arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
खेल

नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजितtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन ३०, सोमवार)


 नेपालले एक दिवसीय क्रिकेटमा विश्वकपको अनुभवी टिम केन्यामाथि कीर्तिमानी जित हासिल गरेको छ ।

पहिलोपटक केन्यामाथि जित हासिल गर्नेक्रममा नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पिनयसिपमा ७ विकेटको जित हासिल गरेको हो ।

सोमबार कीर्तिपुर मैदानमा १५६ रनको सामान्य चुनौती नेपालले ३० ओभर २ बलमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच १११ रनको साझेदारी हुनेक्रममा ज्ञानेन्द्रले अविजित रहँदै ६४ तथा ऐरीले ६२ रन बनाए ।

त्यस्तै, अलराउन्डर शरद भेषावकरले ११ बलमा अविजित रहँदै २४ रन बनाए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा अलआउट हुँदै १५५ रन बनाएको थियो ।

नेपालका लागि शरदले २८ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसैगरी, मेहबुब आलम र बसन्त रेग्मीले २/२ तथा सन्दीप लामिछाने र सागर पुनले १/१ विकेट लिए ।

यसअघि, गत शनिबार भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो ।

यो जितसँगै ८ टिम सहभागी च्याम्पियनसिपमा नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । पाँचौं स्थानको केन्याको १० अंक छ ।

नेदरल्यान्ड्स १६, पपुवा न्यूगिनी १२, तथा हङकङ र स्कटल्यान्डको समान ११/११ अंक छ । शीर्ष चारमा रहने राष्ट्रले अर्को वर्ष हुने विश्वकप छनोटमा सोझै प्रवेश पाउनेछन् ।

अब नेपालले छैटौं चरणको खेलमा हङकङसँग खेल्नेछ । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा
कुखुराको भालेको भिडन्त विश्वमै लोकप्रिय खेल
तिलक स्मृति रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता आजबाट सन्धिखर्कमा सुरु
नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा
महिला क्रिकेट टिमले एसिया कपमा खेल्ने, थाइल्यान्डले हङकङलाई पराजित गरेपछि भाग्य खुल्यो
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आयोजक हङकङमाथि ६ रनको रोमाञ्चक जित हात पार्यो
रियो ओलम्पिकको ब्राजिलको रियो दि जेनेरियोमा भव्यताका साथ उदघाटन
क्रिकेट टोली स्वदेस फिर्ता
नवयुग श्रेष्ठ वर्ष पुरूष खेलाडी
यूरोकपको उपाधि पोर्चुगललाई, क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिममा फेरि हर्षको आँशू झारे
मेसी, म्याराडोना, अर्जेन्टिनी फुटबल र नेपालीबीचको समीकरण
पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
भावना घिमिरेद्वारा नेपाल क्रिकेट संघको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा
फाइनल खेलमा चिलीले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने
अर्जेन्टिना फुटबल प्रतियोगिताको फाइनलमा
युरोकप फुटबल अन्तर्गत मंगलबार राति दुई समूहका चार खेल हुँदै
स्टार खेलाडी ग्यारेथ बेलले युरोकप फुटबलमा ५८ वर्ष पुरानो इतिहास तोडे
मदन आश्रित क्रिकेट : नेपाल पुलिस क्लब र जनकपुर विजयी
युरोकप : भिडे समर्थक, खेल बराबरीमा रोकियो
हुलदंगामा संलग्न भएको आरोपमा ३६ जनालाई फ्रान्सेली प्रहरीले पक्राउ