arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

नारायणगढ-मुग्लिन सडकखण्डमा रातिको समयमा यातायात आवागमन बन्दtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ २५, आइतवार)


पहिरोको जोखिम बढेपछि नारायणगढ-मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ ।

नारायणगढ-मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र पहिरोको बढी जोखिममा देखिएका कारण रात्रिकालीन समयमा सवारी आवागमन जोखिमयुक्त भएकाले आवागमन बन्द गर्नुपरेको जनाएको छ ।

व्यवस्थापिका-संसद्, विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनअनुसार अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमन रोकिएको सूचनामा उल्लेख छ ।

आयोजनाले नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुबाहक सवारीसाधनलाई दासढुङ्गाको बासखोला पुलमा र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ बजेदेखि रोक लगाएको छ । बिहान ४ बजे बाटो खुल्ला हुनेछ ।

त्यसैगरी मुग्लिनतर्फबाट आउने सवारीका लागि मुग्लिन, आँबुखैरहनी र लेवरटारमा साँझ ७ बजे रोकिने छ । बिहान ५ बजे मुग्लिनतर्फबाट बाटो खुल्ला गरिने सूचनामा जनाइएको छ ।

काठमाडौँबाट आएका यात्रुबाहक सवारीलाई मुग्लिनबजारमा र मालबाहक सवारीलाई लेवरटारमा रोकिने भएको छ । पोखरातर्फबाट आएका सबैखालका सवारीलाई आँबुखैरहनीमा रोकिने सूचनामा जनाइएको छ ।

विस्तारको कार्य भइरहेको उक्त सडकखण्डमा रातिको समयमा सम्भव भएका निर्माणका कार्य गर्ने जनाइएको छ ।

त्यसैगरी सडक विस्तारका क्रममा परेका विद्युत् पोल, खानेपानीको पाइप सार्ने र रुख काट्ने कामलाई यथाशक्य छिटो सम्पन्न गरी कामलाई सहजीकरण गर्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
संघीय संसदमा १३ समिति रहने गरी संसद् नियमावलीको प्रारम्भिक मस्यौदा तयार
प्रदेश ७ का मुख्यमन्त्री भट्टलगायत मन्त्रीहरुद्वारा पदभार ग्रहण
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको गाँठो अझै फुक्न सकेन
मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीद्दारा एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्ने उल्लेख
पूर्ववर्ती सरकारले राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी
प्रदेश नम्बर–६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालयको भागबन्डा टुंगो
काठमाडौंका भूकम्पपीडितलाई २५ लाख ऋण २ प्रतिशत ब्याजदरमा दिन पहल
कैलालीको गोदावरीमा बस दुर्घटना, दुई दर्जन बढी घाइते
अबको दुई दिनभित्र मन्त्रिमन्डल विस्तार हुने
सिन्धुलीको भद्रकाली सडकखन्डमा जिप दुर्घटना, चारजनाको मृत्यु, १८ जना गम्भीर घाइते
प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडाबाट अन्यत्रै सार्नुपर्ने सांसदहरुको माग
नवनियुक्त प्रधानमन्त्री ओलीद्दारा निर्वाचन सम्पन्न गराउन योगदान दिने सम्पूर्ण नागरिक र मतदातालाई आभार व्यक्त
प्रधानमन्त्री ओ‌लीद्दारा दुई मन्त्री नियुक्त, लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण
प्रदेश ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलद्दारा पद तथा गोपनियताको सपथ ग्रहण
केपी ओलीद्दारा दोस्रो पटक प्रधानमन्त्री भए लगत्तै शपथ ग्रहण लिई सिहंदरबारमा पुगेर पद बहाली
रसुवाको १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति
७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका त्रिलोचन भट्ट नियुक्त
एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा दिए
http://go.oclaserver.com/afu.php?zoneid=1465736