arghakhanchi
मिति: २०७० ज्येष्ठ ९, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
स्थानिय समाचार

दाइजो नल्याएको भन्दै यातना दिएपछि एक युवतीले आत्महत्या गरेकी छन् text size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ठ ५, विहीवार)

काठमाडौं, जेष्ठ ४ - माइतीबाट दाइजो नल्याएको भन्दै श्रीमान् लगायतले यातना दिएपछि राजधानीमा एक युवतीले आत्महत्या गरेकी छन् । काठमाडौं विजेश्वरीकी रुवि तण्डुकारले यातना सहन नसकेपछि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी कृष्णबहादुर कल्ली मगरका अनुसार रुविले यातनाकै कारण आत्महत्या गरेकी हुन् । 'पोस्टमार्टम रिपोर्टमा समेत शरीरभरि नीलडाम र चोट भेटिएको छ,' उनले भने, 'तर मृत्युको कारण भने झुन्डिएर हो ।' रिर्पोटमा ढाडको करङ भाँचिएको, नीलडाम भएको देखिएको छ । प्रहरीले मृतकका श्रीमान् प्रशान्त तण्डुकारलाई किटानी जाहेरीका आधारमा पक्राउ गरेको छ ।

रुविले तण्डुुकारसँग २०६३ मा प्रेमविवाह गरेकी थिइन् । शनिबार दिउँसो दुई बजे कोठाको फ्यानमा सलको पासो लागेको अवस्थामा रुवि फेला परेको प्रशान्तले बताएका छन् । उनले अघिल्लो दिन सामान्य विवादमा आफूले कुटपिट गरेको समेत स्वीकार गरेको बालाजु वृत्तले जनाएको छ । मृतकका श्रीमान् प्रशान्त अस्पतालसमेत गएका थिएनन् । 'ससुराली पक्षले कुटपिट गर्ने डरले नगएको हँु,' उनले प्रहरीलाई भनेका छन्, 'रुवि झुन्डिएको अवस्थामा भेटिएपछि ससुराली पक्षलाई जानकारी गराउन डर लाग्यो ।'

प्रशान्तका अनुसार उनीहरूले सलको पासो काटेर नर्भिक अस्पताल लगेका थिए । अस्पतालले आइतबार बिहान मृत घोषणा गरिदिएको थियो । झुन्डिएको देखिएपछि प्रहरी र माइती पक्षलाई खबरै नगरी अस्पताल लगेका थिए । 'मुखले बोलाएर कराउँदा सुनिने माइतीलाई खबर गरिएन,' रुविका बाबु मालाकारले भने, 'राति साढे ८ बजे गाउँका मान्छेले भनेपछि मात्र थाहा पायौं ।'

माइती र घर ५० मिटरमात्र वरपर छ । तण्डुकारसँग विवाह गरेपछि रुष्ट भएका माइतीले रुविलाई ७ महिनापछि मात्र बोलाएका थिए । बोलाएर टीकाटालो गरी एक सरो कपडादेखि सुन लगाएर पठाएको बाबु राजेन्द्र मालाकारले बताए । 'भागेर विवाह गरेकी थिई, अरू दाइजो दिने कुरा भएन, सुन र कपडा दिएका थियौं,' उनले भने, 'त्यही सम्पत्ति नपुगेका कारण पटक-पटक यातना दिएको रहेछ ।'

विवाह गरेको दुई वर्षपछि २०६५ मा समेत आफ्नी छोरीलाई यातना दिएको उनले बताए । दाइजोको निहुुँमा मरणासन्न हुुने गरी पिटेको उनले बताए । 'त्यो बेला छोरी भाग्न सफल भएर हामीलाई फोन गरेकी थिई, हामी घरमा पुग्दा छोरीको कपडा च्यातेर हेरिनसक्नु थियो,' उनले भने, 'त्यो बेला माइती नेपाल र काठमाडौं प्रहरीमा छोरीको जिउज्यान सुुरक्षाको माग गर्दै उजुरी दिएका थियौं ।' माइती नेपाल अध्यक्ष अनुराधा कोइरालाले दुवै जनालाई बोलाएर छलफल गराएकी थिइन् ।

प्रेमविवाह गरेर गएकाले छोरीले दाइजोका लागि खासै केही नभनेको मालाकारले बताए । 'प्रशान्तले कोठाका सबै सामान खाट, दराज लगेकाले भुइँमा सुुतेकी छु भनेकाले हामीले ५० हजार रुपैयाँ दिएका थियौं,' उनले भने, 'अरू पनि उसले के/के माग गरेको हुन्थ्यो, छोरीले प्रेमविवाह गरेर गएकाले भन्न नसकेकी रहिछ ।' उनले छोरीको मृत्युमा ज्वाइँको हात भएकाले कानुनी कारबाहीको माग गरेका छन् ।

अपराधशास्त्री माधव आचार्यले मृत्यु जसरी भएको भए पनि अपराधीलाई कारबाहीका लागि कारण नै मुख्य आधार हुने बताए । 'शरीरमा नीलडाम, पहिले भएका झगडा र यातनाले मर्न बाध्य बनाइनु अपराध हो,' उनले भने, 'दाइजोकै कारण राजधानीमा यो प्रकारको अपराध हुनु दुर्भाग्यपूर्ण हो ।' घरेलु हिसंाका कारण कोही महिलाले ज्यान गुमाउनु स्वाभाविक मृत्यु नभई ठूलो सामाजिक समस्या भएको उनले बताए । राजधानीमा दाइजोकै कारण हत्या गरिएको घटना यो पहिलो भने होइन यसअघि पनि यस्ता किसिमका घटनाहरू घटेका छन् । गत फागुनदेखि अहिलेसम्म राजधानीमा ५ महिलाले ज्यान गुमाएका छन् ।

  • tek bahadur nepali २०६९ ज्येष्ठ १८, बुधवार

    sala kuttalae kudae kudae marnu parcha daejako laji behe gareko ya gar basaunako lagi   
 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
महोत्तरीमा पैसा दोब्बर गरिदिन्छु भन्दै हजारौँ ठगी गर्ने एकजनालाई पक्राउ
बुटवलमा रोजगारमुलक तालिम
संखुवासभाको जलजलामा तीन जनाको हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद
देशभर एकैसाथ कक्षा ११ को परीक्षा सुरु
आधा बिहे गरेपछि बेहुली अस्वीकार , बेहुलीका परिवारले गुहारे प्रहरी
पृथ्वी राजमार्गका होटल तथा रेष्टुरेण्डलाई निगरानी
नवलपरासी बर्दघाटको चिसापानीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
श्रमिकको अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड
सकियो फिचर लेखन तालिम
नवलपरासीमा महिला हत्याको विषयलाई लिएर तनाव सिर्जना, चार राउण्ड हवाइ फायर / १५ सेल अश्रु ग्याँस प्रहार
दोलखामा थामी भाषा र संस्कृतिमा पीएचडी गर्ने भन्दै लाखौ रुपैयाँ ठगेर फरार
रौतहटका विभिन्न सरकारी विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सुरु
सिसिटिभी अध्यक्ष लुम्बिनीमा
बुटवलको कालिकानगरमा भएको दुर्घटनामा परि १ जना घाइते
भूकम्प बाट भएको क्षती प्रति नेपाल चिन मैत्री समाज लुम्बिनी द्वारा दु:ख ब्यत्त
प्रहरी ज्यादतीको विरोधमा हिलेपानी-दिक्तेल सडकखण्ड ठप्प
कपिलबस्तुमा बस दुर्घटना तीनको मृत्यु २० घाईते
टीकाटालो गरेर केटा भागेपछि राजमार्ग अवरुद्ध
नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका दुई पाकिस्तानी नागरिकलाई सार्वजनिक
पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा यात्रु बस लुटियो