधवार निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले पूर्णसुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न पनि मतदातालाई अपिल गरेको थियो ।

यस्तै, अपांगता, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिइ मतदान गर्न पाउने व्यवस्था गरेको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदाता परिचयपत्र लिन असमर्थ मतदाताले नागरिकता वा कुनैपनि मान्यताप्राप्त सरकारी परिचयपत्र लिएर मतदान गर्न पाउने व्यवस्था गरेको छ ।  

यस्तै अर्घाखाँचीभर मतदातालाई कुनै समस्या परेमा प्रमुख जिल्ला अधिकारी ९८५७००७७७७, प्रहरी नायब उपरीक्षक ९८५७००५५५५,सेना ९८५७०६६४७३,सशस्त्र ९८५१२५९८९४ लाई स्संपर्क गर्न सकिनेछ ।

मुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार जिल्लाको सम्पुर्ण स्थानमा शान्ती सुरक्षाको अबस्था चुस्त दुरुस्त भएको र कसैलाई केहि अप्ठ्यारो परेमा १५ मिनेटमा सुरक्षाकर्मिको टोली आइपुग्ने समेत बताएका छन् ।   



चुनावी  प्रतिस्पर्दामा उत्रिएका  उम्मेदवारहरुको विवरण :- 

प्रतिनिधि सभा 

(१) टोप बहादुर रायमाझी (माओबादी केन्द्र, बामगठबन्धन)
(२)डा. राम बहादुर बि.सी (नेपाली कांग्रेस )
(३)भोजराज दमासे ( एकीकृत रा. प्र. पा. राष्ट्रवादी)
(४) छन्दबहादुर पन्थी ( नयाँशक्ति पार्टी नेपाल )
(५) बिष्णु प्रसाद मिश्र ( विबेकशिल साझा पार्टी )
(६) बिष्णु कुमार गुरुङ ( मंगोल नेशनल अर्गनाइजेसन )
(७) डिल्लीराज भुसाल ( स्वतन्त्र )

प्रदेश सभा क्षेत्र नम्बर १ 
(१) बिष्णु प्रसाद खनाल ( नेपाली कांग्रेस )
(२) चेतनारायण आचार्य ( नेकपा एमाले )
(३) सागर के. सी ( राष्ट्रिय जनमोर्चा )
(४) गोकर्ण बहादुर थापा क्षेत्री ( नयाँ शक्ति पार्टी )
(५) हरिप्रसाद भुसाल ( बिबेकशिल साझा पार्टी )

प्रदेश सभा क्षेत्र नम्बर-२   
(१) हिम्मत बहादुर टण्डन( नेपाली कांग्रेस )
(२) रामजी प्रसाद घिमिरे ( नेकपा एमाले )
(३) झबिलाल थापा ( राष्ट्रिय जनमोर्चा )
(४) बिना सुनार (नेकपा  माले )
(५) गणेश पौडेल ( नेपाल मजदुर किसान पार्टी )
(६)  टुकमान हिताङ (मनिष सिंह) (नयाँ शक्ति पार्टी नेपाल )

मतदाता संख्या १,३८,३२ जना

अर्घाखाँची जिल्लामा  निर्वाचनका लागी एक लाख ३८ हजार ३ सय २८ जनाले मतदान गर्न पाउँने भएका  छन् ।जिल्लामा महिला मतदाता ७१,३५० र पुरुष मतदाता ६६,९७८ रहेका छन् । जस अनुसार छत्रदेब गाउँपालिकामा २०५०३, मालारानी गाउँपालिकामा २०१६८, पाणिनि गाउँपालिकामा १९६८२, भूमिकास्थान नगरपालिकामा  २२८५६, शितगंगा नगरपालिकामा २७२९९, सम्धिखर्क नगरपालिकामा  २७८२० रहेका छन् । 

एउटा मात्र प्रतिनिधी सभा र दुई वटा प्रदेश सभा रहेको अर्घाखाँचीमा प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ३१ हजार २ सय ९४ जना पुरुष र ३३ हजार ९ सय १० जना महिला गरी जम्मा ६५ हजार २ सय ४ जनाले निर्वाचन क्षेत्र नम्बर एकमा मतदान गर्न पाउँने  छन् । 

प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा ३७ हजार ४ सय ४३ जना महिला र ३५ हजार ६ सयँ ८० जना पुरुष गरी जम्मा ७३ हजार १ सय २३ जना मतदाता रहेका  छन् ।  प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर एकमा भन्दा दुईमा १२ हजार मतदाता बढी रहेका छन् ।

यस पटक जिल्लाभरबाट प्रतिनिधी र प्रदेश सभा सभामा कुल १ लाख ३८ हजार ३ सय २८ मतदातामा ७० प्रतिशत अर्थात ९६ हजार ८ सय २९ भोट् खस्ने अनुमान जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको छ ।  

जिल्लाका ३ नगरपालिका  र ३ गाउँपालिकामा मतदाता संख्या यस्तो छ:-

सन्धिखर्क नगरपालिकाका १२  वार्डको मतदाता विवरण:-
वार्ड नं १ मतदाता ३०५५
वार्ड नं २ मतदाता २३१२
वार्ड नं३ मतदाता ११६९
वडा नं ४ मतदाता २२०९
वार्ड नं ५ मतदाता २०४४
वार्ड नं ६ मतदाता २६६०
वार्ड नं ७ मतदाता २४६८
वार्ड नं ८ मतदाता २७२५
वार्ड नं ९ मतदाता १९९६
वार्ड नं १० मतदाता २०४३
वार्ड नं ११ मतदाता २५८६
वार्ड नं १२ मतदाता २५५३ 
जम्मा मतदाता संख्या ;२७८२० (सत्ताइस हजार आठसय बीस )

भूमिकास्थान नगरपालिकाका १०  वार्डको मतदाता विवरण:-
 वार्ड नं १ मतदाता २२९०
 वार्ड नं २ मतदाता २००९
 वार्ड नं ३ मतदाता २००८
 वार्ड नं ४ मतदाता२०७२
 वार्ड नं ५ मतदाता १५८६
 वार्ड नं ६ मतदाता २४०५ 
 वार्ड नं ७ मतदाता २८५९
 वार्ड नं ८ मतदाता २२२७ 
 वार्ड नं ९ मतदाता ३०१४ 
 वार्ड नं १० मतदाता २४८६
जम्मा मतदाता संख्या: २२५९६ (बाईस हजार पाँचसय छयानब्बे )

शितगंगा नगरपालिकाका १४  वार्डको मतदाता विवरण:-
 वार्ड नं १ मतदाता १८८६
 वार्ड नं २ मतदाता २७७६
 वार्ड नं ३ मतदाता १९२२ 
 वार्ड नं ४ मतदाता २६४१ 
 वार्ड नं ५ मतदाता २२८५
 वार्ड नं ६ मतदाता २२०४ 
 वार्ड नं ७ मत्दाता १८६६
 वार्ड नं ८ मतदाता १५५४
 वार्ड नं ९ मतदाता १६१६ 
 वार्ड नं १० मतदाता १४४५
 वार्ड नं ११ मतदाता १४८२
 वार्ड नं १२ मतदाता १९२०
 वार्ड नं १३ मतदाता १७२९
 वार्ड नं १४ मतदाता २०७१ 
जम्मा मतदाता संख्या: २७३९८ (सत्ताइस हजार तिनसय अन्ठानब्बे )  

छत्रदेब गाउँपालिकाका ८  वार्डको मतदाता विवरण:-

वार्ड नं  १ मतदाता २५१४
वार्ड नं २ मतदाता  १५२८
वार्ड नं ३ मतदाता २३८२
वार्ड नं ४ मतदाता २७४९
वार्ड नं ५ मतदाता २३१५
वार्ड नं ६ मतदाता २९४४
वार्ड नं ७ मतदाता३३२२
वार्ड नं ८ मतदाता २७४९
जम्मा मतदाता संख्या:- २०५०३(बिस हजार पाँचसय तीन )

मालारानी गाउँपालिकाका ९ वार्डको मतदाता विवरण:- 
वार्ड नं १ मतदाता १५९७
वार्ड नं २ मतदाता १८१०
वार्ड नं ३ मतदाता २८७४
वार्ड नं ४ मतदाता ३२९७
वार्ड नं ५ मतदाता ३४५३
वार्ड नं ६ मतदाता २२३८
वार्ड नं ७ मतदाता १४८६
वार्ड नं ८ मतदाता १५६४
वार्ड नं ९ मतदाता १८४९ 
जम्मा मतदाता संख्या: २०१६८  (बीस हजार एकसय अठसठ्ठी )

पाणिनी गाउँपालिकाका ८ वार्डको मतदाता विवरण:- 

वार्ड नं १ मतदाता २०६४
वार्ड नं २ मतदाता २४४६
वार्ड नं ३ मतदाता २६६६
वार्ड नं ४ मतदाता २२९६ 
वार्ड नं ५ मतदाता ३२३७
वार्ड नं ६ मतदाता १४२७
वार्ड नं ७ मतदाता २८७१
वार्ड नं ८ मतदाता २६७५ 
जम्मा मतदाता संख्या :१९६८२  (उन्नाइस हजार छ सय बयासी )

जिल्लामा निर्वाचन क्षेत्र निर्धारण 

अर्घाखाँची जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । अर्घाखाँची जिल्लामा प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जस अनुसार प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विवरण यसरी निर्धारण गरिएको छ:- 

अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा:-

क) सन्धिखर्क नगरपालिकाका ४,५,८,९,१०,११,१२ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका १,२,३,४ नं वार्ड
ग) मालारानी गाउँपालिका
घ) छत्रदेब गाउँपालिका 

अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा:-

क) सन्धिखर्क नगरपालिकाका  १,२,३,६,७ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका ५,६,७,८,९,१०, नं वार्ड
घ) शीतगंगा नगरपालिका
ग) पाणिनी गाउँपालिका

अर्घाखाँची जिल्लाभरका मतदान केन्द्रको विवरण:-


अर्घाखाँचीमा प्रतिनिधि सभाको लागि मतपत्र यस्तो हुनेछ:-  

अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नं १ को लागि मतपत्र यस्तो हुनेछ:    
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नं २ को लागि मतपत्र यस्तो हुनेछ:-  

अर्घाखाँचीमा समानुपातिक अन्तरगत प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नं १,२ को लागि मतपत्र यस्तो हुनेछ  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खिल्जीको बेल्बोटमा लागेको आगलागी नियन्त्रणमा (तस्बिर सहित)
छत्रदेव ७ काे ढिकुरामा भैलाे खेलेर उठेको रकमबाट पधेरा कुवा संरक्षण
केरुंगाकी शान्ता र वाङ्लाका विजयको दाइजो गरगहना बिनानै विवाह, विहे खर्च सबै बाढी पीडितलाई सहयोग
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको स्वास्थ्य अवस्था स्थिर, बाबुको निधन
भूमिकास्थानको पकले मेयलपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
अर्घाखाँचीमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चाका धेरै भोट् सूर्य र गोलाकारभित्र हसिया हथौडामा परे
पाणिनी बहुमुखी क्याम्पसमा शुल्क वृद्धि गरेको विरोधमा तालाबन्दी
अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणना जारी | प्रतिनिधिसभामा काँग्रेस अगाडि, प्रदेश सभामा एमाले अगाडि (सबै दलका मत विवरण सहित)
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नम्बर १, २ का यि उम्मेद्वारको जमानत जफत भयो (विवरण सहित)
अर्घाखाँचीमा ५ जना प्रतिनिधिसभा उम्मेद्वारको जमानत जफत (विवरण सहित)
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहान रुपन्देहीमा दुर्घटना परी गम्भीर घाइते
सन्धिखर्कमा वाम गठबन्धनको विजयी -र्याली, सभा सम्पन्न (भिडियो, तस्बिर सहित)
संयुक्त वाम गठबन्धनले आज सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने
अर्घाखाँचीमा वाम गठबन्धनको क्लिन स्वीप
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य विजयी
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता मध्ये फेरि अर्घाखाँचीका एक जनाको शब फेला
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता, मतगणना जारी
अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी नजिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736