arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

असोज २ गते हुने स्थानीय निर्वाचनका लागि प्रदेश-२ का ८ जिल्लामा कहाँ-कति मतदाता, मतदानस्थल ?text size increase   text size decrease   Print    rss (२०७४ भाद्र २१, बुधवार)


 आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि २ नम्बर प्रदेशमा बुधबार उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

१३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक भएको निर्वाचन आयोगले जनाएको छ ।

तराईका भू-भागलाईमात्र समेटेर बनाइएको प्रदेश नम्बर–२ मा ८ जिल्ला रहेका छन् ।

प्रदेश-२ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । प्रदेश नम्बर-२ का ८ जिल्लामा २६ लाख ६४ हजार ९५० मतदाता छन् ।

१३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनवाट ६ हजार ६२७ जना जनप्रतिनिधि चुनिनेछन् । प्रदेश नम्बर-२ का ८ जिल्लामा १२ सय ७१ वडा छन् ।

प्रदेश नम्बर-२ का ८ जिल्लामध्ये सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला सर्लाही हो ।

सर्लाहीमा १० नगरपािलका र १० गाउँपालिका गरी २० स्थानीय तह रहेका छन् भने निर्वाचनका लागि ३१८ मतदानस्थल र ५०१ मतदान केन्द्र तोकिएको छ । सर्लाहीको मतदाता संख्या ३ लाख ६६ हजार ६०० रहेको छ ।

३ लाख ३१ हजार ६७९ मतदाता रहेको सप्तरीमा १८ स्थानीय तह छन् । निर्वाचनको लागि २९५ मतदानस्थल र ४६२ मतदान केन्द्र कायम गरिएको छ ।

एक महानगरपालिका रहेको पर्सा जिल्लामा १४ स्थानीय तह छन् । २ लाख ८० हजार २१२ मतदाता संख्या रहेको पर्सा जिल्लामा स्थानीय तह निर्वाचनको लागि १६७ मतदानस्थल र ३४४ मतदान केन्द्र तोकिएका छन् ।

स्थानीय तह निर्वाचनको लागि ३२७ मतदानस्थल र ५३२ मतदानकेन्द्र तोकिएको धनुषा जिल्लामा १ उपमहानगरपालिकासहित १८ स्थानीय तह रहेका छन् । धनुषामा ३ लाख ८९ हजार ३९१ मतदाता रहेका छन् ।

यस्तै, १७ स्थानीय तह रहेको सिराहा जिल्लामा ३ लाख ३२ हजार ८९५ मतदाता रहेका छन् भने २२१ मतदानस्थल र ४३१ मतदान केन्द्र कायम गरिएको छ ।

असोज २ गते चुनाव हुन लागेको अर्को जिल्ला रौतहटमा १८ स्थानीय तह छन् । ३ लाख २१ हजार १८ मतदाता रहेको रौतहटमा २७७ मतदानस्थल र ४३४ मतदान केन्द्र तोकिएको छ ।

२ उपमहानगरपालिकासहित १६ स्थानीय तह रहेको बारा जिल्लामा स्थानीय तह निर्वाचनको लागि ३०४ मतदानस्थल र ४५९ मतदान केन्द्र तोकिएको छ भने बारा जिल्लामा ३ लाख ३४ हजार ७४६ मतदाता रहेका छन् ।

यस्तै, ३ लाख ८ हजार ४०९ मतदातासंख्या रहेको महोत्तरी जिल्लामा १५ स्थानीय तह रहेका छन् भने निर्वाचनको लागि २५७ मतदानस्थल र ४१५ मतदान केन्द्र कायम गरिएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
मोरङको कानेपोखरीमा आगलागी हुँदा एकै घरका चार जनाको जलेर मृत्यु
यो वर्षको दसैंमा पनि पानी पर्ने, दसैंसम्म मनसुनी सक्रिय
काठमाडौंमा मरेका खसीबोका बिक्री, नागढुंगामा २८ वटा मरेका खसीबोका बरामद
प्रदेश नम्बर-२ मा भएको स्थानीय निर्वाचनको मतगणना जारी, कांग्रेस अगाडि
प्रदेश नम्बर २ का आठ जिल्लामा २९८ टोलीबाट धमाधम मतगणना हुँदै
बडादसैं, तिहार तथा छठ पर्वका बेला उपत्यकाभित्र पाँच हजार प्रहरी परिचालन
धनुषाको हंशपुर नगरपालिका मेयर-उपमेयरमा राजपा विजयी
प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
दशैं, तिहार, छठलगायत चाडपर्वमा मापसे जाँचलाई कडाइ, नाकामा विशेष चेकजाँच
मा‌ओवादी केन्द्रका प्रतिनिधिले बाराको बारागढी गाउँपालिकामा‌ मतपत्र च्यात्ने प्रयास गरे
महोत्तरीमा कांग्रेसले दुई वडामा विजय
निर्वाचन आयोगले पाँच दिन भित्रै प्रदेश नंम्बर -२ को स्थानीय तहको मतगणना गरिसक्ने
सिरहामा मतगणना सुरु
सरकारद्वारा आयल निगमका कार्यकारी निर्देशक खड्कालाई पदबाट बर्खास्त
प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना शुरु
आज प्रदेश २ मा तेस्रो चरणको स्थानीय निर्वाचनका लागि मतदान हुँदै
दसैं, तिहार नजिकिदै गर्दा आन्तरिक राजस्व विभागद्वारा बजार अनुगमनलाई तीव्रता
स्थानीय निर्वाचनमा सुरक्षा त्रुटि हुन नदिन भारतीय सीमानाका बन्द
दशैं बजारलाई लक्षित गरी व्यापारीहरुले मुस्ताङी चेलुक च्याङ्ग्रा ओराल्न थाले
प्रधानमन्त्री देउवाद्वारा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि देशले गति पाउने उल्लेख