arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
खेल

नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजितtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन ३०, सोमवार)


 नेपालले एक दिवसीय क्रिकेटमा विश्वकपको अनुभवी टिम केन्यामाथि कीर्तिमानी जित हासिल गरेको छ ।

पहिलोपटक केन्यामाथि जित हासिल गर्नेक्रममा नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पिनयसिपमा ७ विकेटको जित हासिल गरेको हो ।

सोमबार कीर्तिपुर मैदानमा १५६ रनको सामान्य चुनौती नेपालले ३० ओभर २ बलमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच १११ रनको साझेदारी हुनेक्रममा ज्ञानेन्द्रले अविजित रहँदै ६४ तथा ऐरीले ६२ रन बनाए ।

त्यस्तै, अलराउन्डर शरद भेषावकरले ११ बलमा अविजित रहँदै २४ रन बनाए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा अलआउट हुँदै १५५ रन बनाएको थियो ।

नेपालका लागि शरदले २८ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसैगरी, मेहबुब आलम र बसन्त रेग्मीले २/२ तथा सन्दीप लामिछाने र सागर पुनले १/१ विकेट लिए ।

यसअघि, गत शनिबार भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो ।

यो जितसँगै ८ टिम सहभागी च्याम्पियनसिपमा नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । पाँचौं स्थानको केन्याको १० अंक छ ।

नेदरल्यान्ड्स १६, पपुवा न्यूगिनी १२, तथा हङकङ र स्कटल्यान्डको समान ११/११ अंक छ । शीर्ष चारमा रहने राष्ट्रले अर्को वर्ष हुने विश्वकप छनोटमा सोझै प्रवेश पाउनेछन् ।

अब नेपालले छैटौं चरणको खेलमा हङकङसँग खेल्नेछ । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेताले लगाएको जर्सीको मूल्य २ लाख र कलाकारले लगाएको जर्सीको मूल्य १० हजार
LIVE: नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल
तिलोत्तमा गोल्ड कप-२०७२, झापा एघारको सहज जित
फिफाका एक पूर्व वरिष्ठ अधिकारीद्दारा भ्रष्ट्राचार गरेको स्विकारे
फिफा अध्यक्ष जोसेफ सेप ब्लाटर पाँचौ कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित
फिफाका ७ जना उच्च अधिकारी भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि विश्वकप फुटबल प्रायोजकको गम्भीर चासो
महाभुकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झना स्पेनिस फुटबल क्लब रियल म्याड्रिडले पनि गर्‍यो
पोखरामा पर्यटक दौड प्रतियोगिता
नेपाल-भारत बराबरी
एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको लज्जास्पद हार
विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई ३३२ रनको लक्ष्य
नेपालले पहिलो पटक आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने
नेपाल क्रिकेट संघ (क्यान)का कार्यबाहक अध्यक्ष तारणीविक्रम शाहको ८४ वर्षको उमेरमा निधन
कप्तान पारस खड्का विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताकै म्यान अफ द सिरिज
नेपालले विश्व क्रिकेट लिग डिभिजन-२ मा लगातार तेस्रो खेल जित
नेपालले विश्व क्रिकेट लिग डिभिजन-२ मा क्यानाडाविरुद्व ७ विकेटको सहज विजय हात
नेपालका बसन्त रेग्मी विश्व क्रिकेट लिगमा सर्वाधिक १ सय विकेट लिने पहिलो खेलाडी
बुटवलमा जारी १९औं राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई
स्पेनिस ला लिगाअन्तर्गत्बा र्सिलोनाको फराकिलो जितमा मेसीको ह्याट्रिक
पाकिस्तानमा जारी तेस्रो साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश