arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्क ७ र ढिकुरामा निषेधित क्षेत्र घोषणा, यस्तो छ बाघ निषेधित क्षेत्र र समयtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २४, मंगलवार)

प्रेम खड्का

ढिकुरा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क र भूमिकास्थान नगरपालिकाको ढिकुराका केही  क्षेत्रमा नरभक्षी बाघको खोजी कार्य गरी नियन्त्रण लिन भन्दै निषेधित क्षेत्र घोषणा गरिएको छ ।  


 बाघ मार्न तथा नियन्त्रण गर्न लागि चितवनबाट आएको राष्ट्रिय निकुञ्जको विज्ञ सहित नेपाली सेना, नेपाल प्रहरी लगायतको टोलीले सन्धिखर्क, खाचिकोट, ढिकुराका सबै जंगलमा निरन्तर एम्बुस थापेर खोजी कार्य जारी राखेको बेला नरभक्षि बाघ नियन्त्रण समितीले एक सुचना निकाली दिनको ३ बजे देखि रातको १० बजे सम्म आवज-जावतमा निषेध गरेको हो । उता बाघ नियन्त्रण गर्न रातदिन २४ सै घण्टा सेना, प्रहरी प्रशासन, चितवनबाट आएको राष्ट्रिय निकुञ्जको विज्ञ, बन कर्मचारी जनप्रतिनिधि, स्थानीयबासी आम नागरिक जंगल क्षेत्रमा प्रयासरत रहेका छन् ।  रामबाण गणका गुल्मपती सेनानी अनिल के.सी, डिएस्पी एकनारायण कोईराला पनि सकृय रुपमा लागेका छन् ।  

निषेधित क्षेत्र र समय:-

समय:- हरेक दिन ३ बजे देखि रातको १० बजे सम्म-

१- सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ अन्तर्गत गच्छेखोला बजार क्षेत्र आसपासका मोटरबाटो तथा गोरेटोबाटाहरु गच्छेखोला भालुवाङ सडक खण्ड, ढिकुरा गैराकोट सम्मको सडक खण्ड । 
२- भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरा अन्तर्गत आसपासका शाखा मोटरबाटा र गोरेटाबाटाहरु (अर्घाखाँचीडट्कम) ।

यस्तै गच्छेखोला भालुवाङ सडक खण्डमा बिच बिचमा रुख काटेर बाटो बन्द गरिएको छ । 

बाघ मार्न तथा नियन्त्रण गर्न लागि चितवनबाट आएको राष्ट्रिय निकुञ्जको विज्ञ सहित नेपाली सेना, नेपाल प्रहरी लगायतको टोलीले खाचिकोट, ढिकुरा सम्मको सबै जंगलमा निरन्तर एम्बुस थापेर खोजी कार्य जारी राखेको छ । रातको समयमा एम्बुस थापेर बाघ मार्न तथा नियन्त्रण गर्ने योजना अनुरुप विभिन्न ठाउँमा एम्बुस पोइन्ट खडा गरिएको छ । 

आज मंगलवार ढिकुराको टोडेहार, खाचिकोट लगायतका जंगलमा बाघ खोज्न परिचालन भएता पनि फेला पार्न सकिएन ।   साथै  २४ सै घण्टा नेपाली सेना, नेपाल प्रहरी, स्थानियबासीको टिमले सन्धिखर्क, खाचिकोट, ढिकुराका जंगलमा बाख्रा राखी एम्बुस पोइन्ट खडा गरेर बसेका छन् । फरक-फरक स्थानमा १५, २० जनाको टोलीले बाख्रा राख्ने, बाख्रा खाने आएको बेलामा त्यही सुट गर्ने योजना बनाएको छ । 

बाघ आतंक बढ्दै गएपछि र दर्जन बालबालिकाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला बन कार्यालयकाे  पहलमा बाघ मार्न तथा नियन्त्रण गर्न चितवनबाट राष्ट्रिय निकुञ्जको विशेषज्ञको ४ जना टोली शुक्रबार सन्धिखर्क आईपुगेको थियो ।


यस्तो छ बाघ मार्ने रणनीति एवम जनशक्ती परिचालन र स्थान:- 

(१) सन्धिखर्कको कुर दुवार मुकुन्द सरको घर मुनी नजिकको क्षेत्रमा सुरक्षा टोली बस्ने ।
(२) ढिकुराको सैनडाँडा तल टिमुरे खोलामा चितवनबाट आएको विज्ञ टोली बस्ने जसको लागि समुदायसँग छलफल गरिने । 
(३) सन्धिखर्कको दुवार भन्दा माथि गणपतिको घर नजिक पानी पोखरी बासधारीमा चितवनबाट आएको विज्ञ टोली बस्ने जसको लागि समुदायसँग छलफल गरिने ।
(४) पियालेखोला ढिकुराको लागि समुदायसँग छलफल गरिने र नयाँ रणनिती बनाईने । 
(५) साविक सन्धिखर्क -८ पोखराका नेटामा सुरक्षा टोली बस्ने । 
(६) सन्धिखर्कको कुर बुढारे खरयान आसपास क्षेत्रमा खोर राख्ने । 
(७) सन्धिखर्कको भालुखोला आसपासको लागि स्कुलमा समुदायसँग छलफल गरि नयाँ रणनिती बनाईने (अर्घाखाँचीडट्कम) ।


उता चितवनबाट आएको राष्ट्रिय निकुञ्जको विज्ञ सहित नेपाली सेना, नेपाल प्रहरी लगायतको टोलीले खाचिकोट, ढिकुरा सम्मको सबै जंगलमा निरन्तर एम्बुस थापेर खोजी कार्य जारी राखेपछि स्थानियबासीमा बाघ नियन्त्रण हुनेमा कुरामा आशा पलाएको छ । यहाँका स्थानियबासीहरु खुशीयाली छन् । 


पछिल्लो पटक आश्विन १६ गते सोमबार सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ को कुर बेहोरेका अशोक नेपालीकी ८ वर्षिया  छोरी प्रशन्ना नेपालीलाई बाघले खाएपछि पुन: सेना प्रहरी सन्धिखर्कको बेहोरेको जंगल,  कुर बेल्दारा देखि खाचिकोट, ढिकुरा सम्मको सबै जंगलमा परिचालन भएका थिए । 


बाघ मार्नका लागि ३० आर्मी र ३० प्रहरी गरि ६० जनाको टोली जंगल क्षेत्रमा परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयबाट चितुवा मार्न टोली परिचालन भएका हुन् । अर्घाखाँची जिल्लाको ईतिहासमा बाघ मार्न नेपाली सेना परिचालन गरिएको पहिलो घटना हो । 


बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दा त्रसित भएका छन् । यस पटक प्रहरी प्रशासनले पुन: बढी सकृयता देखाएको छ । यस अघि पनि गत भाद्र २७, मंगलवार सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर ( साविक खाचिकोट - ६ भालुखोला बाजाबारी) का रमेश के.सी र निर्मला के.सीका ४ वर्षिय कान्छो छोरो मनिष केसीलाई बाघले खाएकोपछि २,३ दिन सेना, प्रहरी परिचालन गरियता पनि केही उपलब्धी हुन सकेको थिएन । 



पछील्लो पटक खाचिकोटको भालुखोलामा बच्चा खाएको १५ दिन नहुँदै आश्विन ११, बुधवार बुधवार भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरा ढोडेनी-खान्दुलामा आफ्नो घरभन्दा माथि मोटरबाटोमा खेली खेलिरहेको बेला बाघले राम बहादुर सुनार र कमला सुनारका ११ वर्षिय छोरा गोपाल सुनारलाई गम्भिर घाईते बनाएको थियो ।


अर्घाखाँचीमा बाघ आतङ्कले जिल्लावासी त्रसित भई रहेका छन् ।  पटक-पटक बाघको आक्रमणबाट अबोध बालबालिकाको ज्यान जाँदा समेत बाघ मार्न प्रशासन लागी नपरेको गुनासो जिल्लाबासीको छ । बाघले वर्षेनी बालबालिकाको ज्यान लिन थालेपछि यस क्षेत्रका नागरिक चिन्तित बनेका छन् । बालबालिकाहरु त्रासमा छन् । उनीहरुल स्कुल जान पनि डराइरहेका छन् । स्थानीय जगंल क्षेत्रमा घास दाउरा गर्न र गाइवाख्रा चराउन लैजान पनि डराइरहेका छन् । 


बाघ आतङ्कले जिल्लावासी त्रसित भईरहे पनि सुरक्षाको प्रत्याभुति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासन बाघ मार्नका लागि बिशेष प्रहरी, सेना भदौको अन्त्य तिर २,३ दिन परिचालन गरेको थियो ।  

जिल्लामा गएको २,३ वर्ष भित्र लगभग एक दर्जन बालबच्चाको बाघको आक्रमणबाट ज्यान गएको छ । अर्घाखाँचीको ईतिहासमा यसरी बाघले मानविय क्षती पुराएको पहिलो पटक हो । 


बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा २,३ वर्ष देखि बारम्बार  जिउधनको रक्षाको लागि आग्रह गरिरहेका छन् । उनिहरुले नरभक्षी बाघलाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेता पनि जिल्लामा २,३ वर्षको अवधिमा कयौ प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख आए तर ति सबैले जनताको समस्या कहिलै सुनेनन् । यस जिल्लामा कुनै निकायले यसलाई चासो देखाएनन् ।  


यस अगाडि पनि बाघ मार्नु पर्ने व्यापक गुनासो आएपछि बाघ मार्नका लागि प्रशासनले २,४ दिन प्रहरी परिचालन गराएता पनि उपलब्धी शुन्य रहेको छ । अर्घाखाँची नेपालको अन्य भेगमा भन्दा बढी बाघले आतङ्क मच्चाएको जिल्ला हो । विधालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन ।  
 

उता सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका स्थानियबासीले अर्घाखाँचीमा निरन्तर बाघको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन् । सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे गाउँ छाड्न बाध्य हुने उनिहरुको भनाई छ ।


०७० भदौ १७ मा भुमिकास्थान नगरपालिका ८ का ३ वर्षिय बालक नारायण नेपाली, ०७० कार्तिकमा भुमिकास्थान ८ कै ६ वर्षिय उमेश नेपाली, ०७१ वैशाख ४ गते सन्धिखर्क ८ किमडाँडाका डेढ वर्षिय बालक युवराज मरासिनी, ०७१ जेठ २२ गते सन्धिखर्क नगरपालिका २ कुर का छ वर्षिय बालक शुसिल आचार्यको ज्यान लिएको थियो । ०७१ भदौ १९ गते सन्धिखर्क नगरपालिका ८ की १० वर्षिया बालिका सुजता विक, ०७१ मंसिर २६ गते सन्धिखर्क ८ का तिन वर्षिय बालक सुमन नेपालीको ज्यान लिएको थियो । यस्तै ०७३ वैशाख २९ गते भुमिकास्थान ८ नुवाकोटका ढाइ वर्षिय बालक आरम्भ गैरे को ज्यान लियो । ०७३ भदौमा सन्धिखर्कको खाँचीकोटमा ८ वर्षिया बालिका अस्मिता मुखिया र ५ वर्षिया ललिता विकको ज्यान लिएको थियो । यो बीचमा पाँच जना बालबालिका बाघको आक्रमणबाट घाइते भएका छन् ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
एमाले पाणिनी गाउँपालिकाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा भूकम्पबाट क्षतिको विवरणमा १ हजार ३६ घरको तथ्यांक रहे पनि त्यो वास्तविक छैन:- भिष्मकुमार भुसाल
अर्घाखाँचीमा तिहार भन्दा चुनाबको चहलपहल बढि
एमाले सन्धिखर्क विशेष नगर समन्वय कमिटिको अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
पाणिनी गाउँपालिकाको पणेनामा पुर्ण सरसफाई कार्यक्रम सम्पन्न
पाणिनीको खिदीम फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वार्ड घोषणा हुने
अर्घाखाँचीमा दोस्रो ए.सिए. क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु (तस्बिर सहित)
राष्ट्रिय जनमोर्चाद्धारा अर्घाखाँचीमा बि.सी केन्द्रिय सभा,के.सी.र थापा प्रदेश सभाको उम्मेद्धारमा छनोट
बिश्व हात धुने दिवस अर्घाखाँचीभर बिभिन्न कार्यक्रम गरि सम्पन्न
सामुदायिक रेडियो अर्घाखाँचीमा १४ बर्षे चुंदाली बन्नुभयो एक दिने रेडियोकर्मी
सन्धिखर्कका युवा राहदानी सिरानीमुनि राखेर कृषिकर्ममा जुटे
अर्घाखाँचीमा पटका पडकाउने पाँच जना पक्राउ
बाघ खोज्न सेना र प्रहरी ढिकुरा र खाँचीकोटका जंगलमै बास
तरुण दलले अर्घाखाँची काठमाडौं सम्पर्क समितीको प्रथम भेला सम्पन्न, अध्यक्षमा अर्जुन पोख्रेल
कांग्रेस अर्घाखाँचीले क्षेत्र नम्बर २ बाट प्रदेश सभाका लागि प्रत्यक्षमा नेतृ कमला आचार्यको नाम सिफारिस गरेपछि महिलाहरु उत्साहित
अर्घा भगवती क्ल्बद्दारा मसुरपाटामा आयोजित क्रिकेट प्रतियोगितामा UACC अर्घा क्ल्बको सानदार जित (तस्बिर सहित)
सन्धिखर्कको अर्घा बेल्टारिमा भैरब नाच सम्पन्न (भिडियो -तस्वीर सहित )
सन्धिखर्कको घोचेखोलामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
मालारानीको खनमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न
मैदानका हरिप्रसाद भट्टराई सन्धिखर्कबाट बेपत्ता भएको लामो समयसम्म पनि फेला नपरेपछि सेना र प्रहरी परिचालन (भिडियो, तस्बिर सहित)