नेपालको डेनमार्कविरुद्ध शानदार जित, फाइनलमा अमेरिकासँग प्रतिस्पर्धा गर्ने
(२०६९ भाद्र २५, आइतवार)
मलेसिया - आइसीसी विश्व क्रिकेट डिभिजन ४ अन्तर्गत मलेसियामा भएका सबै पाँच खेल जित्दै नेपाल डिभिजन ३ मा बढुवा भएको छ।
आइतबार नेपालले डेनमार्कविरुद्ध शानदार जित हात पार्यो।
पानी परेर ओभर घटाइएको खेलमा नेपालले डेनमार्कलाई डकवर्थ लुइस अनुसार २५ रनले पराजित गर्यो।
भोलि हुने फाइनलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। |