arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

एमाले-माओवादी पार्टी एकता अन्तिम चरणमा, एकीकृत पार्टीको अध्यक्षमा ओली र दाहाल रहनेtext size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन १, मंगलवार)


चार महिनाअघि पार्टी एकता गर्ने घोषणासहित वामपन्थी गठबन्धन बनाएर मुलुकका दुई ठूला वाम दल नेकपा एमाले र माओवादी केन्द्र प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सहभागी भएका थिए ।

पार्टी एकता नै गर्ने सन्देश दिँदै चुनावी मैदानमा गएका दुई दलले झन्डै दुई तिहाइ सिट जिते ।

तर, एकीकृत पार्टीको नेतृत्व कसरी गर्ने भन्नेमा समझदारी नबन्दा चुनाव सकिएको दुई महिनासम्म एकता प्रक्रिया अवरुद्ध भएको थियो । यसबीचमा पार्टी एकीकरणबारे विभिन्न टीकाटिप्पणी पनि भए ।

यतिसम्म कि दुई पार्टीबीच एकता प्रक्रिया जटिल बन्दै गएको स्वयं दुई पार्टीकै जिम्मेवार नेताहरुले धारणा राख्ने गरेका थिए ।

तर, सोमबार दुई पार्टीका अध्यक्षबीच भएको एक्ला–एक्लै वार्ताले पार्टी एकतामा नयाँ मोड लिएको छ ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको वार्तामा दुवै पक्ष एकार्काले राख्दै आएको अडान छाड्दै अघि बढ्न तयार भएपछि एकताको गाँठो फुकेको हो ।

दुई पार्टीका अध्यक्षबीच पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्तरूपमा गर्नेगरी पार्टी एकताको समझदारी बनेको सार्वजनिक भएको छ ।

दुई पार्टीका अध्यक्षबीच भएको सहमतिले औपचारिक रुप लिए एकीकृत पार्टीको अध्यक्षमा ओली र दाहाल रहनेछन् ।

एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने र पाँच वर्षको अवधिमा सरकारको नेतृत्व दुवै दलका अध्यक्षले आलोपालो गर्ने सहमति भएको सार्वजनिक भएको छ ।

यस्तै, दुई पार्टीका अध्यक्षबीच दुवै पार्टीबीच नमिलेका वैचारिक विषयलाई छलफल चलाउने र महाधिवेशनबाट टुंगो लगाउने समझदारी छ ।

दुई पार्टी एकताका लागि भएको सहमतिलाई पुष्टि गर्दै एमाले उपाध्यक्ष भीम रावलले पार्टी एकता प्रक्रिया सकारात्मक दिशातिर गइरहेको बताए ।

दुई अध्यक्षबीच केन्द्रीय नेतृत्वको विषय टुंगोमा पुगेको भनिएपनि पार्टी एकताका लागि अझै धेरै काम बाँकी छन् ।

माओवादी केन्द्रका नेता रामनारायण बिडारीले दुई पार्टीबीच लामो समयदेखि छलफल जारी रहेकाले समय लागेपनि एकता भएरै छाड्ने दाबी गरे ।

फागुन पहिलो साताभित्र नयाँ सरकार बन्ने भएकाले त्यसअघि नै एकताको खाका टुंग्याउने दुवै दलका अध्यक्षले सहमति गरेका छन् ।

दुवै दलका नेताले पार्टी एकतामा ‘ब्रेक थ्रु’ भएको दाबी गरेकोमात्र नभइ पार्टी एकताका लागि भएको सहमतिलाई लिपिबद्ध गर्नमात्र बाँकी रहेको दावी गरेका छन् । इमेजखबरमा समाचार छ ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
राष्ट्रियसभाका सदस्यका लागि ७ नम्बर प्रदेशमा भएको निर्वाचनमा ९९ प्रतिशत मतदान
बाँके, बर्दिया, सुर्खेत र दाङका बाढीपहिरोबाट प्रभावितहरु अझै त्रिपालको सहारामा बस्न बाध्य
पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने
६ महिनामा १७ आयोजनालाई विद्युत् उत्पादन अनुमति, ७४१ मेगावाट विद्युत् उत्पादन हुने
राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
सात प्रदेशसभामा सभामुख, उपसभामुखलगायतको निर्वाचन प्रक्रिया सुरु
अन्तत सिमेन्टको मूल्य घट्यो, स्टिलमा घटाउन आलटाल
गुल्मीमा सुशासन माप्न विधि अन्तर्गत सुशासनको अबस्थालाई अङ्कमा मापन गर्दै
प्रदेश नम्बर ५ को सभामुख निर्वाचन फागुन २ गते हुने
देशमा ठूल्ठूला परिवर्तन भएपनि पीडितहरुले अझै न्याय नपाएको राष्ट्रिय मानव अधिकार आयोगको गुनासो
शहिद घोषणा, बेपत्ता छानबिन र सत्यनिरुपण आयोगको म्याद थपियो
पोखरामा प्रदेश नम्बर–४ प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक सम्पन्न
प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठक सम्पन्न, प्रमुख हिन्दी सहित तीन भाषा प्रयोग
प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक सम्पन्न, माघ २९ मा सभामुख निर्वाचन
विश्व क्यान्सर दिवस: नेपालमा क्यान्सरको उपचार
प्रदेश–१ मा प्रदेशसभाको पहिलो बैठकका लागि तयारी पूरा
नेपालमा बोटबिरुवाको पनि डीएनए परीक्षण सुरु
नेपालमा बोटबिरुवाको पनि डीएनए परीक्षण सुरु
चिकित्सकहरुले अध्यादेशमार्फत् ल्याइएको राष्ट्रिय चिकित्साशिक्षा अध्यादेश मान्य नहुने
रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह बनाइने
http://go.oclaserver.com/afu.php?zoneid=1465736