arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
खेल

नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजितtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन ३०, सोमवार)


 नेपालले एक दिवसीय क्रिकेटमा विश्वकपको अनुभवी टिम केन्यामाथि कीर्तिमानी जित हासिल गरेको छ ।

पहिलोपटक केन्यामाथि जित हासिल गर्नेक्रममा नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पिनयसिपमा ७ विकेटको जित हासिल गरेको हो ।

सोमबार कीर्तिपुर मैदानमा १५६ रनको सामान्य चुनौती नेपालले ३० ओभर २ बलमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच १११ रनको साझेदारी हुनेक्रममा ज्ञानेन्द्रले अविजित रहँदै ६४ तथा ऐरीले ६२ रन बनाए ।

त्यस्तै, अलराउन्डर शरद भेषावकरले ११ बलमा अविजित रहँदै २४ रन बनाए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा अलआउट हुँदै १५५ रन बनाएको थियो ।

नेपालका लागि शरदले २८ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसैगरी, मेहबुब आलम र बसन्त रेग्मीले २/२ तथा सन्दीप लामिछाने र सागर पुनले १/१ विकेट लिए ।

यसअघि, गत शनिबार भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो ।

यो जितसँगै ८ टिम सहभागी च्याम्पियनसिपमा नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । पाँचौं स्थानको केन्याको १० अंक छ ।

नेदरल्यान्ड्स १६, पपुवा न्यूगिनी १२, तथा हङकङ र स्कटल्यान्डको समान ११/११ अंक छ । शीर्ष चारमा रहने राष्ट्रले अर्को वर्ष हुने विश्वकप छनोटमा सोझै प्रवेश पाउनेछन् ।

अब नेपालले छैटौं चरणको खेलमा हङकङसँग खेल्नेछ । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
नेपालका बसन्त रेग्मी विश्व क्रिकेट लिगमा सर्वाधिक १ सय विकेट लिने पहिलो खेलाडी
बुटवलमा जारी १९औं राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई
स्पेनिस ला लिगाअन्तर्गत्बा र्सिलोनाको फराकिलो जितमा मेसीको ह्याट्रिक
पाकिस्तानमा जारी तेस्रो साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश
एसीसी यु-१९ प्रिमियर लिग क्रिकेटमा नेपाल फेरिपनि अफगानिस्तानसँग पराजित
सन् २०२२ को विश्वकप फुटबल आयोजनाको जिम्मा पाएको कतार आर्थिक अनियमितताका सम्पूर्ण आरोपहरुबाट मुक्त
कुवेतमा जारी एसीसी यु-१९ प्रिमियर लिग क्रिकेटमा नेपालले लगातार तेस्रो जित हासिल
नेपालले साउदी अरेबियालाई एक सय ९५ रनको फराकिलो अन्तरले पराजित
फिफाद्धारा एन्फा अध्यक्ष गणेश थापा निलम्बित
मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री प्रतियोगितामा नेपालले तेस्रो जित हासिल
दक्षिण अफ्रिकाको फुटवल टीमका कप्तानको गोली हानी हत्या
मलेसियामा आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री प्रतियोगितामा नेपालको खराब सुरुआत, युगान्डासँग २० रनले पराजित
पाली पुरुष क्रिकेट टिम दक्षिण कोरियाको इन्छनमा जारी सत्रौं एसियाली खेलकुदको क्वार्टरफाइनलमा
इन्छन एसियाडमा नेपाली क्रिकेट टिमले कुवेतमाथि ९ विकेटको जित हात
सन् २०२२ को विश्वकप फुटबल कतारमा नहुने
एन्फा कप फुटबल प्रतियोगिताको उपाधि झापा क्लवलाई
मलेसियामा सम्पन्न एसीसी यु-१६ प्रिमियर क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई
मलेसियामा जारी एसीसी यू १६ प्रिमियर क्रिकेट खेलमा नेपालले ओमानलाई १०२ रनले हरायो
विश्वकै सर्वाधिक चर्चित लिग फुटबल इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु
इंग्ल्याण्डविरुद्धको पाँचौं तथा अन्तिम टेष्ट क्रिकेटमा भारत पराजय नजिक