arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

सिद्धारामा रोल्पालीको जमघट बाक्लिँदैtext size increase   text size decrease   Print    rss (२०७४ माघ २६, शुक्रवार)

गाउँको अवस्थाबारे गुनासा पोख्दै अर्घाखाँची सिद्धाराका बासिन्दा ।

वीरेन्द्र केसी कान्तिपुर 

सिद्धारा, अर्घाखाँची । सबै जिल्लाका आफ्नै दुर्गम बस्ती छन् । जिल्लाको २७ प्रतिशत भूगोल ओगटेको सिद्धारा अर्घाखाँचीको दुर्गम बस्ती हो । नयाँ संरचना अनुसार शीतगंगा नगरको तीन वडामा विभाजन गरिएको छ । पहिले एउटै गाविस थियो । क्षेत्रफलका हिसाबले मुलुककै ठूलो नगरपालिकाभित्र पर्ने सिद्धारामा छरिएर रहेको पातलो बस्तीमा रोल्पालीको जमघट बाक्लिँदै गएको छ ।

ग्रामीण भेगबाटसहर र तराईका सुविधासम्पन्नठाउँमा बसाइँ सार्ने धेरैको रोजाइमा पर्छ । तर, रोल्पाका बासिन्दालाई सिद्धाराकोभूमि नै जीवन धान्ने आधार ठान्दै बसाइँसराइ बढदो छ ।

दस वर्षअघि रोल्पाबाट सिद्धारामा जग्गा किनेर बसेका भीमबहादुर केसी स्थानीय तहको चुनावमा शीतगंगा नगरपालिका ९ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भए । धेरै सशस्त्र द्वन्द्वका बेला रोल्पा छाडेर यहीं आएर बसे । जल, जमिन, जंगल प्रशस्त र अन्न उब्जनी रोल्पाभन्दा यहाँ तेब्बर हुने भएकाले पनि आकर्षित भएको उनले बताए । तर, यहीँ बस्दै आएका सिद्धारेली भने विदेश र स्वदेशमा पैसा कमाएपछि घरबारी चटक्कै छाडेर तराई बसाइँसराइ सरेका छन् ।

यहाँ पातलो छरिएर रहेको बस्तीभन्दा जंगल धेरै छ । यही भौगोलिक जटिलताका कारण विकासको गति सुस्त छ । खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत् लगायतका सेवा सबै बस्तीसम्म पुग्न सकेको छैन । केसीका अनुसार छरिएर रहेको बस्तीलाई एकै ठाउँ बनाएविकास गर्न सजिलो हुने बताए । भौगोलिक जटिलताका कारण विकास गरेको देखिँदैन । कृषि र पशुपालनका योजना ल्याएर उत्पादन बढाउन सकिने उनले बताए ।

स्थानीय ज्ञानेश्वर बेल्बासेले सिद्धारालाई दोस्रो कर्णालीको रूपमा गणना गर्न सकिने बताए । उनले सिद्धारालाई राज्य र जिल्लाले विकास निर्माण र सरकारी सुविधामा उपेक्षा गरेको बताए । गाउँमा आयआर्जनका कार्यक्रम बजेट अभावमा पुग्न नसकेको उनले बताए । यहाँ खेती उत्पादन राम्रो हुन्छ । सरकारले यतातिर ध्यान दिए सिद्धाराको उत्पादनले सायद अर्घाखाँचीको आधा जनसंख्यालाई खाद्यान पुग्ने उनले बताए ।

शितगंगा नगरपालिकाको वडा नम्बर ९, १० र ११ मा बस्तीभन्दा चौगुना बढी जंगल र डरलाग्दा भीरपाखा छन् । पातलो बस्ती छ । एउटै वडाको गाउँ हिँड्न दुई दिन लाग्छ । घरजग्गा बिक्री नभएपछि त्यसै छाडेर पनि गाउँले सहर झरेका छन् । विकट भएकै कारण सरकार र जिल्लामा आउने बजेट यो गाउँमा पुगेको छैन । स्थानीय उमाकान्त पन्थीका अनुसार सिद्धारालाई सरकारले समेत उपेक्षा गरेको छ । यहाँका जनताको समस्या र विकास निर्माणको योजना दिन कोही आउँदैनन् । ‘पशु र कृषिको राम्रो सम्भावना बोकेको सिद्धारा हो,’ उनले भने, ‘अब स्थानीय, प्रदेश सरकारले ध्यान दिनुपर्छ ।’

वर्षमा करिब ५० घरपरिवारले गाउँ छाडेको स्थानीय बताउँछन् । रोल्पाबाट आउने आधा जति छन् । यहाँबाट रूपन्देही, कपिलवस्तुको चन्द्रौटा, महेन्द्रपुरमा बसाइँ सरेका छन् । पुस्तौंदेखि बस्दै आएका घरबारी बिक्री भएका छैनन् । पैसा कमाएपछि गाउँमा बस्न कोही पनि रुचाउँदैनन् । घरबारी बिक्री नभएर त्यसै छाडेपछि खेतबारीचौरजस्तै छन्, घर भत्किएका छन् । रोल्पाबाट आउने राम्रो बस्ती छानेर बस्ने गरेका छन् ।

राजनीतिक दलका नेता, गाउँमा धनी र समाजसेवी द्वन्द्वका बेला सबै गाउँ छाडे । शान्ति प्रक्रियापछि उनीहरू गाउँ फर्केनन् । शिक्षा स्वास्थ्य, सञ्चारको सुविधा राम्रो छैन । एक गाउँबाट अर्काे गाउँमा जान घण्टा होइन दिनै लाग्छ । बिरामी पर्दा उपचार नपाई ज्यान जाने खतरा पनि उस्तै छ । दुर्गम बस्तीमा सिटामोलसम्म पुग्दैन । आठ–दस घर भएको गाउँ राम्रो मानिन्छ । ९० प्रतिशत घर एक्लाएक्लै त्यसमा पनि एक घरबाट अर्काे घरमा पुग्न घण्टांै उकालो–आरालो पैदल हिँड्नुपर्ने बाध्यता छ । बढी युवाहरू गाउँमा भेटिँदैनन्, अभिभावका चेतनाकै अभावका कारण तेह्र, चौध वर्ष उमेर भएपछि भारत र अन्य मुलुकमा रोजगारका लागि पठाउने र छोराहरूले कमाएको पैसाले बसाइँसराइ गर्ने आधार बन्दै गएको गाउँले बताउँछन् । यसरी गाउँ छाडेर जानेहरूले खेतीयोग्य जमिन र घर त्यसै छाडेर जान्छन् । धेरैजसो घरहरू खर, स्याउलाले छाएका झुप्राजस्ता छन् ।

गाउँमा पढेलेखेका, जागिर खाएका, वैदेशिक रोजगारमा रहेका कोही फर्कंदैनन् स्थानीय मनोज घर्तीले भने ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
नेपाल महिला संघ शितगंगाको प्रथम नगर अधिवेशन सम्पन्न, सभापतिमा जीबा पौडेल निर्वाचित, ५ वर्षपछि कांग्रेस मुलुकको पहिलो शक्ति हुने मुस्कान दावी (तस्बिर सहित)
धारापानीको फलाम खिल्जी स्थित श्री लक्ष्मी आधारभुत विद्यालयमा ३ कोठे पक्की भवन उद्घाटन कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा नेपाल अर्बुद रोग निवारण संस्थाको आठौं जिल्ला सभा सम्पन्न, पिताम्बर बन्जाडे पुन: अध्यक्षता (तस्बिर सहित)
पणेनाका ५० भन्दा बढी युवाले कुखुरा, बाख्रा र गाईभैंसी पालनबाट मनग्य आम्दानी गर्दै
सिमलपानीमा जग्गाधनी लालपुर्जा वितरण शुरु (तस्बिर सहित)
साथीभाइ र चिनजानका भेटेर भलाकुसारी गर्ने सन्धिखर्कको सुन्दर शान्ति बगैंचा
अर्घाखाँचीका दुई जनाको बुटवलमा बस ठक्करबाट मृत्‍यु
शितगंगा नगरपालीकाले आरन व्यबसायलाई औजार र क्षमता विकास तालीम प्रदान गर्ने
शितगंगाको बर्रेबाट अवैधरुपमा काठ लैजाँदै गरेको एक ट्रकसहित ५ जना पक्राउ
जुनोटिक रोगबारे सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न , मान्छेको जस्तै पशुको पनि स्याहार
सन्धिखर्कको ग्रीन इंगलिस बोर्डिंग स्कुल चुत्राबेसीमा पुरस्कार बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सुपा देउरालीमा आउने दर्शनार्थीको संख्यामा दोब्बर वृद्धि, यस वर्ष ८० लाख आम्दानी पुग्ने अनुमान
सन्धिखर्क २ मा महिला नेतृत्व बिकास तालीम सुरु (तस्बिर सहित)
नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला ईन्चार्जद्दारा बन्दुक उठाउने चेतावनी
किमडाँडाको आँपखोला बोडखोलामा बाबु र छोराको स्मृतिमा प्रतिक्षालय निर्माण
डिभर्नाको जोगिमारे आधारभुत बिद्यालयको ४० औ बार्षिक उत्सब सम्पन्न, सामुदायीक बिद्यालय नमुना बनाउने सन्धिखर्क नगरप्रमुखको प्रतिबद्धता
मालारानी - २ मा प्रदेश सांसद चेतनारायणद्दारा सिलाइ कटाइ तालिमको उद्घाटन
नेपाल बन्द कारण दिनभर प्रभाबित भएको अर्घाखाँचीको जनजिबन साँझ बन्द खुलेसँगै सामान्य बन्दै
सन्धिखर्कमा नगर स्तरीय अगुवा कृषक तालिम सुरु
सन्धिखर्कको बिहार बरापमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको शोक सभा सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736