arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
विश्व समाचार

माल्दिभ्समा संकटकालिन अवस्था घोषणा text size increase   text size decrease   Print    rss (२०७४ माघ २३, मंगलवार)


दक्षिण एसियाली मुलुक माल्दिभ्समा राजनीतिक संकट चुलिएको छ । त्यहाँको सर्वोच्च अदालतले राजनीतिक बन्दी रिहा गर्न आदेश दिए पनि सरकारले अदालतको आदेश अस्वीकार गर्दै दुई साताका लागि संकटकालिन अवस्था घोषणा गरेपछि राजनीतिक संकट बढेको हो ।

माल्दिभ्समा बढेको राजनीतिक संकटमा आन्तरिक राजनीतिक द्वन्द्व मुख्य कारणका रुपमा देखिए पनि भित्री रुपमा भारत र चीनबीचको कुटनीतिक द्वन्द्वको ठूलो भूमिका देखिन्छ ।

दुई महिना अघि माल्दिभ्सले चीनसँग मुक्त व्यापार सम्झौतामा हस्ताक्षर गरेको थियो । यस्तो सम्झौताका लागि भारतले यसअघि नै पहल गरे पनि माल्दिभ्सले चीनसँग अचानक सम्झौता गरेपछि भारत चिढिएको थियो ।

माल्दिभ्समा भारतले ठूलो लगानी गर्दै आएको छ । तर पछिल्लो समय माल्दिभ्स सरकारले भारतको तुलनामा चीनलाई बढी महत्व दिएको छ । यहाँसम्म कि, केही साताअघि माल्दिभ्सको सरकार समर्थित एक अखबारले भारत माल्दिभ्सको सबैभन्दा ठूलो शत्रु रहेको टिप्पणी गरेको थियो ।

भारतले आशंकाको नजरले हेर्दै आएको चीनको ‘वान बेल्ट वान रोड’ परियोजनालाई समेत माल्दिभ्सले समर्थन गरेको छ । माल्दिभ्समा भारतको उच्च तहबाट भ्रमण भएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण नगरेको केही सीमित मुलुकमा माल्दिभ्स पनि एक हो । तर चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो भारत भ्रमण अघि माल्दिभ्सको भ्रमण गरेका थिए ।

माल्दिभ्सको सरकारले चीनप्रति झुकाव राखिरहँदा त्यहाँ विपक्षी दल भारततर्फ झुकाव राखिरहेका छन् । हालै त्यहाँको सर्वोच्च अदालतले गत बिहीबार विभिन्न ९ राजनीतिक बन्दीको रिहाई र सत्तारुढ दल त्यागेका १२ सांसदलाई पुनर्बहाली गर्न आदेश दिएको थियो । सत्तारुढ दल त्यागेका १२ सांसदलाई सांसदकै हैसियतमा राख्दा सरकार अल्पमतमा पर्दछ ।

सरकारले भने अदालतको आदेश नमान्ने संकेत गरिसकेको छ । दुई साताका लागि सरकारले संकटकाल घोषणा गरेसँगै सुरक्षाकर्मीले सर्वोच्च अदालतका केही न्यायाधीश र पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुमलाई नियन्त्रणमा लिएको बताइन्छ ।

विपक्षी दलले अन्तर्राष्ट्रिय समुदायलाई हस्तक्षेपका लागि आह्वान गरेको छ । विपक्षी नेताहरुले भारत, अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायलाई माल्दिभ्स सरकारमाथि दबाब बनाउन र सर्वोच्च अदालतको आदेश पालना गराउन गुहारेका हुन् ।

भारत, अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलिया र संयुक्त राष्ट्रसंघले माल्दिभ्सको सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् भने चीनले यसबारे आधिकारिक टिप्पणी गरेको छैन ।

भारतले आफूलाई दक्षिण एसियाको सर्वशक्तिमान मुलुक मान्दै आएको छ । तर पछिल्ला वर्षमा श्रीलंका, बंगलादेश, नेपाल हुँदै अफगानिस्तानमा समेत चीनले आफ्नो प्रभाव बढाउँदै लगेपछि ती मुलुकमा भारत कमजोर हुन थालेको छ । भुटानपछि दक्षिण एसियामा माल्दिभ्समात्र एउटा यस्तो मुलुक थियो, जहाँ भारतको पुरा प्रभाव देखिन्थ्यो । तर केही वर्ष यता माल्दिभ्समा समेत चीनको प्रभाव बढेको छ । परिणामस्वरुप चीन समर्थित माल्दिभ्स सरकार र भारत समर्थित विपक्षीबीच राजनीतिक द्वन्द्व देखिएको हो ।

माल्दिभ्सको वर्तमान सरकारकै कारण त्यहाँ चीनको प्रभाव बढेको भारतको ठहर छ । त्यसैले पनि भारतले माल्दिभ्समा आफ्नो अनुकुल राजनीतिक परिवर्तनका लागि भित्रभित्रै भूमिका निर्वाह गरिरहेको जानकारहरु बताउँछन् । 

माल्दिभ्समा २००८ मा लोकतान्त्रिक विधिमार्फत सरकार गठन भएको थियो । मोहम्मद नशीद लोकतान्त्रिक रुपमा चुनिएका पहिलो राष्ट्रपति हुन् । तर सन् २०१५ मा उनलाई आतंकविरोधी कानून अन्तर्गत सत्ताबाट हटाइएको थियो । उनी हाल बेलायतमा निर्वासन जीवन बिताइरहेका छन् । (एजेन्सी) 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
आगामी हप्ता उत्तर र दक्षिण कोरियाबीच वार्ता हुने
इरान विश्वका लागि सबैभन्दा ठूलो खतरा:- इजरायली प्रधानमन्त्री नेतन्याहु
इरानमा ६० यात्रु सहित यात्रुवाहक विमान दुर्घटना
इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि मुद्दा चलाउने तयारी
सिरियाले गोली हानेर इजरेली लडाकू विमान खसाल्यो
बङ्लादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई पाँच वर्षको जेल सजाय
नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर
अफगानिस्तानको काबुलमा एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु, १ सय ५८ घाइते
टर्किस राष्ट्रपतिद्दारा कुर्द लडाकूविरुद्धको संघर्ष पूर्वी इराकसम्म पुर्‍याउने दावी
दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागीमा परी ४१ जनाको मृत्यु
अफगानिस्तानको होटल भिडन्तमा १४ पर्यटकको मृत्यु
भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावित
अमेरिकाको क्यालिफोर्नियामा बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु
दुई कोरिया पहिलो पटक उच्चस्तरीय वार्तामा
अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन
म्यानमारमा सरकारविरुद्ध लडाइँ जारी राख्ने रोहिंग्या आर्मीको उद्घोष
उत्तर कोरियाले सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने
पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा
पेरुमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु
इरानमा जारी प्रदर्शनमा मारिनेको संख्या २२, सयौं पक्राउ
http://go.oclaserver.com/afu.php?zoneid=1465736