arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता तेल आयातको लागत घट्योtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र १४, सोमवार)

world news

नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता भएको छ । दिल्लीमा भएको यो सम्झौताअनुसार भारतले आफ्नो नाफाको मार्जिन घटाएकाले अब  तेल आपूर्ति लागत अहिलेकोभन्दा सस्तो पर्नेछ ।

यसका लागि आपूर्तिमन्त्री दीपक बोहोरा, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित आयल निगमका उच्च अधिकारीहरुको टोली हिजै भारत गएका थिए ।

अब नेपालले तेस्रो मुलुकबाट तेल ल्याएको खण्डमा भारतले अब्जेक्सन नगर्ने र प्रशोधनसमेत गरिदिने गरी यो सम्झौता भएको छ । आपूर्तिमन्त्री बोहोरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा आयल काठमाडौंमा भारतीय आयल कर्पोरेशन र नेपाल आयल निगम ९आईओसी० बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार अब नेपालले कच्चा तेल आपूर्ति गरेमा भारत भाडामा आफ्नो तेल रिफाइनरी प्रयोग गर्न दिनेछ । सम्झौतामा नेपालले आफैंले पेट्रोलियम रिफाइनरी गर्न चाहेमा भारतले आफ्नो पूर्वाधार प्रयोग गर्न दिने विषय उल्लेख छ ।

त्यसैगरी आयल निगमले नेपालभित्रै त्यस्तो रिफाइनरी सञ्चालन गरेमा तेस्रो मुलकुबाट कच्चा तेल ल्याउन आईओसीले अब्जेक्सन नगर्ने गरी सम्झौता भएको छ । नेपालमा रिफाइनरी खोल्न आइओसीसँगको सम्झौता बाधक हुने छैन । पाँच वर्षसम्म नेपालले मागे जति तेल दिने गरी आइओसीसँग सम्झौता भएको हो ।

त्यसैगरी सम्झौतामा नेपाललाई बेच्ने पेट्रोलियम पदार्थमा नाफाको मात्रा घटाउने विषय पनि उल्लेख छ । यसले नेपालको वाषिर्क एक अर्ब जोगिने अनुमान छ ।

आइओसीले नेपाललार्इ बेच्ने तेलमा लगाउँदै आएको मार्केटिङ मार्जिन अर्थात नाफामा अप्रिल १ देखि ०।५ प्रतिशत घटाउन गरी सम्झौता भएको छ । हाल यो नाफा २।५ प्रतिशत छ र सम्झौता लागू भएपछि २ प्रतिशतमा झर्नेछ ।

अब भारतबाट आउने तेल थप सस्तो हुनेछ । यसको प्रत्यक्ष फाइदा नेपाली उपभोक्तालाई हुने विश्वास गरिएको छ । तर, आयल निगमले उपभोक्तालार्इ राहत दिनेबारे निर्णाय गरिसकेको छैन ।

अब आइओसीले इन्धनको रकम भुक्तानीमा अब केही दिन ढिला भए पनि ब्याज लिने छैन । अहिले निगमले महिनामा ८ र २३ तारेखमा आइओसीलाई तेल र ग्यासको रकम भुक्तानी गर्छ ।

एक दिनमात्रै ढिलाइ भएपनि भारतले १० प्रतिशत ब्याज लगाउने गरेको छ । सम्झौतासँगै अप्रिलबाट त्यस्तो समयसीमाको ३ दिनसम्म आयल निगमले रकम भुक्तानी गर्दा आइओसीले ब्याज लिने छैन ।

यसैगरी नेपाली ट्याकंर लोड हुने भारतका सबै सबै डिपोमा स्वतन्त्र सर्भेयर राख्ने विष्य समेत सम्झौतामा समेटिएको छ । आईओसीले ट्यांकरमा पूरा परिमाणका तेल नभरिदिने गरेको गुनासो सम्बोधन गर्न स्वतन्त्र निगरानीकर्ता राख्न लागिएको हो ।

त्यसैगरी आइओसीले यो सम्झौतामार्फत नेपाललाई ग्यास आपूर्तिका लागि वीरगञ्ज नजिकै सुविधा सम्पन्न र ठूलो क्षमताको डिपो उपलब्ध गराउने ग्यारेन्टी गरेको छ । आइओसीले अबको डेढ वर्षपछि नेपाल आउने ग्यासको भण्डारण र लोडिङ मुजफ्फरपुर क्षेत्रमा गर्ने भएको हो ।

अहिले भारतबाट ग्यास ओसार्ने बुलेटहरु लोडिङका लागि १ हजार ५ सय किलोमिटर टाढासम्म जानुपर्ने अवस्था छ । मुजफ्फरपुरको डिपो सञ्चालनमा आएपछि नेपालले नेपालको सीमाबाट १२० किलोमिटरकै दूरीमा ग्यासको लोडिङ पाउनेछ । सबैभन्दा सजिलो नाका वीरगञ्ज नजिकै नेपालले ग्यासको लोडिङ गर्न पाउनेछ ।

अहिले मासिक २० करोड रुपैयाँ ग्यास ढुवानीमा खर्च भइरहेको छ । मुजफ्फरपुरबाट ग्यासको लोडिङ सुरु भएपछि यो लागत घटेर मासिक २ करोडमा आइपुग्नेछ ।अनलाइनले खबर छापेको छ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
सेयर बजार ऋणात्मक
१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने रुपन्देही उद्योग संघको निर्णय
भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी
काठमाडौंमा प्लास्टिकको चामल बिक्री
जहाँ हरेक कपडाको मूल्य पाँच सय रुपैयाँ मात्र
बुटवलमा पाँच दिने नेतृत्व विकास तालिम समापन
धान दिवस ! किसानलाई भ्याइनभ्याई
ओम र मनास्लु विकास बैकको संयुक्त कारोवार
प्रभु बैंकद्वारा गलकोटको एक विद्यालयलाई २ थान कम्प्युटर सहयोग
आर्थिक वर्षका लागि झन्डै १३ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत् (यस्तो छ बजेटको पूर्णपाठ)
रुपन्देहीमा पहिलो पटक मेसिनबाट च्याउको बल बनाउने मेसिन
सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट
सेयर बजारमा सामान्य गिरावट
शेयर बजारमा सामान्य अंकले ऋणात्मक
उतार-चढाव रहँदै आएको सेयर बजार स्थीर
सेयर बजारमा छलाङ जारी
नेपाल टेलिकमले फोन कल गर्न ऋण रकम उपलब्ध गराउने
पछिल्ला महिनामा पूँजीगत खर्चमा सुधार
मागेजति तेल पाउने गरी भोलि भारतसँग इन्धन आपूर्ति सम्झौता
बसभित्रै शौचालय र चमेनागृहको व्यवस्था, डडेल्धुरा काठमाडौं एसी बस सन्चालनमा