arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

चुनावी अभियानमा गाउँ गाउँ पुग्दै नयाँ शक्ति पार्टी अर्घाखाँची ।text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

अर्घाखाँची डट कम /अर्घाखाँची : स्थानीय निकायको चुनाव मिति घोषणासँगै नयाँ शक्ति अर्घाखाँचीलाई पनि चुनावी माहोलले छोएको छ ।

सोमबार बसेको जिल्ला कार्यकारी समितिको बैठकले अर्घाखाँचीका ६ वटै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियानका लागि टिम तयार गरेको नयाँ शक्ति नेपाल अर्घाखाँचीका संयोजक गोकर्ण थापाले जानकारी दिनुभयो ।

उक्त अभियानका लागि  शीत गँगा नगरपालिका अभियान प्रमुखमा बिष्णु ढुंगाना, भुमिकास्थान  नगरपालिकामा शालिकराम बन्जाडे , सन्धिखर्क  नगरपालिकामा बिष्णु प्रसाद भुसाल र मालारानी  गाउँपालिकामा संयोजक जिन्दक खड्का , पाणिनी गाउँपालिकामा माधब पोख्रेल र छत्रदेब  गाउँपालिकामा पुस्करनाथ आचार्यलाई अभियान प्रमुखको रूपमा तोकेको छ । तोकिएको नयाँ शक्ति नेपाल अर्घाखाँचीले जनाएको छ ।

संयोजक थापाका अनुसार यी सबै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियान टिम खटिने छ र यही चैत्र महिनाको अन्तिम हप्ता सदरमुकाम सन्धिखर्कमा केन्द्रित भै रिपोटिङ गर्ने योजना बनाएको छ । प्रत्येक गाउँ तथा नगरपालिकाको स्थिति, त्यहाँको आवश्कता, सबै पार्टीको स्थिति र त्यहाँको विशेषता के हो लगायतका विषय रिपोर्टिङमा अभियान टिमले प्रस्तुत गर्नुपर्ने छ ।

बैठकमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी समितिका सदस्य तथा ५.न.प्रदेश सह संयोजक यमुना भुसाल , नयाँ शक्ति नेपालका केन्द्रिय परिषद तथा ५ न. प्रदेश आर्थिक बिभाग संयोजक छन्द पन्थी, केन्द्रिय परिषद  सदस्यहरू  खिम बहादुर बि.क, राजु नेपाली , टोपबहादुर बलाल , जिन्दक खड्का र जिल्ला कमिटीका सदस्यहरुमा टुक बहादुर चेवाली, पुर्ण श्रेष्ठ, मनिष सिंह,जे बि दर्लामि लगायत जिल्ला कार्यकारी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।    

-बिष्णु प्रसाद भुसाल (खुबी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
केरुङ्गाका आमा समुहका सदस्य पोषिलो खाना बनाउन सिक्दै
मालारानीको हंसपुर रतनमारे र गोखुङामा बामगठबन्धनको चुनावी कार्यक्रम सम्पन्न, टोपबहादुर रायमाझीद्दारा ६० हजार मतले प्रतिनिधि सभा जित्ने दावी (तस्बिर सहित)
अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मन्चले गोरसिङ्गे र सुपादेउरालीमा प्रवेशद्वार बनाउने
सन्धिखर्कमा प्रहरी लाठीचार्ज पछि आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरी प्रशासन बीच सहमती, बन्द लगायत आन्दोलनका कार्यक्रम स्थगित (सहमती-भिडियो- तस्बिर सहित)
अर्घाखाँचीमा नयाँ शक्तिद्दारा घोषणा पत्र सार्बजनिक, धुवाँधुलो रहित अर्घाखाँची हराभरा शहरको प्रतिबद्धता
पाणिनी गाउँपालिकामा बाम गठबन्धनको चुनावी कार्यक्रम सम्पन्न, पाणिनीलाई बिश्वमा चिनाउने गरि कार्ययोजना बनाउने टोपबहादुर रायमाझीको प्रतिबद्धता
सन्धिखर्कमा एक युवालाई प्रहरीले लाठीचार्ज गरेपछि व्यापक बिरोध, प्रहरी प्रमुखको राजिनामा माग, अर्घाखाँची बन्द सम्मका आन्दोलन गर्ने चेतावनी
विवेकशिल साझा पार्टी अर्घाखाँचीद्धारा सन्धिखर्कमा बैठक सम्पन्न, चुनाव प्रसार शुरु
सन्धिखर्कको चुत्राबेशीमा स्थानियबासी बिच विवाद हुँदा प्रहरीद्दारा लाठीचार्ज, एक जना गम्भिर घाइते
भिडियो-फोटो फिचर सन्धिखर्कमा आज
मालारानी गाउँपालिकाको हंसपुर रतनमारेमा बाम गठबन्धनको बैठक सम्पन्न
पाणिनी गाउँपालिकाको धातिवाङ्गमा कांग्रेसको आमसभा सम्पन्न, आफ्नो जितलाई कसैले रोक्न नसक्ने डा. विसीको भनाई
कांग्रेस क्षेत्र नम्बर २ को ठाडा, जुकेना र जलुकेका विभिन्न टोलटोलमा चुनावी कार्यक्रम सम्पन्न
शितगंगा नगरपालिकालाई स्वास्थ्य संस्था हस्तान्तरण
शितगंगा नगरपालिकामा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी १ दिने अभिमुखीकरण तालिम सम्पन्न
पाल्पामा जारी क्रिकेट प्रतियोगितामा अर्घाखाँचीले पाल्पालाई ८ विकेटले पराजित
मालारानी मरेङका टुहुरा बालबच्चाहरुलाई जाडोमा लगाउने लत्ताकपडा हस्तान्तरण (तस्बिर सहित)
अर्घाखाँचीको क्रिकेट टोली पाल्पा प्रस्थान
सन्धिखर्कमा शिक्षा, स्वास्थ्य र कृषिका सवालमा छलफल गर्दै साझा सभा सम्पन्न
मालारानीमा बाम गठबन्धनको संयुक्त भेला सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736