arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

पहिलो नेपाल आइडल बुद्ध लामाtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन ७, शनिवार)

world news

प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि ग्रहण गर्दै पोखरा नयाँबजारका २० वर्षीय बुद्ध लामा। उर्लालीबारी मोरङका निशान भट्टराई दोस्रो र प्रताप दास तेस्रो भए।

काठमाडौं: प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन्।
 

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन्।

यो जितसँगै उनले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्। बुद्धलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे।

एपीवान टेलिभिजनबाट प्रसारित प्रतियोगितामा उर्लाबारी मोरङका निशान भट्टराई र झरुवारासी ललितपुरका प्रताप दास क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए। निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाए।

फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पारे। विजेता एवं अन्य सहभागीलाई हौसला प्रदान गर्न महजोडी कतार पुगेका थिए।

फ्रिमेन्टल मिडियाले तय गरेका आधार पूरा गर्ने नेपालको एक मात्र टेलिभिजन एपीवान एचडीमार्फत पहिलो पटक नेपालमा सुरु भएको आइडल सिरिजले सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई ऊर्जा दिएको छ।

बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले हेर्ने साझा सो बनेको छ।नेपाल आइडलको अडिसनमा हजारौं युवा सहभागी थिए। विभिन्न चरण पार गर्दै उत्कृष्ट १२ मा परेका प्रतियोगीलाई करोडौंले भोट गरे अनि सम्भवतः संसारभरका अर्बौं दर्शकले सो हेरे। यूट्युब एवं फेसबुकमा नेपाल आइडलका हरेक सो भाइरल बनेको छ। अन्नपूर्ण पोस्टमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
आर्यन साउद र उर्मिला श्रेष्ठको "डाडै चैतारी" लोकगीत बजारमा (भिडियो सहित)
अर्घाखाँची चुत्रावेशीका विनोद खनालको झुटो कसम लोक गित बजारमा (भिडियो सहित)
गायिका सरु राई सरस्वती को आवाजमा झ्याई झ्याई बोलको गीत सार्वजनिक
गायक बाबु बाेगटीकाे गीत “मोहिनी” भिडियो सार्वजनिक (भिडियो)
अर्घाखाँचीका चर्चित लोक गायक मधुसुधन र सुशीलाको नयाँ गीत शिरिमा शिरि सार्बजनिक (भिडियो सहित)
अर्घाखाँचीका चन्द्र क्षेत्री निर्माता र मोडलको रुपमा चम्कदै
को हुन् यी - मोडल एवंम् गिततकार? बस्छन् नवलपरासी, धाउँछन् राजधानी
अर्घाखाँचीलाई सिखरको सिरमा पुरयाउदै सौराग
कलाकार विना थापाको दुर्घटनामा परी निधन
अर्घाखाँची भगवतीकी सञ्चारकर्मी पाण्डे सांगितीक क्षेत्रमा प्रवेश
सुरु र रन्जुको पुर्णिमाको जुन
अर्घाखाची बलकोटक कृष्ण बिज्ञापन बजारबाट म्युजिक भिडियोमा व्यस्त !
गायिका बिन्दु परियारको लाउनेले नजर लगाए म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
बुटवलमा सडक दुर्घटनामा परि रक्तिम सास्कृतिक अभियानका दल बहादुर भण्डारीको निधन
अर्घाखाँचीका गायक विश्वास नेपालको "यो रात बेहोसी" सार्वजनिक (भिडियो सहित)
भारतका चर्चित अभिनेता शशी कपुरको निधन
बसन्त लम्साल र असिम मल्लको पन्चेबाजा कोशेली नचाहिने डोली बजारमा (भिडियो सहित)
सरर आउ माया अर्घाखाँचीमा आधुनिक लोक गीत बजारमा (भिडियो सहित )
प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि जनवादी गायक खुसीराम पाख्रिनको मंगलबार हृदयाघातबाट निधन
लोकदोहोरी गीत ''शिरमा सिन्दुर'' को चर्चा
http://go.oclaserver.com/afu.php?zoneid=1465736