arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
प्रवास समाचार

मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ पौष ३०, आइतवार)

world news

तेलअभिव इजरायल। मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन विविध कार्यक्रम सहित सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मतरुपमा दीया चापागाईंको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

शुक्रबार साझ इजरायलको तेलअभिवमा सो अधिवेशन भएको थियो । मातृभूमिका लागि पर्वत सेवा समाज रोजगारीको सिलसिलामा इजरायलमा रहेका नेपालको पर्वत जिल्लाका पर्वेतली आबद्ध संस्था हो !


नवगठीत नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुशुम कुमाल, उपाध्यक्षमा ज्योति शर्मा, महासचिवमा हिरा श्रेष्ठ र कोषाध्यक्षमा नारायण गौडेल रहेका छन् ।


यसैगरी कार्यसमिति सदस्यहरुमा शान्ता सुवेडी, रमा जोशी, राधा जोशी, मञ्जु गुरुङ, शुसील हमाल र सरस्वती लामिछाने चयन भएका छन् भने सल्लाहकारमा नरेन्द्र क्षेत्री, ओबी भूसाल र रामचन्द्र लामिछाने चयन भएका छन् ।
अधिवेशनले सल्लाहकार क्षेत्रीलाई संरक्षक अध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वय संयोजक र उपाध्यक्ष शर्मालाई अन्तर्राष्ट्रिय समन्वय सहसंयोजकको जिम्मेवारी समेत दिएको छ ।


इजरायलस्थित विभिन्न संघसंस्था, कलाकारहरुको उल्लेख्यिय उपस्थिती रहेको सो कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख हरिहरकान्त पौडेल प्रमुख अतिथि रहेका थिए भने बिशिष्ट अतिथिमा गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष छिरिङ शेर्पा र गैरआवासीय नेपाली संघ इजरायलका अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य दीपकप्रसाद ओली रहेका थिए ।


अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले मातृभूमिका लागि पर्वत सेवा समाजले आफ्नो जन्मभूमिका लागि धेरै राम्रा रचनात्मक कार्य गर्ने गरेको र आउँदा दिनमा अझै सक्रिय भएर काम गर्न सुझाव दिए ।
उनले भने– ‘कामको सिलसिलामा विश्वको जुनसुकै मुलुकमा रहेको भएपनि हरेक नेपाली नागरिकले आफ्नो गाउँठाउँको विकासनिर्माणका लागि सकेको र जानेको सहयोग गर्नुपर्ने दायित्व हुन्छ, त्यसका लागि मातृभूमिका लागि पर्वत सेवा समाज गतिलो उदाहरण रहेको छ ।’


नवनिर्वाचित अध्यक्ष चापागाईंले आफूले सबैसँग सरसल्लाह एबम् समन्वय गरेर काम गर्ने बताएकी छन् । उनले आफू मातहतको समितिलाई आवश्यक पर्ने सहयोग र सल्लाह दिई सहयोग गरिदिनहुन सबैलाई आग्रह समेत गरेकी छन् ।अनुमोदन न्युज बाट साभार 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
साउदी अरबमा काभ्रे सेवा समाज गठन
प्रबासी नेपाली मंच इकाई समितीको बैठक सम्पन्न
एनआरएनए द्वारा खब्जिमा कार्यरत नेपालीहरू सँग भेटघाट
जिफन्ट सहयोग समूह साउदी अरब द्धारा नेपाली महिलाको सकुशल उद्धार
अबैध नेपाली कामदारहरूको सहयोगका लागि अभियान संचालन गरिने
साउदीको दम्माममा आममाफी सहयोग समिती गठन
नेपाली राजदुताबासद को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्घाखाँची सेवा समाज कतारले नयाँ बर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने
नेपाली समाज चिलीको प्रथम अधिवेशन एकिकेमा सम्पन्न
जिफन्ट सहयोग समूह साउदी द्धारा संसदीय टोलीसग भेटघाट
कुवेतमा सगरमाथा परोपकारी समाज कुवेतको तदर्थ समिति गठन
अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो साधारण सभा नयाँ समिती चयन गर्दै सम्पन्न
एनआरएनएको होली तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
नेपाली देशभक्त आवाजद्दारा दिल्लीमा बिचलित एक नेपाली महिलाको उद्दार
भारतमा फेरी अर्की नेपाली चेली बचाउन सफल "नेपाली देशभक्त आवाज"
राहत हस्तान्तर गर्दै अर्घाखाँची प्रवासी समाज र सुपा देउराली बचत खाता बहराइनको माषिक बैठक सम्पन्न
युएईका लागि नेपाली कार्यबाहक राजदुतद्वारा घरेलु महिला कामदारहरुलाई चोरबाटो नभइ मुलबाटोबाट आउन आग्रह
नेपाली राजदुतावास साउदीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
दुबईको अन्तर्रास्ट्रिय विमानस्थलबाट डोरीले बाँधिएका कुनैपनि झोला लैजान प्रतिबन्ध
गुल्मी -सम्पर्क समिति भारतको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा कार्की सर्बसम्मत
http://go.oclaserver.com/afu.php?zoneid=1465736