arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
खेल

नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजितtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन ३०, सोमवार)


 नेपालले एक दिवसीय क्रिकेटमा विश्वकपको अनुभवी टिम केन्यामाथि कीर्तिमानी जित हासिल गरेको छ ।

पहिलोपटक केन्यामाथि जित हासिल गर्नेक्रममा नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पिनयसिपमा ७ विकेटको जित हासिल गरेको हो ।

सोमबार कीर्तिपुर मैदानमा १५६ रनको सामान्य चुनौती नेपालले ३० ओभर २ बलमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच १११ रनको साझेदारी हुनेक्रममा ज्ञानेन्द्रले अविजित रहँदै ६४ तथा ऐरीले ६२ रन बनाए ।

त्यस्तै, अलराउन्डर शरद भेषावकरले ११ बलमा अविजित रहँदै २४ रन बनाए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा अलआउट हुँदै १५५ रन बनाएको थियो ।

नेपालका लागि शरदले २८ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसैगरी, मेहबुब आलम र बसन्त रेग्मीले २/२ तथा सन्दीप लामिछाने र सागर पुनले १/१ विकेट लिए ।

यसअघि, गत शनिबार भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो ।

यो जितसँगै ८ टिम सहभागी च्याम्पियनसिपमा नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । पाँचौं स्थानको केन्याको १० अंक छ ।

नेदरल्यान्ड्स १६, पपुवा न्यूगिनी १२, तथा हङकङ र स्कटल्यान्डको समान ११/११ अंक छ । शीर्ष चारमा रहने राष्ट्रले अर्को वर्ष हुने विश्वकप छनोटमा सोझै प्रवेश पाउनेछन् ।

अब नेपालले छैटौं चरणको खेलमा हङकङसँग खेल्नेछ । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
नेपाल ३ विकेटले पराजित
फिफाद्धारा घुस लिएको आरोपमा गणेश थापालाई १० वर्ष प्रतिबन्ध, २० हजार स्वीस फ्रान्क जरिवाना
पाकिस्तानसँग इंग्ल्याण्ड ६ विकेटले पराजित
म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीविरुद्ध जन्मकैदको माग गर्दै राज्य विप्लवको मुद्दा दर्ता
पहिलो टेस्ट क्रिकेट खेलमा भारतले ४ खेलको टेस्ट श्रृंखलामा १-० को अग्रता
इंग्ल्याण्डका चर्चित फुटबलर डेभिड बेकहृयाम नेपालमा
विदेशी पर्यटकमात्रै सहभागि अन्तर्राष्ट्रिय स्तरको नेपाल अल्ट्रा म्याराथुन दौड प्रतियोगिता शुरु
म्याच फिक्सिङका आरोपित खेलाडीलाई अदालतमा उपस्थित
ओझेलमा अर्घाखाँचीका भलिबल खेलाडी किरण
आइसीसी यु-१९ विश्वकप क्रिकेटमा आयरल्यान्डमाथि नेपालको शानदार जित, नेपाल समूह विजेता बन्दै फाइनलमा
आइसीसी यु-१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत अमेरिकालाई पराजित गर्दै नेपाल फाइनलमा
मनाङ मर्स्याङ्दी क्लबलाई २-०ले हराउँदै उपाधिमाथि थ्रिस्टार क्लबको कब्जा
म्याच फिक्सिङको आरोपमा पक्राउ परेका पाँच जना खेलाडिलाई अदालतमा,राष्ट्रघातविरुद्धको ऐन अनुसार कारवाही
लाखौं रकम लिएर म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसहित ५ खेलाडी पक्राउ
नेपालले भारतलाई ट्राईब्रेकमा ५-४ ले हराउँदै साफ यू १९ च्याम्पियनसिपको उपाधि
एसीसी अण्डर नाइन्टिन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल पराजित
नेपालले युएईलाई १४९ रनको विशाल अन्तरले पराजित
नेपाली राष्ट्रिय क्रिकेट टिमका फिजियो डा. बसिर असाई यौन दुव्र्यवहारको आरोपमा आयरल्याण्ड पक्राउ
आर्थिक वर्ष २०७२/७३ मा खेलकुदमा २ अर्ब ७ करोड रुपैयाँ बजेट
आयरल्याण्डसँग नेपालको लज्जास्पद हार
http://go.oclaserver.com/afu.php?zoneid=1465736