arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ताtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ८, शुक्रवार)


सुनसरी जिल्लास्थित सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको छ ।

संखुवासभाको भोटखोला गाउँपालिका स्याक्सीलास्थित अरुण नदीमा पहिरो झरेर नदी थुनिएर २ दशमलव ५ किलोमिटरको ताल बनेका कारण सुनसरी सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

ताल एकैपटक फुटेमा सप्तकोसी नदीमा साविकभन्दा पानीको सतह बढ्ने भएकाले सो क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको हो ।

सुनसरीका प्रममुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा शुक्रबार जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठकले ताल फुटेर कोसीमा एकाएक कुनैपनिबेला पानीको सतह बढ्नसक्ने पूर्वानुमान गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरेको हो ।

सप्तकोसी नदी क्षेत्रका बराहक्षेत्र, प्रकासपुर, महेन्द्रनगर, श्रीपुर, पश्चिमकुशाहा, लौकही, श्रीपुरलगायतका स्थानमा उच्च सतर्कता अपनाउनका लागि सर्वसाधारणमा आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

नदीमा झन्डै २ दशमलव ५ किलोमिटरको ताल बनेकाले सो फुटेर सप्तकोसी नदीमासमेत ठूलो बाढी आउनसक्ने आशंका गर्दै कोसी आसपासका बासिन्दालाई उच्च सतर्क अवस्थामा रहन सुनसरी प्रशासनले आग्रह गरेको हो ।

समितिको बैठकले कोसीमा डुँगा सन्चालन गर्न रोक लगाउने, गाईवस्तु चराउन नजान अपिल गर्ने, माछा मार्न निषेध गर्ने, आसपासका क्षेत्रमा रहेका बस्तीलाई उच्च सतर्कताका साथ बस्न र सुरक्षा विकल्पका लागि वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
म्याग्दीका सबै सडक पहिरोले अवरुद्, यातायात पुरै ठप्प
निर्धारित समयभित्रै निर्वाचन क्षेत्र निर्धारण गर्न प्रमुख निर्वाचन आयुक्तको सुझाव
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड अझै संचालनमा आउन सकेन
प्रधानमन्त्री देउवाद्वारा निर्माणधीन नारायणगढ-मुग्लिन सडकखन्डको निरीक्षण
संसद बैठकमा अलग-अलग तीन विधेयकलाई पारित
शिलन्यास भएको १६ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य सुरु
स्याङ्जामा ५ जनामा स्वाइन रहेको पुष्टि
लेखा समितिद्वारा सोलार प्लान्ट स्थापना गर्न अघि बढाइएका सबै प्रक्रिया खारेज गरी नयाँ प्रक्रियामा जान निर्देशन
मोरङमा सुझाव संकलन, कम्तीमा ७ निर्वाचन क्षेत्र बनाउन सुझाव
भरतपुर महानगरपालिका १९ मा यही साउन २० गते पुनः निर्वाचन हुने
झापाको बिर्तामोडमा फरार अभियुक्त १६ वर्षपछि पक्राउ
भरतपुर -१९ मा यथाशीघ्र पुनः निर्वाचन गराउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन
प्रितिको भोक सम्मान बुटवलका रक्तदाता कृष्णलाई, सम्मानबाट पाएको नगद रक्तदाता समाजलाई
कालीकोटको सानीत्रिवेणीमा घर पुरिँदा तीनजना बालबालिका बेपत्ता
कांग्रेस र माओवादी केन्द्रले जिल्ला समन्वय समितिको निर्वाचनमा चुनावी तालमेल गर्ने
राजधानीका सडकको अवस्था विकराल, सरोकारवालाहरुले पहल सुरु गरे
भरतपुर महानगरको १९ वडामा पुनः मतदान गराउन सर्वोच्चको आदेश
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी विधेयक छलफलका लागि समितिमा
अब देखि घरमै बसेर विद्युत महसुल तिर्न सकिने, अनलाइन र मोबाइलमै सुविधा
सत्तारुढ दलहरु विचाराधीन संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारीमा