arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

भ्रष्ट र अपराधीलाई आजीवन निर्वाचनमा भाग लिन बन्देजtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र १९, सोमवार)

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक व्यवस्थापिका-संसदबाट बहुमतले पारित भएको छ ।

संविधानको नयाँ व्यवस्थाअनुसार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलपछि सोमबार विधेयक पारित गरिएको हो ।

यसअघि, राज्य व्यवस्था समितिले विधेयक पारित गरी सोमबारै संसदमा पेस गरेको थियो ।

विधेयकअनुसार भ्रष्टाचार र फौजदारी अभियोगमा दन्डित व्यक्तिहरुले आजीवन निर्वाचनमा भाग लिन पाउने छैनन् ।

विधेयकको दफा १३ को (ङ)अनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री-वितरण तथा निकासी वा पैठारीमा दोषी ठहरिएका व्यक्तिले चुनाव लड्न पाउने छैनन् ।

यस्तै, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाइ वा कुनैपनि कसूरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैद सजाय पाइ त्यस्तो फैसला अन्तिम भएको व्यक्ति उम्मेदवार बन्न नपाउने प्रावधान गरिएको छ ।

त्यसैगरी, प्रतिनिधिसभाको निर्वाचनमा कुल खसेको मतको कम्तीमा ३ प्रतिशत मत ल्याउने पार्टीलेमात्रै राष्ट्रिय दलको मान्यता पाउनेछन् । तर, यसअघि प्रस्ताव गरिएको कम्तीमा एकजना प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था भने हटाइएको छ ।

त्यसैगरी, 'नो भोट' र 'राइट टु रिकल'को व्यवस्था पनि हटाइएको छ भने एक व्यक्ति दुईओटा निर्वाचन क्षेत्रबाट चुनाव लड्न पनि नपाउने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दुई चरणमा आगामी मंसिर १० र २१ गते हुँदैछ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
मोरङको कानेपोखरीमा आगलागी हुँदा एकै घरका चार जनाको जलेर मृत्यु
यो वर्षको दसैंमा पनि पानी पर्ने, दसैंसम्म मनसुनी सक्रिय
काठमाडौंमा मरेका खसीबोका बिक्री, नागढुंगामा २८ वटा मरेका खसीबोका बरामद
प्रदेश नम्बर-२ मा भएको स्थानीय निर्वाचनको मतगणना जारी, कांग्रेस अगाडि
प्रदेश नम्बर २ का आठ जिल्लामा २९८ टोलीबाट धमाधम मतगणना हुँदै
बडादसैं, तिहार तथा छठ पर्वका बेला उपत्यकाभित्र पाँच हजार प्रहरी परिचालन
धनुषाको हंशपुर नगरपालिका मेयर-उपमेयरमा राजपा विजयी
प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
दशैं, तिहार, छठलगायत चाडपर्वमा मापसे जाँचलाई कडाइ, नाकामा विशेष चेकजाँच
मा‌ओवादी केन्द्रका प्रतिनिधिले बाराको बारागढी गाउँपालिकामा‌ मतपत्र च्यात्ने प्रयास गरे
महोत्तरीमा कांग्रेसले दुई वडामा विजय
निर्वाचन आयोगले पाँच दिन भित्रै प्रदेश नंम्बर -२ को स्थानीय तहको मतगणना गरिसक्ने
सिरहामा मतगणना सुरु
सरकारद्वारा आयल निगमका कार्यकारी निर्देशक खड्कालाई पदबाट बर्खास्त
प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना शुरु
आज प्रदेश २ मा तेस्रो चरणको स्थानीय निर्वाचनका लागि मतदान हुँदै
दसैं, तिहार नजिकिदै गर्दा आन्तरिक राजस्व विभागद्वारा बजार अनुगमनलाई तीव्रता
स्थानीय निर्वाचनमा सुरक्षा त्रुटि हुन नदिन भारतीय सीमानाका बन्द
दशैं बजारलाई लक्षित गरी व्यापारीहरुले मुस्ताङी चेलुक च्याङ्ग्रा ओराल्न थाले
प्रधानमन्त्री देउवाद्वारा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि देशले गति पाउने उल्लेख