arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
नेपालको संविधान २०७२ अनुसार प्रदेश नम्बर ५ अखण्ड राख्ने ?

पक्ष
विपक्ष

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

चुनावी अभियानमा गाउँ गाउँ पुग्दै नयाँ शक्ति पार्टी अर्घाखाँची ।text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

अर्घाखाँची डट कम /अर्घाखाँची : स्थानीय निकायको चुनाव मिति घोषणासँगै नयाँ शक्ति अर्घाखाँचीलाई पनि चुनावी माहोलले छोएको छ ।

सोमबार बसेको जिल्ला कार्यकारी समितिको बैठकले अर्घाखाँचीका ६ वटै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियानका लागि टिम तयार गरेको नयाँ शक्ति नेपाल अर्घाखाँचीका संयोजक गोकर्ण थापाले जानकारी दिनुभयो ।

उक्त अभियानका लागि  शीत गँगा नगरपालिका अभियान प्रमुखमा बिष्णु ढुंगाना, भुमिकास्थान  नगरपालिकामा शालिकराम बन्जाडे , सन्धिखर्क  नगरपालिकामा बिष्णु प्रसाद भुसाल र मालारानी  गाउँपालिकामा संयोजक जिन्दक खड्का , पाणिनी गाउँपालिकामा माधब पोख्रेल र छत्रदेब  गाउँपालिकामा पुस्करनाथ आचार्यलाई अभियान प्रमुखको रूपमा तोकेको छ । तोकिएको नयाँ शक्ति नेपाल अर्घाखाँचीले जनाएको छ ।

संयोजक थापाका अनुसार यी सबै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियान टिम खटिने छ र यही चैत्र महिनाको अन्तिम हप्ता सदरमुकाम सन्धिखर्कमा केन्द्रित भै रिपोटिङ गर्ने योजना बनाएको छ । प्रत्येक गाउँ तथा नगरपालिकाको स्थिति, त्यहाँको आवश्कता, सबै पार्टीको स्थिति र त्यहाँको विशेषता के हो लगायतका विषय रिपोर्टिङमा अभियान टिमले प्रस्तुत गर्नुपर्ने छ ।

बैठकमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी समितिका सदस्य तथा ५.न.प्रदेश सह संयोजक यमुना भुसाल , नयाँ शक्ति नेपालका केन्द्रिय परिषद तथा ५ न. प्रदेश आर्थिक बिभाग संयोजक छन्द पन्थी, केन्द्रिय परिषद  सदस्यहरू  खिम बहादुर बि.क, राजु नेपाली , टोपबहादुर बलाल , जिन्दक खड्का र जिल्ला कमिटीका सदस्यहरुमा टुक बहादुर चेवाली, पुर्ण श्रेष्ठ, मनिष सिंह,जे बि दर्लामि लगायत जिल्ला कार्यकारी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।    

-बिष्णु प्रसाद भुसाल (खुबी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्कमा एक दृष्टि बिहिन बिद्यार्थीले माध्यमिक शिक्षा परीक्षा दिदै, दोस्रो दिनको नेपाली बिषयकाे परीक्षा शान्तीपूर्ण रुपमा सम्पन्न
पोखराथोकमा गर्भवती, ग्रामिण नमुना कृषकलाई विउँ वितरण
नेपाल हृदय राेग निवारण प्रतिष्ठान शाखा अर्घाखाँचीकाे दाेश्राे अधिवेशन सन्धिखर्कमा सम्पन्न
अर्घाखाँचीका तीन गाउँपालिकामा तोकिए कार्यकारी अधिकृत
अर्घाखाँचीभर पहिलो दिनको माध्यमिक शिक्षा परीक्षा शान्तीपूर्ण रुपमा सम्पन्न
अर्घाखाँचीका नयाँ दुई वटा नगरपालिका र तीन वटा गाउँपालिका कार्यालयबाट जनताको काम गर्न सुरु
अड्गुरीको झन्द्रेकमा गर्भवती, ग्रामिण नमुना कृषकलाई विउँ वितरण
पाणिनी बहुमुखी क्याम्पसमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न
सन्धिखर्क - २ मा कांग्रेसको पार्टी सुदृणीकरण अभियान सम्पन्न
अर्घाखाँचीमा विश्व उपभोक्ता दिवश मनाइयो
अर्घाखाँचीको शितगंगा नगरपालिका सिद्धाराका ५ वर्षिय बालक दैनिक ४ घण्टा जंगलमा पैदल गरी स्कुल ओहोरदोहोर गर्दै
अड्गुरीमा ४० घरपरिवारलाई विउँ वितरण
बल्कोटमा गर्भवती महिला र कृषकलाई विउँ वितरण
अर्घाखाँची जुकेना सम्पर्क समाज रुपन्देहीको रक्तदान कार्यक्रम सम्पन्न
अर्घाखाँचीको मालारानी गाउँपालिकाका एक दम्पतीको रुपन्देहीमा भएको सवारी दुर्घट्नामा मृत्यु
अर्घाखाँचीका गाउँपालिका तथा नगरपालिकामा अधिकृत तोकिए
चुत्राबेशीमा ढाेरपाटन सडक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा माध्यमिक शिक्षा परिक्षाकाे सम्पुर्ण तयारी पूरा
पोखराथोकमा ५४ जना घर परिवारला सुआहाराको विउँ वितरण
अर्घाखाँचीमा वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह आजदेखी सुरु