एमाले अखिल नेपाल महिला संघको अध्यक्षमा विद्यादेवी भण्डारी निर्विरोध चयन
(२०६९ वैशाख १३, मंगलवार)
- मनोज अधिकारी
पोखरा, वैशाख १२ - एमालेको अखिल नेपाल महिला संघको अध्यक्षमा विद्यादेवी भण्डारी निर्विरोध चयन भएकी छन्। सोमबार अबेर राति सम्पन्न संघको छैटौं राष्ट्रिय सम्मेलनले भण्डारीलाई अर्को कार्यकालका लागि पुन: चयन गरेको हो।
भण्डारीको विकल्पमा कुनै दावेदार नदेखिएपछि उनी एक्ली उम्मेद्वार बनेकी थिइन्। सम्मेलनमा निर्वाचित कुल १ सय १६ सदस्यले भण्डारीलाई एकमतले अनुमोदन गरेका थिए। भण्डारी एमाले उपाध्यक्ष समेत हुन्।
अर्की नेतृ उर्मिला अयार्लले सुरुमा अध्यक्षका लागि दावी गरे पनि उनी प्रतिनिधिनै नभएको भन्दै अयोग्य ठहर भएकी थिइन्। सम्मेलनमा देशभरका करिब ८ सय प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए।
|