arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

बाम गठबन्धनको ठूलापोखरा र छत्रगञ्जमा चुनावी सभा सम्पन्न, बिकास र सम्बृद्धिको लागि बाम गठबन्धन भएको टोप बहादुर रायमाझी भनाई (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २७, सोमवार)

शोभाखर पन्थी

ठूलापोखरा, अर्घाखाँची  कार्तीक २७ । नेकपा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले बिकास र सम्बृद्धिको लागि बामपन्थी गठबन्धनका उम्मेदवार लाई बिजयी गराउन आग्रह गर्नुभएको छ । 


छोंटो समयमै आफ्नो पहलमा जिल्लामा बिकासको कामले गति लिएको बताउँदै उहाँले जिल्लाको सर्बाङ्गीण बिकासको लागि बामगठबन्धनका उम्मेदवार लाई भारी मतले बिजयी गराउन आग्रह गर्नुभयो ।


बाम गठवन्धनद्वारा सोमबार छत्रदेब गाउँपालिकाको ठूलापोखरा र छत्रगञ्जमा आयोजित छुट्टाछुट्टै चुनावी सभामा मन्तव्य राख्दै उहाँले बाम गठवन्धन मूलुकको अपरिहार्य आवश्यकता र नेपाली जनताको तिब्र चाहना भएको बताउनु भयो । 


बाम गठबन्धनको तर्फबाट अर्घाखाँची जिल्लामा प्रतिनिधि सभाका साझा उम्मेदवार रहनुभएका रायमाझीले बर्षाै सम्म पञ्चायत र कांग्रेसले गर्न नसकेको काम आफूले छोंटो अबधिमै गरेको दाबी गर्दै अर्घाखाँची लाई देशकै नमूना जिल्ला बनाउने ठोकुवा समेत गर्नुभयो । 


नेकपा (एमाले) का जिल्ला अध्यक्ष तथा बामगठवन्धनको तर्फबाट अर्घाखाँची जिल्ला प्रदेश सभा क्षेत्र नम्वर १ का साझा उम्मेदवार चेतनारायण आचार्यले अर्कोपटक गाउँमा आउँदा एउटै पार्टी बनाएर आउने बताउनु भयो । लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास ,श्रमजीवि वर्गको अधिकार स्थापना र जिल्लाको समग्र विकासको लागि बाम गठबन्धनलाई विजयी गराउनुको बिकल्प भएको उहाँको भनाई छ । गाउँ गाउँमा विकासका पूर्वाधार पु¥याई जनतालाई आत्मनिर्भर बनाउने योजनाका साथ आफूहरु जनता बीच आएको आचार्यले बताउनु भयो । 


कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादी केन्द्र का केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले मुलुकका ठूला दुई बाम दलबीचको एकता कुनै तागतले तोड्न नसक्ने बताउनु भयो । सामाजिक रुपान्तरण, स्वरोजगारिको ग्यारेन्टी र समृद्ध राष्ट्र निर्माणको लागि वाम गठबन्धनलाई जिताउनु पर्नेमा उहाँको जोड छ ।


कार्यक्रममा नेकपा माओवादी केन्द्र का सह-संयोजक तथा समानुपातिक उम्मेदवार छमकुमारी खनाल (चिनारी), माओवादी केन्द्रका जिल्ला सह-संयोजक तोज बहादुर रायमाझी (विधान), एमाले जिल्ला सचिवालय सदस्य भविश्वर पाण्डे, माओवादी केन्द्रका सचिवालय सदस्य रामलाल पराजुली, प्रकाश ज्ञवाली, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष ऋषिराम अधिकारी, अर्घाखाँची बुटवल सम्पर्क मञ्चका कुलचन्द्र पाण्डे,अनेरास्वबियूका केन्द्रिय सदस्य भरत न्यौपाने ,स्थानीय नेता नवराज रायमाझी,भोज बहादुर रायमाझी भेषराज पाण्डे लगायतका वक्ताहरुले मन्तव्य राख्दै बाम गठबन्धनको विजय सँगै जिल्लामा विकास निर्माण र सामाजिक रुपमान्तरणको कामले सार्थकता पाउने बताउनु भयो । 


चुनावी सभाको लागि गाउँमा पुगेका उम्मेदवार तथा वाम गठबन्धनका नेताहरुलाई जनताले फूलमाला र अविरले भव्य स्वागत गरेका थिए । वाम गठवन्धनले भोली सोमवार छत्रगञ्ज र ठूला पोखरामा चुनावी सभा गर्ने तयारी गरेको एमाले जिल्ला कमिटी सदस्य लिल बहादुर वि.क.ले बताउनु भयो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खनमा जालकाडा एकता समाजद्वारा निर्मित देउराली मन्दिर उद्घाटन (तस्बिर सहित)
छत्रदेबमा समन्वय तथा सामाजिक जवापदेहिताका औजार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
किमडाँडाका तिन बिद्यालय नै खारेज हुँदै, सरोकारवाला सामुदायिक बिद्यालयको पढाई सुधारको कसरतमा
जुकेनामा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण, थारपाइलामा सुपादेउराली मन्दिरको शिलान्यास कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयको विरोधले लुम्बिनी-ढोरपाटन ट्र्याक अड्कियो
पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले कृषि पेसाबाट मनग्गे आम्दानी गर्न सफल, मासिक डेढ लाख आम्दानी
अर्घाखाँचीकी सफल महिला उद्दमी रुकमणी पराजुली (फोटो फिचर)
अर्घाखाँची युवा परिषदकाे दाेस्राे अधिवेशन काजी श्रेष्ठलाई अध्यक्ष पदमा निर्वाचित गर्दै सम्पन्न (तस्बिर सहित)
मैदानको पैयापाटा देखि लहरेधारासम्म जोडिने मोटरबाटो बजेट अभावका कारण ठप्प
हंशपुरमा राष्ट्रिय जनमोर्चाको शोक सभा सम्पन्न
खिदीममा अर्गानिक तरकारी उत्पादन गर्न जैविक बिषादी बनाउने तालिम सम्पन्न
सन्धिखर्कमा ओली प्रधानमन्त्री बनेको खुसियालीमा दीप प्रज्वलन
अर्घाखाँचीका स्थानीय जनप्रतिनिधिहरू गाउँमा आएको बजेट रकम कुम्ल्याउन आँफै ठेक्कापट्टा गर्दै
ढाकावाङ सानाटाकुरा गाउँमा भीषण आगलागी
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा बिदाइ कार्यक्रम सप्पन्न
सन्धिखर्कको जय सन्तोषी माँ चलचित्र मन्दिरसहित अर्घाखाँचीका अन्य फिल्म हल इतिहास बन्दै
नरपानी र सुपामा पर्यटकलाई पूर्वाधार अभाव, घुम्न आउने पर्यटकलाई बस्ने र खानको समस्या
सिद्दाराको हर्रेमा जग्गा धनि प्रमाण पुर्जा वितरण (तस्बिर सहित)
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा प्रेम पत्र वाचन प्रतियोगिता सप्पन्न (तस्बिर सहित)
छत्रदेव - ७ र ८ लाई लक्षित गरि सुर्यथुममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736