arghakhanchi
मिति:
*BREAKING NEWS ताजा समाचार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

दक्षिण कोरिया सीमा क्षेत्रमा दशौं हजार सेनाको अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त अभ्यास सुरु, उत्तर कोरिया क्रुद्धtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर १८, सोमवार)


दक्षिण कोरियाको राजधानी सियोलमा सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको समाचार छ ।

यस सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रुपमा लिइएको समाचारमा जनाइएको छ ।

सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा शान्तिका साथै उक्त क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइएको छ ।

यस हवाई सैन्य अभ्यासको उत्तर कोरियाले भने कडा शब्दमा विरोध गरेको छ । उसले यसलाई आफ्ना विरुद्धको उत्तेजना बाहेक अरु केही नभएको बताएको छ ।

यस अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरी करिव २३० ओटा युद्धक विमानहरुको प्रयोग गरिएको छ । यसलाई स्थलमार्गबाट पनि निगरानी गरिएको छ र जहाँ हजारौं स्थल सेना पनि रहेका छन् ।

यहाँ दशौं हजारको संख्यामा दक्षिण कोरियाली सेना पनि सो अभ्यासमा सहभागी भइरहेका बताइएको छ ।

उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच व्यापक मात्रामा विवाद जारी रहेको बेला सोमबार सो सैनिक अभ्यास सुरु भएको हो ।

केही दिनमात्र अघि उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र हानेको थियो । उक्त क्षेप्यास्त्रका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले यो अभ्यास सुुरु गरेका बताइएको छ ।

यसमा शक्तिशाली युद्धक विमानहरुको पनि प्रयोग भएको छ । ती विमानहरु दक्षिण कोरियाको आकासमा र उत्तर कोरियाको सीमा क्षेत्रमा पनि उडाइएको जनाइएको छ ।

उत्तर कोरियाले गत महिनामात्र पनि समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर क्षेप्यास्त्र छोडेको थियो । यसका साथै त्यो भन्दा अघि उत्तरले हानेको यस्तो क्षेप्यास्त्र जापानको समुद्रमा परेको थियो ।

गएको करिव वर्षदिनसम्म नै उत्तरका क्रियाकलापहरु निकै बढ्दो रुपमा देखिएकोले फेरि पनि अर्काे परीक्षणको तयारी भएको पाइएको समाचारमा जनाइएको छ ।

दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ । उत्तर कोरियाको यो परीक्षणका विरुद्धमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले प्रतिरक्षात्मक प्रणाली जडान गरिएको केही महिनामात्र अघि उनीहरुले जनाएका थिए ।

उत्तर कोरियाले त्यस कार्यको निकै कडा शब्दमा विरोध गरेको छ । उत्तरले त्यस्तो प्रणाली दक्षिण कोरिया र अमेरिका मिलेर जडान गरेकोले आपूmले त्यस प्रणालीलाई भौतिक कारबाही गर्ने जनाएको छ ।

उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ ।

उत्तरले भने यस संयुक्त सैन्य अभ्यासले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै अभ्यास रोक्न भनेको छ । उत्तरले यसलाई सार्वभौमसत्तामाथिको हमलाको रुपमा लिएको जनाएको छ ।

साथै, यस सैन्य अभ्यास बन्द नगरे आफूहरु पनि त्यसको जवाफका लागि बाध्य हुनुपर्ने चेतावनी उसले दिएको छ ।

सैन्य अभ्यासका क्रममा दक्षिण कोरिया र अमेरिकाको सेनाले उत्तर कोरियाको जल, स्थल वा आकासमा छुनेमात्र प्रयास गर्‍यो भने पनि आफूले नसहने र त्यसको प्रतिकारात्मक कारबाही गर्ने उसले जनाएको छ ।

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दा पनि उत्तर कोरियाले आणविक परीक्षण रोेकेको छैन । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
हेलिकप्टर दुर्घटनामा परी राष्ट्रपतिकी बहिनीसहित ६ जनाको ज्यान गयो
जाम्बिायाको लुसाकामा हैजाका कारण कम्तीमा पनि २० जनाको मृत्यु
भारतीय कांग्रेस पार्टीका नवनिर्वाचित अध्यक्ष राहुल गान्धीद्दारा सत्तारुढ भाजपा हिंसा फैलाउने कोशिसमा रहेको आरोप
इरानमा शक्तिशाली भूकम्प, ७३ जना घाइते
LIVE UPDATE- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विषेश २०७४
साउदी अरबद्दारा हुथी विद्रोहीबाट मुक्त रहन यमनलाई आग्रह
श्रीलंका र दक्षिणी भारतमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २६
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा सेनाको कारबाहीमा १७ जना तालिबान मारिए
यूरोपको अर्थतन्त्रमा व्यापक सुधार, रोजगारीका अवसर अत्यधिक तीव्र दरमा सिर्जना
जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, सरकारी टेलिभिजन र रेडियो सेनाको नियन्त्रणमा
बंगलादेशको एक गाउँमा धार्मिक दंगा भड्किदा एकजना मारिए
साउदी नेतृत्वको सेनाद्वारा यमनी रक्षा मन्त्रालयमा आक्रमण
नयाँदिल्लीको प्रदूषित तुवाँलो हटेन, जनजीवन प्रभावित, सबै प्राथमिक विद्यालयहरु बन्द
पाकिस्तानको एट्टोक जिल्लामा बस दुर्घटना, कम्तीमा २२ जनाको मृत्यु
नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा बढेर दिउँसै विषालु हावाले अंधकार भएर जनजिवन अस्तव्यस्त
बेल्जियम प्रहरीसमक्ष आत्मसमर्पण गरेका पूर्व क्याटलन नेताहरु सशर्त रिहा
क्याटालनले स्वतन्त्र भएको घोषणा गरेपछि स्पेनद्दारा प्रत्यक्ष शासन लागु
भ्रष्टाचारको आरोपमा पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरीफविरुद्ध पक्राउ आदेश जारी
जापानमा आज संसदीय निर्वाचन
जर्मनी, फ्रान्सलगायतका मुलुक अखन्ड स्पेनका पक्षमा
http://go.oclaserver.com/afu.php?zoneid=1465736