arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

मुस्ताङको जोमसोम बजारमा हिउँ परेपछि जनजीवन कष्टकरtext size increase   text size decrease   Print    rss (२०७४ पौष १८, मंगलवार)


मुस्ताङको सदरमुकाम जोमसोम बजारमा मंगलबार बिहानदेखि हिउँ परेको छ । जोमसोम वरपरका टुकुचे, कोवाङ, लेते, मार्फा, ठिनी, कागवेनीलगायत क्षेत्रमा हिमपात भइरहेको छ ।

जोमसोममा भन्दा अन्य गाउँबस्ती र उच्च पहाडमा अत्यधिक परेको जोमसोम विमानस्थल ताप मापन केन्द्रले जनाएको छ । ५ दिनदेखि जोमसोमको न्युनतम तापक्रम माइनस ७ डिग्री सेन्टिग्रेडमा झरेको छ ।

हिउँ परेपछि घर बाहिरको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि घर बाहिर कोही पनि निस्कन सकेका छैनन् । पसलहरु बन्द छन् । होटलमा ढोका बन्द गरेर भित्रै आगो तापेर स्थानीय र पर्यटक बसेका छन् । आन्तरिक पर्यटक आएका छैनन् । चिनियाँ तथा तेस्रो मुलुकका पर्यटकहरु मात्र होटलमा बसेका छन् । अत्यधिक चिसो बढेपछि अधिकांश स्थानीय पोखरालगायत ठाउँमा झरिसकेका छन् ।

सरकारी कार्यालयमा कर्मचारी निकै कम छन् । कार्यालय कुर्न बसेका कर्मचारी कोठाभित्रै बस्न बाध्य छन् । सेवाग्राही कोही पनि नआउने भएकोले अधिकांश कर्मचारी बिदा मिलाएर घर गएका छन् । हिउँ जोमसोम बजारमा भन्दा वरपरका डाँडामा धेरै परेको छ । जोमसोममा भन्दा तल लेते र कोवाङमा धेरै हिउँ परेको स्थानीयको भनाइ छ ।

उपल्लो मुस्ताङमा हिउँ नपरे पनि अत्यधिक चिसो बढेको छ । यो मौसममा मुस्ताङका घरहरुमा अधिकांश स्थानीय बसेका छैनन् । चिसो छल्न सबैजसो पोखरा, काठमाडौं, चितवन, वुटवल र भारततर्फका विभिन्न सहरमा पुगेका छन् । जोमसोम विमानस्थल ताप मापन शाखाका अनुसार, चिसो बढेकोले हवाइ यात्रुको चाप निकै कम भएको छ । नेपालीहरुको ओहोरदोहोर शुन्य जस्तै छ । तेस्रो मुलुकका पर्यटकहरु चिसोमा खेल्न आउने भएकोले अहिले दैनिक १/२ उडान मात्र भएको छ ।

जोमसोम विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीले भने, 'आज (मंगलबार) जोमसोममा केहीबेर हिउँ पऱ्यो, यही अनुपातमा चिसो बढ्यो भने केही दिनभित्रै अझै धेरै हिउँ पर्नेछ ।' चिसोले गर्दा तेस्रो मुलुकका पर्यटक मात्र घुम्न आएका उनले बताए ।

जोमसोम बजारभन्दा माथि ठिनी गाउँको उपल्लो भेगमा परेको हिउँ । कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
अदुवा निकासी ठप्प भएपछि इलामका अदुवा उत्पादक किसान मर्कामा
कालिकोटमा भाइरल ज्वरोको महामारी
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस-मधेसी गठबन्धन तालमेल प्रयास
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सात प्रदेशमा मतदाता नामावली प्रकाशित
प्रदेश नम्बर १ को राजधानी नतोकेको भन्दै धनकुटा कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा
दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द फिर्ता
बुटवल टुडेले मनायो छैठौं बार्षिक उत्सव, स्थानिय तहको छ महिना अन्तरसंवादा, उत्कृष्ठ संवादादाता र कर्मचारी पुरस्कृत
खानेपानीको सास्ती भोग्दै आएका रुकुम मुसिकोटबासीले अब मुक्ति पाउने
५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङमा अनिश्चितकालिन आम हड्ताल
नारायणगढ-मुग्लिन सडकखण्ड पुनः रातिमा ६ घण्टा बन्द हुने
११ बुँदे मागसहित आन्दोलनरत नर्सको आन्दोलन चर्कियो
दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन जारी
मापसेका कारण दुर्घटना र मृत्युदर दुवै बढ्यो
भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न पहल सुरु
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र
नारायणगढ-मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने
लुम्विनी क्षेत्रका सिमसारमा जल पंक्षी गणना सम्पन्न
भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त
http://go.oclaserver.com/afu.php?zoneid=1465736