arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
खेल

नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजितtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन ३०, सोमवार)


 नेपालले एक दिवसीय क्रिकेटमा विश्वकपको अनुभवी टिम केन्यामाथि कीर्तिमानी जित हासिल गरेको छ ।

पहिलोपटक केन्यामाथि जित हासिल गर्नेक्रममा नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पिनयसिपमा ७ विकेटको जित हासिल गरेको हो ।

सोमबार कीर्तिपुर मैदानमा १५६ रनको सामान्य चुनौती नेपालले ३० ओभर २ बलमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच १११ रनको साझेदारी हुनेक्रममा ज्ञानेन्द्रले अविजित रहँदै ६४ तथा ऐरीले ६२ रन बनाए ।

त्यस्तै, अलराउन्डर शरद भेषावकरले ११ बलमा अविजित रहँदै २४ रन बनाए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा अलआउट हुँदै १५५ रन बनाएको थियो ।

नेपालका लागि शरदले २८ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसैगरी, मेहबुब आलम र बसन्त रेग्मीले २/२ तथा सन्दीप लामिछाने र सागर पुनले १/१ विकेट लिए ।

यसअघि, गत शनिबार भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो ।

यो जितसँगै ८ टिम सहभागी च्याम्पियनसिपमा नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । पाँचौं स्थानको केन्याको १० अंक छ ।

नेदरल्यान्ड्स १६, पपुवा न्यूगिनी १२, तथा हङकङ र स्कटल्यान्डको समान ११/११ अंक छ । शीर्ष चारमा रहने राष्ट्रले अर्को वर्ष हुने विश्वकप छनोटमा सोझै प्रवेश पाउनेछन् ।

अब नेपालले छैटौं चरणको खेलमा हङकङसँग खेल्नेछ । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
ब्राजिलले विश्वकपमा खायो ३ गोल - नेदरल्याण्ड्सलाई तेश्रो स्थान
अर्जेन्टिना वा जर्मनी जसले जितेपनि विश्वकप ट्रफि नपाउने
नेदरल्यान्ड्सलाई पन्छाउँदै अर्जेन्टिना २४ बर्षपछि फाइनलमा
ब्राजिल हारेको पीडामा नेपाली फ्यानद्वारा आत्महत्या
नेदरल्यान्ड्सका राजा को समर्थन आफ्नै देशको टिमलाई , रानीको समर्थन भने अर्जेन्टिना
फुटबलको बादशाह ब्राजिलको लज्जास्पद हार, जर्मनी फाइनलमा
वर्ल्ड तेक्वान्दो कल्चर एक्स्पो २०१४'मा नेपाललाई ३ स्वर्णसहित ११ पदक
अर्जेन्टिनाका खेलाडी बसेको होटलमा नेपालीले देखाए खुकुरी - ईतिहास
२४ वर्षपछि अर्जेन्टिना सेमिफाइनलमा
जर्मनी लगातार चौथो पटक सेमिफाइनलमा
कोलम्बियालाई हराउँदै ब्राजिल सेमिफाइनलमा - अब ब्राजिल र जर्मनि मुकाविला गर्ने
नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायकेको सम्झौता एक वर्षका लागि म्याद थप्न पहल सुरु
पोग्बाको गोलले फ्रान्स अन्तिम आठमा - क्वाटरफाइनलमा अल्जेरिया र जर्मनीको बिजेता सँग खेल्ने
पुबुदु नभए राष्ट्रिय टोलीबाट क्रिकेट नखेल्ने कप्तान पारस खड्काको भनाइ
कोलम्बिया क्वार्टरफाइलनमा
नेपाललाई अन्तर्राष्ट्रिय ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता
जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश , पोर्चुगल बाहिर
विश्वकप अन्तर्गत समूह इ बाट फ्रान्स विजेता तथा स्वीट्जरल्याण्ड उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा
ब्राजिल, मेक्सिको विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश
पोर्चुगल दोस्रो खेलमा अमेरिकासँग बराबर, अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै