arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कका खाद्यान्न पसलमा डेढ वर्षअघि नै म्याद सकिएका सामान बेच्न राखिएको फेलाtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २७, शुक्रवार)

फाइल तस्बिर

वीरेन्द्र केसी कान्तिपुर 

सन्धिखर्क, अर्घाखाँची । सदरमुकामका खाद्यान्न पसलमा डेढ वर्षअघि नै म्याद सकिएका सामान बेच्न राखिएको फेला परेको छ । जिल्ला प्रशासनले गरेको चाडपर्व लक्षित बजार अनुगमनका क्रममा यस्तो फेला परेको हो ।

सुपरमार्केटदेखि साना पसलमा मिठाई, मसला, दालमोठ, चिउरा, पेय पदार्थ, दाल, चामल र मैदालगायतका दैनिक अत्यावश्यक उपभोग्य वस्तुु म्याद गुज्रेका फेला परेका हुन् । प्याकेटभित्रै कुहिएका र किराले खाएर धूलोपिठो पारेका खाद्यवस्तु व्यापारीले सजाएर बिक्रीका लागि राखेको पनि पाइएको हो । 'गाउँदेखि बजारसम्मका पसलमा म्याद गुज्रेका सामान भेटिए,' प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले भने, 'गेडागुडी किरा लागेर धूलो निस्केका र प्याकेट भित्रका सामान खानै नमिल्ने क्वालिटीका छन् । 

पेय पदार्थ र चाडपर्वमा बढी बिक्री हुने वस्तु म्याद गुज्रेका फेला परे ।' उपभोक्ताले सामान किन्दा उपभोग्य मिति नहेर्ने र व्यापारीले जस्तो दियो त्यस्तै किनेर लैजाने गर्दा व्यापारीलाई म्याद गुज्रेका सामान बेच्न सहज भएको उनले बताए । प्रशासनले त्यस्ता सामान जफत गरी नष्ट गरेको छ । 

पहिलोपटक म्याद नाघेमा सामान बेच्ने व्यापारीलाई सचेत गराइएको र दोस्रोपटक पनि यस्तै सामान भेटिएमा पसल सिलबन्दी गरेर कारबाही गर्ने प्रजिअ भुसालले बताए । 'बाहिर आकर्षक प्याकेट तर, भित्र सामान नष्ट भएका रहेछन्,' उनले भने, 'व्यापारीले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्नु हुँदैन ।' उपभोक्ताले पनि सामान किन्दा मिति हेरेर सतर्कता अपनाउनुपर्ने उनले बताए । धेरैजसो पसलमा मुल्यसूची राखेको पाइएन । घर जोडिएका पसलमा समेत एउटै सामानको मूल्य फरक-फरक पाइएका छन् । 

सहायक प्रजिअ नारायण खत्रीले भने 'पहिलोपटक सचेत गराउने, दोस्रोपटक कारबाही गर्ने हो ।' सदरमुकाम सन्धिखर्क र चुत्राबेंसीसहित ग्रामीण बजारमा अनुगमन जारी रहेको उनले बताए । 

Image result for बजारमा अनुगमन arghakhanchi

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा चाडपर्वका बेला दैनिक ३ करोड रेमिटयान्स भित्रिदै
सन्धिखर्कका सडक कव्जा गर्दै आएका व्यापारीहरुलाई हटाउदै प्रहरी प्रशासन
काठमाडौंबाट अर्घाखाँची जादै गरेको बस दुर्घटना हुनबाट बच्यो
सन्धिखर्कमा जारी दोश्रो एसीए क्रिकेट टुर्नामेन्टमा आज ४ वटा खेल सम्पन्न, यसो छ विजयी समूहको विवरण
अर्घाखाँचीमा प्रहरीद्वारा पटाका बेच्ने चार जनालाई सार्वजनिक मुद्दा
अर्घाखाँचीमा वाम गठबन्धन भएर पनि पौडेल उम्मेदवार भए कांग्रेसले सजिलै क्षेत्र नम्बर २ जित्ने अनुमान
अर्घाखाँचीमा मौरीपालन व्यावसाय फस्टाउँदै, आधुनिक घारमा महको उत्पादन तेब्बर बढ्यो
अर्घाखाँचीमा रेडियो देउरालीले स्टुडियोबाटै गर्‍यो काग सम्मेलन
छत्रदेव गाउँपालिकाको सरस्वती मावि सुर्यथुममा स्वागत कार्यक्रम सम्पन्न
एमाले पाणिनी गाउँपालिकाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा भूकम्पबाट क्षतिको विवरणमा १ हजार ३६ घरको तथ्यांक रहे पनि त्यो वास्तविक छैन:- भिष्मकुमार भुसाल
अर्घाखाँचीमा तिहार भन्दा चुनाबको चहलपहल बढि
एमाले सन्धिखर्क विशेष नगर समन्वय कमिटिको अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
पाणिनी गाउँपालिकाको पणेनामा पुर्ण सरसफाई कार्यक्रम सम्पन्न
पाणिनीको खिदीम फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वार्ड घोषणा हुने
अर्घाखाँचीमा दोस्रो ए.सिए. क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु (तस्बिर सहित)
राष्ट्रिय जनमोर्चाद्धारा अर्घाखाँचीमा बि.सी केन्द्रिय सभा,के.सी.र थापा प्रदेश सभाको उम्मेद्धारमा छनोट
बिश्व हात धुने दिवस अर्घाखाँचीभर बिभिन्न कार्यक्रम गरि सम्पन्न
सामुदायिक रेडियो अर्घाखाँचीमा १४ बर्षे चुंदाली बन्नुभयो एक दिने रेडियोकर्मी
सन्धिखर्कका युवा राहदानी सिरानीमुनि राखेर कृषिकर्ममा जुटे