arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

सन्धिखर्कको लदाम बगैंचाको मुहार फेरियो, पर्यटकीय गन्तव्य बन्दैtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ १, विहीवार)

लदाम बगैंचाको बारेमा पत्रकार कमल बिष्टले तयार पारेको रिपोर्ट । 

घनश्याम पौडेल हिन्दुखबर

लदाम बगैंचा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाममा रहेका शान्ति तथा लदाम बगैंचालाई आधुनिकीकरण तथा व्यवस्थापन अभियान सुरु भएको केही दिनमा नै लदाम बगैंचाको मुहार फेरिएको छ । पहिलो चरणमा लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको छ ।


बगैंचालाई आधुनिक र व्यवस्थित बनाइ पर्यटकीय स्थलको रूपमा  विकास गर्ने कार्यको थालनी गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जिल्लाका पर्यटकीय स्थलहरूलाई आधुनिकीरण तथा व्यवस्थापन गर्न पहल गरेसँगै खत्रीको प्रयास तथा सबै क्षेत्रबाट सहयोग भई बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको छ  ।


लदाम आधुनिकीकरण तथा व्यवस्थापन गर्न नाप, नक्सा जाचँ गरी वैशाखमा प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले शिलान्यास गरेका थिए ।

बगैंचामा स्वीमिङ पुल, पानीको फोरा, राम मन्दिर, बालयुवा तथा वृद्ध-वृद्धामैत्री पूर्वाधार विकास गर्ने, १२०० मिटर हरितमार्ग, बालबालिकाको मनोरञ्जनका लागि पिङ, झुला बनाउने, वरिपरि तारजाली लगाएर सुरक्षित गर्ने गरी कार्य अगाडि बढाएको अभियानता खत्रीले बताए ।
''बगैंचालाई आकर्षक र मनोरम बनाउन  विभिन्न पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ,'' खत्रीले भने, ''बगैंचा व्यवस्थित  बनेपछि सन्धिखर्ककै प्रतिष्ठा बढ्छ ।''


बगैंचालाई हरित मैत्री बनाउन जिल्ला वन कार्यालयले ८ लाख रुपैयाँ विनियोजन गरेको छ । विभिन्न व्यक्तिहरूले  करिब १२ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ''पिक्निक तथा पार्टी हल, मिनी चिडियाघर, बेन्चहरू दुवो, विभिन्न जातका फुलहरू, सीसी क्यामेरा आदि पूर्वाधार निर्माण गर्ने गरी योजना तयार पार्दैछौं,'' खत्रीले भने ।  लदाम बगैंचा  करिब ३० रोपनी जग्गामा फैलिएको छ ।


यो संरक्षण र प्रचार-प्रसारको अभावमा ओझेलमा परेको बगैंचा हो । यहाँ  पिक्निक खानका लागि  जिल्लाका विभिन्न ठाउँबाट मानिसहरू आउने गर्छन् ।

बगैंचाको जग्गा २०११ सालमा सन्धिखर्क-४ वाङलाका खुमानन्द भण्डारीले  गोवद्र्धन पूजा गरी गाईलाई नुन हालेर दान दिएका थिए । खुमानन्दका नाति मुक्ति भण्डारीले आफ्ना हजुरबुवाले दान गरेको जग्गाको महत्व बुझेर सुन्दर, पर्यटकीय स्थल निर्माण गर्न लागिएको बताए ।


बन्दै गरेको बगैंचा हेर्नका लागी विहान र वेलुका फ्रेसका लागि दैनिक ५ सय देखि १ हजार जना अहिलेदेखि नै बगैंचा अवलोकन गर्न आउन लागेको खत्रीले बताए ।

खत्रीले सन्धिखर्कको मुख्य बजारमै रहेको शान्ति बगैंचालाई पनि सुन्दर, मनोरम बनाउन योजना अघि सारेका छन् ।

यसरी छोटो समयमा सहायक प्रमुख जिल्ला अधिकारीको पहलमा सुरु गरेको बगैंचा आधुनिकीकरण तथा व्यवस्थापन गर्नका लागि कम समय, स्रोत र साधनको कमी हुँदा-हुँदै पनी सोचेभन्दा धेरै काम भएको छ । नेपालमा गरेमा जे पनी सम्भव हुन्छ, प्रयास गरेमा विकास गर्न धेरै समय कुर्नुपर्दैन स्थानीयको भनाइ छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्क नगरपालिकामा कांग्रेस, माओवादी केन्द्र गठबन्धनले सजिलै चुनाव जित्ने
अर्घाखाँची जनप्रतिनिधि चयनपछि विकासमा अघि बढ्ने
सिद्धाराका गाउँमा बिजुली पुगेको छैन, मोटरबाटो छैन ! सधैं आश्वासन मात्र
पाणिनी गाउँपालिकाकाे केन्द्र दुर्गाफाटमा: कांग्रेस उम्मेदवार
अर्घाखाँचीमा तालमेलले खोसिए नेत्रीका अवसर
अर्घाखाँची पुरै चुनाव केन्द्रीत, आफु २४ सै घण्टा ड्युटीमा रहेको मुख्य निर्वाचन अधिकृतको भनाई
नरपानीका जुम्ल्याहा दाजुभाई सन्धिखर्क नगरपालिका - ६ को वार्ड अध्यक्षमा प्रतिस्पर्दा
गोरसिंगेमा १९ बर्षिया युवतीलाई अर्घाखाँचीका दुई युवाद्वारा सामूहिक बलात्कार, दुवै एमाले, कांग्रेस कार्यकर्ता
अर्घाखाँचीका कृष्ण ३ बर्षपछि विदेशबाट घर फर्किदा न श्रीमति साथमा न पैसा हातमा
बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा ३ डाक्टर, औषधिको कमि छैन
पाणिनीको मैदानमा कांग्रेसको चुनावी प्रसारमा गएको जिप दुर्घट्ना हुँदा १ जनाको मृत्‍यु, कयौ घाइते
शीतगंगा नगरपालिकाको सिमलपानीमा चुनावी नारा भोट दिनुस् तपाईंको पुर्जा बनाइदिन्छौं
बल्कोट र केरुंगामा खानेपानी सहज बनाइदिने आश्वासन बाँडेर मत तान्ने होडबाजी
एमाले भूमिकास्थानका उम्मेदवारहरुद्वारा उम्मेदवारी दर्ता, विपक्षी तालमेलका बावाजुत कार्यकर्ता उत्साहित
अर्घाखाँचीमा विप्लव नेपाल कम्युनिस्ट पार्टीेका जिल्ला सचिवालय सदस्य चौहान गिरफ्तार
अर्घाखाँचीमा द्वन्द्वकालमा बन्दुक बोकेका उम्मेदवार
१८ हजार मतदाता रहेकाे भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाद्वारा ठुलो शक्ति प्रदर्शन सहित उम्मेदवारी दर्ता, ७ हजार बढीको उपस्थिती
अर्घाखाँचीमा शान्तीपुर्ण तवरमा उम्मेद्धारी दर्ता सम्पन्न, दुई तहमा कांग्रेस माओवादीले प्रमुखमा उम्मेद्धार उठाएन (उम्मेदवारको नामावली सहित)
एमाले सन्धिखर्कका उम्मेदवाहरुद्वारा उम्मेद्वारी दर्ता, आकाशमा पनि फहरायो सुर्य चिन्ह अंकित झण्डा
भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाद्वारा आफ्नो उम्मेदवारी दर्ता, हजारौं समर्थकहरुको उपस्थिती (तस्बिर सहित)