arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदानtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २४, मंगलवार)


बल्कोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिकाको बल्कोट स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले एक एम्बुलेन्स प्रदान गरेको छ । 

बल्कोट, केरुंगा, छत्रगञ्व, चिदिका, पाली, वांङ्लावाट दैनिक करिव ७० - ८० जना विरामी आउने गरेको स्वास्थ्य केन्द्रमा आकस्मिक, रेफरल तथा असक्त विरामीहरुका लागि एक एम्बुलेन्सको आवश्यकता रहेको थियो । एम्बुलेन्स प्राप्त गर्नकालागि निकै वर्ष पहिलेदेखिनै प्रयास गरिए पनि सो उपलब्ध हुन सकेको थिएन ।

निवर्तमान स्वास्थ्य मन्त्री गगन थापा, निवर्तमान स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा मुक्तिराम श्रेष्ठको निरन्तर सहयोग सहकार्यता, निवर्तमान स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको तत्कालिन सचिवको रुपमा बल्कोटकै स्थानीय कृष्णराज पाण्डे, स्थानीय समाज सेवी मित्रलाल पाण्डे, सुरोज टण्डन, गुनाखर भुसाल, अमृतकुमार पन्थी सहित सम्पुर्ण छत्रदेवबासी तथा  बल्कोट(अर्घाखाँची)-काठमाण्डौ सेवा समाज समेतको धेरै वर्षदेखिको पहलले सार्थकता पाउन सफल भएको हो ।


एम्बुलेन्स प्राप्त भएपश्चात स्थानीयहरुको धेरै वर्षदेखिको माग र आवश्यकता पुरा भएको, आकस्मिक विरामीहरुका लागि समयमानै अस्पताल पुर्याउन सहज हुने बल्कोट प्रा.स्वा.केन्द्रका संरक्षक तथा छत्रदेव गाउपालिका वडा नं. २ का अध्यक्ष राजेश पन्थी बताउनुहुन्छ ।

अध्यक्ष पन्थीले भन्नुभयो जिल्ला बाहिर रहेर पनी समाजसेवा नै मानव सेवा हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रको सेवा सुदृढीकरणका लागि पहलमा लागिरहनुहुने सवै धन्यवादको पात्र हुनुहुन्छ ।

विगत ६ महिनाको समयमा केन्द्रमा विभिन्न उपकरण मेसीनहरु, ह्वील चेयर, माईक्रोस्कोप, मोटरसाईकल पनी पुगेको छ । एक जना चिकित्सकको दरवन्दी रहेको केन्द्रमा ३ जना मेडिकल अधिकृत कार्यरत छन् ।

करारमै भएपनि एकजना ल्याव अशिष्टेन्ट कार्यरत भएकाले रगत तथा दिशापिसाव परिक्षण गर्न जिल्ला सदरमुकाम जानु नपर्ने र यदि थप १ जना अहेव करारमा राख्न सकिने हो भने २४ घण्टा सेवा दिन सकिन्छ, मेडिकल अधिकृत प्रकाश भट्टराईले बताउनुभयो ।

राज्यको संरचना स्थानीय निकायमा गईसकेपछि स्वास्थ्य संस्थाहरु चलाउने जिम्मा पनी स्थानीय स्तरमै रहेको र स्थानीयहरुको सहयोग, सहकार्य भए प्राथमिक स्वास्थ्य केन्द्रबाट गुणस्तरिय सेवा लिन सकिन्छ केन्द्रका अध्यक्ष विष्णु भुसालले बताउनुभयो ।

स्रोत: अन्लाईन संचारमाध्यम  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खिल्जीको बेल्बोटमा लागेको आगलागी नियन्त्रणमा (तस्बिर सहित)
छत्रदेव ७ काे ढिकुरामा भैलाे खेलेर उठेको रकमबाट पधेरा कुवा संरक्षण
केरुंगाकी शान्ता र वाङ्लाका विजयको दाइजो गरगहना बिनानै विवाह, विहे खर्च सबै बाढी पीडितलाई सहयोग
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको स्वास्थ्य अवस्था स्थिर, बाबुको निधन
भूमिकास्थानको पकले मेयलपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
अर्घाखाँचीमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चाका धेरै भोट् सूर्य र गोलाकारभित्र हसिया हथौडामा परे
पाणिनी बहुमुखी क्याम्पसमा शुल्क वृद्धि गरेको विरोधमा तालाबन्दी
अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणना जारी | प्रतिनिधिसभामा काँग्रेस अगाडि, प्रदेश सभामा एमाले अगाडि (सबै दलका मत विवरण सहित)
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नम्बर १, २ का यि उम्मेद्वारको जमानत जफत भयो (विवरण सहित)
अर्घाखाँचीमा ५ जना प्रतिनिधिसभा उम्मेद्वारको जमानत जफत (विवरण सहित)
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहान रुपन्देहीमा दुर्घटना परी गम्भीर घाइते
सन्धिखर्कमा वाम गठबन्धनको विजयी -र्याली, सभा सम्पन्न (भिडियो, तस्बिर सहित)
संयुक्त वाम गठबन्धनले आज सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने
अर्घाखाँचीमा वाम गठबन्धनको क्लिन स्वीप
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य विजयी
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता मध्ये फेरि अर्घाखाँचीका एक जनाको शब फेला
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता, मतगणना जारी
अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी नजिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736