arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
खेल

नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजितtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन ३०, सोमवार)


 नेपालले एक दिवसीय क्रिकेटमा विश्वकपको अनुभवी टिम केन्यामाथि कीर्तिमानी जित हासिल गरेको छ ।

पहिलोपटक केन्यामाथि जित हासिल गर्नेक्रममा नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पिनयसिपमा ७ विकेटको जित हासिल गरेको हो ।

सोमबार कीर्तिपुर मैदानमा १५६ रनको सामान्य चुनौती नेपालले ३० ओभर २ बलमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच १११ रनको साझेदारी हुनेक्रममा ज्ञानेन्द्रले अविजित रहँदै ६४ तथा ऐरीले ६२ रन बनाए ।

त्यस्तै, अलराउन्डर शरद भेषावकरले ११ बलमा अविजित रहँदै २४ रन बनाए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा अलआउट हुँदै १५५ रन बनाएको थियो ।

नेपालका लागि शरदले २८ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसैगरी, मेहबुब आलम र बसन्त रेग्मीले २/२ तथा सन्दीप लामिछाने र सागर पुनले १/१ विकेट लिए ।

यसअघि, गत शनिबार भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो ।

यो जितसँगै ८ टिम सहभागी च्याम्पियनसिपमा नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । पाँचौं स्थानको केन्याको १० अंक छ ।

नेदरल्यान्ड्स १६, पपुवा न्यूगिनी १२, तथा हङकङ र स्कटल्यान्डको समान ११/११ अंक छ । शीर्ष चारमा रहने राष्ट्रले अर्को वर्ष हुने विश्वकप छनोटमा सोझै प्रवेश पाउनेछन् ।

अब नेपालले छैटौं चरणको खेलमा हङकङसँग खेल्नेछ । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
बुटवलमा प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिताको उपाधि घरेलु टिम सुनौलो संगमलाई
वेष्टइण्डिजलाई २०१६ को टी-ट्वान्टी विश्वकप उपाधि
भारतलाई ७ विकेटले पराजित गर्दै वेस्ट इन्डिज टीट्वान्टी विश्वकपको फाइनलमा
भारतसँग हार्यौ पाकिस्तान
बारामा सम्पन्न सातौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हेटौंडाको विजय युथ क्लबलाई
भारतको लखनउमा भएको चौथो अन्धा तथा बहिरा राष्ट्रिय जुडोमा नेपाललाई दुई रजत
सागमा फुटबलको स्वर्ण पदक दिलाएर स्वदेश फर्किएका राष्ट्रिय फुटबल टोलीलाई भव्य स्वागत्
गुवाहटीमा भएको साग खेलकुदमा नेपालले ३ स्वर्णसहित ५९ वटा पदक हात
नेपाललाई २३ वर्षपछि दक्षिण एसियाली खेलकुद फुटबलको उपाधि
गुवाहाटीमा भइरहेको साग अन्तर्गत माल्दिभ्सलार्इ ४-३ ले हराउँदै नेपाल फाइनलमा
साग अन्तर्गत गुवाहाटीमा भएको कबड्डी प्रतियोगितामा नेपालको लगातार पराजय
दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालले विजयी सुरुआत लिएपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो
यु-१९ विश्वकप क्रिकेटअन्तर्गत्ने भारतसँग नेपाल ७ विकेटले पराजित
नेपाल आइसीसी यु-१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश
बंगलादेशमा जारी आइसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको विजयी सुरुआत, न्यूजिल्यान्ड ३२ रनले पराजित
बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीको भव्य स्वागत्
२३ वर्षपछि नेपाललाई अन्तर्राष्ट्रिय फुटबलको उपाधि, प्रत्येक खेलाडीले ७-७ लाख पुरस्कार पाउने
माल्दिभ्सलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै नेपाल पहिलोपटक बंगबन्धु गोल्डकपको फाइनलमा
उपत्यकाका फुटसलमाथि लगाएको प्रतिबन्ध एक दिनपछि फुकुवा
बार्सिलोना स्पेनको घरेलु फुटबल प्रतियोगिता कोपा डेल रे को क्वाटर फाइनलमा प्रबेश
http://go.oclaserver.com/afu.php?zoneid=1465736