arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्याtext size increase   text size decrease   Print    rss (२०७४ पौष १७, सोमवार)

world news

 यूवराज थापा

दुबई/अर्घाखाँचीडट्कम- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिक वडा न -१० अमराईका ३५ बर्षिय नारायण भुसालले दुबईको सारजामा आफु बस्ने कोठा भित्र ढोका बन्द गरि फ्यानको कुंडूलिमा पासो लगाएर येही मिति पुष १६ गते आइतवार बिहान करिब ८-देखि ९ बजेको बिचमा आत्महत्या गरेका छन् !

उनले आत्महत्या गर्नुको अघिलो दिन आफ्ना साथि कृष्ण भूसाललाइ दाइ मेरो दातमा समस्या आएको छ मलाइ तेती सन्चो छैन भोलि बिहान आउनुहोला हस्पिटल चेकअपको लागि सँगै जानु छ भनेर फोन काटेका भुसाल बिहान झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए !

उनले काम गर्ने" हवात अल अरुज" होटेलको मालिकको भनाइ अनुसार बिहान ५ -बजे नारायण भुसाल डिउटिमा हाजिर हुनु पर्ने थियो तर उनि -५ बजे होटेलमा पुगेका थिएनन् उनले बिगत ७ महिना देखि हावात् अल अरुज होटेलमा कुक म्यानको काम गर्दै आएका थिए  उनि संग् ३ जना भारतीय साथीहरु पनि एक साथ् कोठामा रहने गर्दथे आत्महत्या गर्ने नारायाण भुसालको डिउटी समय ५ बजे थियो भने अन्य ३ जना भारतीय उनका साथीहरुको डिउटी समय ७ बजे बाट थियो भनेर होटेल मालिक बताउछन !

उनका मालिकले भारतीय स्टाफहरुलाई नारायाण डिउटीमा आएन भनेर प्रश्न गर्दा उनि कोठामा सुतिरहेको छ भनेर ३ जना भारतीय हरुले जवाफ दिएका थिए ! मृतक भुसाल कार्यरत रहेको होटेल उनि बस्ने कोठा देखि एकदमै नजिकको दुरीमा रहेको र भूसाल लगायत अन्य उनका ३ भारतीय साथीहरु बस्ने उक्त कोठा -कोठा मात्र न भएर एक साइडको कोठामा "हवात अल अरुज होटेलको स्टोर रुम पनि बनाइएको थियो जसका कारण उनिहरु बस्ने कोठामा बेला -बेलामा होटेलमा चाहिने सामानहरु स्टोर रुम बाट झिकेर ल्याउनु पर्ने हुन्थ्यो !

जब बिहान ७ बजे भुसालका ३ जना इन्डियन साथिहरु होटेल पुगे तब उनका मालिकले करिब ८:३० बजे तिर होटेलमा काम गर्ने एकजना स्टाफ लाइ भुसाल बस्ने कोठामा टिस्यु पेपर लिनको लागि पठाए तब उनि सुतेको कोठाको ढोका भित्र बाट कुंडुलि लगाइएको थियो टिस्यु पेपर लिन गएका होटेल स्टाफले धेरै पटक उनलाई बोलाउदै ढोका ढक ढक पार्दा पनि उनले कोठाको ढोका नखोलेपछी उनले आफ्नो होटेलको मालिकलाइ कल गरेर नारायाणले ढोका नखोलेको जनाकारी दिएका थिए ! भारतीय उनका साथिहरु र दुबई पुलिसका अनुसार उनले ८- दखि ९ बजेको बिचमा झुण्डिएर आत्महत्या गरेको अनुमान लागएका छन् ! किनकि बिहान ७ बजे उनका भारतीय साथीहरु उठेर डिउटी जाने बेला सम्म उनि बिस्तारामा सुतिरहेका थिए जब उनका साथीहरु कोठाबाट डिउटीको लागि होटेल निकलिए तब तेही एक्लो भएको समयको मौका पारि उनले आत्महत्या गरेका हुन् !

सारजामा रहेको "हवात अल अरुज" होटेलको मालिकले भुसालले ढोका नखोलेको खबर पाएपछी तुरुन्तै पुलिस प्रशानमा कल गरि पुलिसलाइ साथमा लिएर भुसाल सुतेको कोठामा पुगेका थिए -पुलिसहरु त्याहा पुगी सके पछी उनि सुतेको कोठाको ढोका फोरेर हेर्दा नारायाण भुसाललाइ फ्यानको कुंडूलिमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेका थिए ! आत्महत्या गर्ने नारयणको पासो भने उनलाई उक्त होटेलमा काम लगाइदिने अर्घाखाँचीका कृष्ण भुसाललाइ मालिकले कल गरि उनि बस्ने कोठामा आउँन आग्रह गरिसके पछी भुसाल झुन्डिएको स्थलमा पुगी सके पछी मात्र काटिएको उनि बताउछन !

भुसाल करिब ७-८ महिना अघि कामको शिलसिलामा दुबई पुगेका थिए उनका घरमा २ छोरा र श्रीमती रहेकी छिन ! उनको मृतक शरीरलाइ अहिले दुबईको सारजा स्थित एक हस्पिटलमा पोस्टमार्टमको लागि राखिएको छ ! दुबई पुलिसका अनुसार उनको आइतवार पोस्टमार्टम हुन् सकेको छैन साएद सोमबार बेलुका सम्म उनको पोस्टमार्टम हुने बताएका छन् ! उनको पार्थिब शरीरलाई नेपाल पठाउनको लागि दुबईमा रहेको नेपालि एम्बेसीले पहल सुरु गरि सकेको जानाकारी आएको छ 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
http://go.oclaserver.com/afu.php?zoneid=1465736