arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

आज महान चाड विजया दशमी, मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन १४, शनिवार)

world news

आज दसैँको मुख्य दिन अर्थात विजया दशमी । हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका तथा जमरा थापी मनाइँदैछ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

बडादसैंको टीकामा साइत आज  शनिबार बिहान ११ बजेर ५५ मिनेट उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले दुर्गाभवानीको प्रसाद लगाउनका लागि साइतको जरुरी नपर्ने तर साइत नै खोज्नेहरुका लागि भने ११ बजेर ५५ मिनेटको समय उत्तम रहेको जनाएको हो । 

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । दसैँ घर तथा पूजा कोठामा घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।

आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बुवाआमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
आज महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदै
दसैंको आठौं दिन आज महाअष्टमी पर्व, दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै
दशैंको सातौं दिन सप्तमीमा मनाइने फूलपाती घरघरमा भित्रयाइयो
महान चाड विजया दशमी २०७4 को शुभकामना:- अर्घाखाँचीडट्कम
बडा दशैंको नवरात्रअन्तर्गत आज तेस्रो दिन
आज घटस्थापना, हिन्दूहरूको महान चाड बडादसैं शुरु
यस वर्ष असोज १४ गते बडादशैंको उत्तम साइत ११ बजेर ५५ मिनेटपछि
आज ऋषि पञ्चमी पर्व, हरितालिका तीज आज समापन हुँदै
नागपञ्चमी र रक्षा बन्धन एकसाथ मनाइयो
आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती
आज गुरुपूर्णिमा पर्व
आज हरिशयनी एकादशी पर्व ब्रत, पूजा-पाठ गरी मनाईंदै
सोमबार ईदको अवसरमा सार्वजनिक बिदा
आज मातातीर्थ औंसी आमाको मुख हेर्ने दिन धुमधाम मनाईंदै
नयाँ वर्ष २०७४ को मुलुकभर भव्य स्वागत
हिन्दु जागरण नेपालले गर्यो पाल्पाको बराङ्ग्दी धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा
मौलिक संस्कृति जगेर्ना गर्न आव्हान: सत्यमोहन जोशी
ज्योतिष बिज्ञानको चमत्कार: कुन अक्षर भएका ब्यक्तिको कस्तो चरित्र ?
स्वस्थानी ब्रत आरम्भ
नयाँ वर्ष २०१७ को स्वागत