arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
खेल

इमर्जिङ कप क्रिकेटका लागि नेपाली टोलीको घोषणाtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र २, बुधवार)

world news

यही चैत १२ गतेदेखि बंगलादेशमा हुने एसीसी इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
चैत २२ गतेसम्म हुने प्रतियोगिताको लागि ४ वैकल्पिकसहित १९ जना खेलाडी छनोट भएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधि वंैकटपति राजु, प्रशिक्षक जगत टमाटा, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको छनोट समितिले बुधबार अन्तिम टोलीको टुंगो लगाएको हो ।

स्वास्थ्यका कारण पारस खड्का नखेल्ने भएपछि यो प्रतियोगितामा पनि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले समाल्ने भएका छन् ।

टोलीमा शरद भेषावकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अविनाश कर्ण, सुनील धमला, भुवन कार्की, सुशन भारी, दीपेश श्रेष्ठ र दिलीप नाथ रहेका छन् ।

वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्रकुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् ।

शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुशन भारी, दीपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो ।

इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित एसियाका टेस्ट मान्यताप्राप्त टोलीहरु भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
नेपाल पहिलोपटक यु-१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा
मलेसियामा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालद्दारा भारतलाई पराजित
बर्दियामा फुटबल खेल्दाखेल्दै खेलाडीको मृत्यु
कपिलवस्तुको शिवगढीमा खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु
अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी
पहिलो पटक भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
रुपन्देहीमा दृष्टिविहिन क्रकेटको उपाधि लुम्बिनी एघारलाई
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित
पतंजली सुरशाला आइडल जुनियर को बिजेता आयुष के सी, पब्लिक चोइस अवार्ड को बिजेता र तेस्रो स्रजल महर्जन, दोस्रो प्रितम आचार्य, सुरशाला आइडल जुनियर दोस्रो संस्करण छिट्टै शुरु हुने
सपना र संघर्षले छोटो समयमै चम्किएको एउटा नाम हो:- सोमपाल कामी
नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजित
आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९ औ तिलोत्तमा गोल्डकपको उपाधि
कप्तान पारस खड्का सद्भावनादूतमा नियुक्त
रुसले आसन्न विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा भाग लिन नपाउने
रोनाल्डो विश्वकै सर्वाधिक महंगा खेलाडी
अर्घाखाँची क्रिकेट एकेडेमी सन्धिखर्कले आयोजना गर्न लागेको प्रथम ए.सि.ए. क्रिकेट टुर्नामेन्टको तयारी तिब्र
माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ
सन्धिखर्कमा ए.सि.ए. क्रिकेट टुर्नामेन्ट हुने
नेपालले एसिया कप छनोट खेल्ने,कुवेत र ग्वाम फिफाको कारवाहीमा परेसँगै नेपालले पायो अवसर
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धुलावारीमा जारी जुडो विधामा नेपाल आर्मीको अग्रता
http://go.oclaserver.com/afu.php?zoneid=1465736