arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
अर्थ,वाणिज्य,कृषि समाचार

अध्ययन विनै अटो लोन मा कडाईtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १६, सोमवार)

world news

देशको राजस्वमा ४० प्रतिशत योगदान पुर्याउँदै आएको कम जोखिमयुक्त अटोमोबाईल क्षेत्रको कर्जामा नेपाल राष्ट्र बैङ्कले कडाई गरेपछि व्यवसायीले चिन्ता ब्यक्त गरेका छन् । कुनै डिफल्ट नै नरहेको अटोमोबाईल क्षेत्रमा गरिएको कडाईप्रति विरोध जनाउँदै अटोमोबाईल व्यवसायीहरुले छिटै राष्ट्र बैङ्कसँग छलफल गर्ने बताएका छन् ।

 सुक्ष्म अध्ययन बिनानै राष्ट्र बैङ्कले अटो व्यवसायलाई डुबाउने गरि ल्याएको नीति प्रति तथ्य सहित जानकारी गराउन जान लागेको नाडा अटोमोबाइल्स एशोसिएशनका पूर्व अध्यक्ष शेखर गोल्छाले बताएका छन् । राष्ट्र बैङ्कको निर्णयले खरबौँको लगानी जोखिममा पर्ने र त्यसको असर पुन बैङ्क तथा वित्तीय संस्थामा नै पर्ने भएकाले लाखौँको सङ्ख्यामा रहेको रोजगारी गुम्न गई बेरोजगारीको स्थिति बढ्ने र राजस्वमा आम्दानी ठूलो योगदान घट्न जाने तर्फ सोच्न नाडाले राष्ट्र बैङ्कलाई सचेत गराएको छ । 

राष्ट्र बैङ्कले निजी गाडी खरीदमा प्रदान गरिने ऋणलाई कडाई गर्दै ५० प्रतिशतभन्दा बढि ऋण दिन नपाईने निर्देशन जारी गरेपछि व्यवसायीहरुले उक्त निर्णयको बिरोध गरेका छन् । यस्तो निर्देशन प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै नाडाले राष्ट्र बैङ्कले चालेको कदम विना अनुसन्धान हचुवामा  भएको बताएको छ । खरबौँको लगानी, बीसौँ लाखको रोजगारी, खरबौँ राजश्वको श्रोत, बैङ्किङ्ग तथा बीमा व्यवसायको महत्वपूर्ण लगानी हुने साधनलाई उपेक्षा गरेर राष्ट्र निर्माण हुन सक्दैन, नाडाले राष्ट्र बैङ्कको कदम प्रति विरोध जनाउँदै भनेको छ ।

अनुत्पादक क्षेत्रमा बैङ्कहरुको ऋण प्रवाह धेरै भएको भन्दै राष्ट्र बैङ्कले मङ्गलवार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षामा निजी गाडीलाई मूल्याङ्कनको ५० प्रतिशत मात्रै ऋण प्रवाह गर्ने व्यवस्था गरेको थियो ।  तर, राष्ट्र बैङ्कले अनुत्पादक देखेको निजी गाडीमा गरिएको ऋण प्रवाहनै सबैभन्दा बढि उत्पादकत्व बढाउने क्षेत्र भएको अटो क्षेत्रमा क्रियाशिल व्यवसायीहरुले बताएका छन् । 

देशको समग्र सार्वजनिक सवारीको स्थितिलाई हेर्दा कामकाजी मानिसहरुले आफ्नो ब्यक्तिगत वा कार्यालयको काममा छिटो छरितो ढङ्गले काम गर्न र त्यसबाट निस्कने प्रतिफल बढाउनमा भूमिका खेलेको निजी सवारीमाथिको ऋणमा गरिएको कडाईले उल्टो असर पर्ने नाडाका पूर्व अध्यक्ष शेखर गोल्छाले बताएका छन् । 

बैङ्किङ क्षेत्रकै लागि पनि कम जोखिम रहेको अटो क्षेत्रको ऋणमा कडाई गरेर राष्ट्र बैङ्कले देशको सम्पूर्ण क्षेत्रको गुणात्मक उत्पादन बढाउनमा सहयोग गरिरहेको अटोमोबाइल क्षेत्रमा नकारात्मक भूमिका खेलेको छ,  गोल्छाले भने, बैङ्कहरुले गर्ने कुल ऋण प्रवाहको ६ देखि ६ दशमलव ५ प्रतिशत मात्र लगानी रहेको अटो क्षेत्रमा कडाई गरेर बैङ्क तथा वित्तीय संस्था, व्यवसायी, सर्वसाधारण देखि प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्ने कसैलाई पनि फाइदा गरेको छैन् ।

राष्ट्र बैङ्कले निजी गाडी खरीदमा मूल्याङ्कनको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएको बताएको छ । सम्बद्ध क्षेत्रका व्यवसायीले भने केहि प्रमुख क्लाइन्टलाइ वाहेक सावरी कर्जामा ६० देखि ८० प्रतिशतसम्म मात्र कर्जा दिइदै आएको बताएका छन् । बैङ्कहरुले दिने विभिन्न कर्जा मध्ये अटो कर्जा रिस्क फ्री रहेको गोल्छाको दावी छ । 

राष्ट्र बैङ्कले यस्तो कर्जा निजी सवारी साधनमा मात्र कडाई गरिए पनि सार्वजनिक, निर्माण तथा सेवाका लागि खरीद गर्ने सवारी साधनमा भने यस्तो प्रावधान लागू नहुने बताएको छ । व्यवसायीहरुले भने निजी सवारी साधनमा दिईएको कर्जाले बैङ्क तथा वित्तीय संस्था र आम सर्वसाधारणलाई पनि सहज भइरहेको बेला राष्ट्रकै आम्दानीमा असर पुग्ने बताएका छन् ।

 ऋणमा सहुलियत दिंदा हरेक क्षेत्रका कामकाजी मानिसले आफ्नै निजी सवारी साधन मार्फत सामान्य अवस्थाको भन्दा दोब्बर प्रतिफल दिइरहेको नाडाको दावी छ । सवारी कर्जामा कडाई गर्दा अटो क्षेत्रमा ७० देखि ८० प्रतिशतले व्यवसायमा कमि आउने व्यवसायीको भनाई छ । 

सहुलियतपूर्ण कर्जाको सुविधा पाउँदा चालु आर्थिक वर्षको पहिलो छ महीनामा गाडीको आयात पनि बढेको थियो । देशको अव्यवस्थित सार्वजनिक सवारी साधनको अवस्थाका कारण समयमै आफ्नो काम सम्पन्न गर्न पेशा व्यवसाय अपनाएका प्रायजसोले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन खरीद गर्दै आएका थिए । 

गाडी कर्जामा गरिएको कडाई पछि आम सर्वसाधारणले सहजै आफ्नै सवारी साधनमा काममा जाने अवस्था लगभग सकिने अवस्था आउनेछ । यसले गर्दा उतपादनशिल क्षेत्रमा पुगिरहेको योगदानमा पनि कमि आउने तर्फ राष्ट्र बैङ्कले आँखा चिम्लिएको नाडाले बताएको छ ।   

राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको ६ महीनामा बैङ्कहरुले सवारी साधनको कर्जा तर्फ डेढ खर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । जसबाट बित्तीय संस्था, व्यवसायी र सर्वसाधारणले समेत लाभ उठाउँदै आएका थिए । राष्ट्र बैङ्कले भने पछिल्लो समय वित्तीय क्षेत्रमा देखा परेको कर्जा संकटको स्थिति उत्पन्न हुनुमा अनुत्पादक ठहराउँदै सवारी साधन कर्जामा कडाई गरेको देखिन्छ । तर, वास्तविकतामा बैङ्क तथा वित्तीय संस्थाका लागि अटो लोन सुरक्षित लोनका रुपमा देखिदै आएको क्षेत्र हो ।  

यो क्षेत्र उत्पादनशील कि अनुत्पादक भनेर जाँच्ने हो भने सवारीसाधन, स्पेयर पार्टस, सर्भिस सेण्टर, टायरट्युब, ब्याट्री, लुब्रिकेण्ट्सलगायतका व्यवसायले प्रत्यक्ष परोक्षरूपमा उत्पादकत्व नै बढाइरहेको पाइन्छ । जसको सुक्ष्म अध्ययन नै नगरी अत्यधिक व्यापार भएको र ऋण लगानी भएको भन्दै एक्कासी कर्जामा कडाई गर्नु अनुचित भएको नाडाले बताएको छ । कर्जाको हिसाबले हेर्ने हो भने पनि सरकारी ऋणपत्रहरू पछि सबैभन्दा सुरक्षित कर्जाको क्षेत्र पनि अटो लोन हो । यसतर्फ पनि राष्ट्र बैङ्कले ध्यान दिएर अटो लोनमा गरेको कडाई प्रति पुनःविचार गर्नुपर्ने देखिन्छ । 

  --तुफान घिमिरे

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
आर्थिक वर्षका लागि झन्डै १३ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत् (यस्तो छ बजेटको पूर्णपाठ)
रुपन्देहीमा पहिलो पटक मेसिनबाट च्याउको बल बनाउने मेसिन
सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट
सेयर बजारमा सामान्य गिरावट
शेयर बजारमा सामान्य अंकले ऋणात्मक
उतार-चढाव रहँदै आएको सेयर बजार स्थीर
सेयर बजारमा छलाङ जारी
नेपाल टेलिकमले फोन कल गर्न ऋण रकम उपलब्ध गराउने
नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता तेल आयातको लागत घट्यो
पछिल्ला महिनामा पूँजीगत खर्चमा सुधार
मागेजति तेल पाउने गरी भोलि भारतसँग इन्धन आपूर्ति सम्झौता
बसभित्रै शौचालय र चमेनागृहको व्यवस्था, डडेल्धुरा काठमाडौं एसी बस सन्चालनमा
सेयर बजारमा उच्च सुधार जारी
आइडिया र भोडाफोन मर्जर हुंदा भारतकै ठूलो टेलिकम कम्पनी बन्यो
देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने, १५ वटामा सरकार र साझाको स्वामित्व
सेयर बजार परिसूचक सामान्य अंकले सकारात्मक, कारोबार परिमाणमा गिरावट
नेपाली हवाई क्षेत्रलाई यूरोपियन यूनियनको कालो सूचिबाट हटाउन औपचारिक पहल
सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट
लगानीका लागि नेपाल उपयुक्त : भारतीय अर्थमन्त्री
कर्जा रोकिँदा जग्गाको कारोबार प्रभावित, मातपोत कार्यालयमा सुनसान