arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

एमाले-माओवादी पार्टी एकता अन्तिम चरणमा, एकीकृत पार्टीको अध्यक्षमा ओली र दाहाल रहनेtext size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन १, मंगलवार)


चार महिनाअघि पार्टी एकता गर्ने घोषणासहित वामपन्थी गठबन्धन बनाएर मुलुकका दुई ठूला वाम दल नेकपा एमाले र माओवादी केन्द्र प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सहभागी भएका थिए ।

पार्टी एकता नै गर्ने सन्देश दिँदै चुनावी मैदानमा गएका दुई दलले झन्डै दुई तिहाइ सिट जिते ।

तर, एकीकृत पार्टीको नेतृत्व कसरी गर्ने भन्नेमा समझदारी नबन्दा चुनाव सकिएको दुई महिनासम्म एकता प्रक्रिया अवरुद्ध भएको थियो । यसबीचमा पार्टी एकीकरणबारे विभिन्न टीकाटिप्पणी पनि भए ।

यतिसम्म कि दुई पार्टीबीच एकता प्रक्रिया जटिल बन्दै गएको स्वयं दुई पार्टीकै जिम्मेवार नेताहरुले धारणा राख्ने गरेका थिए ।

तर, सोमबार दुई पार्टीका अध्यक्षबीच भएको एक्ला–एक्लै वार्ताले पार्टी एकतामा नयाँ मोड लिएको छ ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको वार्तामा दुवै पक्ष एकार्काले राख्दै आएको अडान छाड्दै अघि बढ्न तयार भएपछि एकताको गाँठो फुकेको हो ।

दुई पार्टीका अध्यक्षबीच पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्तरूपमा गर्नेगरी पार्टी एकताको समझदारी बनेको सार्वजनिक भएको छ ।

दुई पार्टीका अध्यक्षबीच भएको सहमतिले औपचारिक रुप लिए एकीकृत पार्टीको अध्यक्षमा ओली र दाहाल रहनेछन् ।

एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने र पाँच वर्षको अवधिमा सरकारको नेतृत्व दुवै दलका अध्यक्षले आलोपालो गर्ने सहमति भएको सार्वजनिक भएको छ ।

यस्तै, दुई पार्टीका अध्यक्षबीच दुवै पार्टीबीच नमिलेका वैचारिक विषयलाई छलफल चलाउने र महाधिवेशनबाट टुंगो लगाउने समझदारी छ ।

दुई पार्टी एकताका लागि भएको सहमतिलाई पुष्टि गर्दै एमाले उपाध्यक्ष भीम रावलले पार्टी एकता प्रक्रिया सकारात्मक दिशातिर गइरहेको बताए ।

दुई अध्यक्षबीच केन्द्रीय नेतृत्वको विषय टुंगोमा पुगेको भनिएपनि पार्टी एकताका लागि अझै धेरै काम बाँकी छन् ।

माओवादी केन्द्रका नेता रामनारायण बिडारीले दुई पार्टीबीच लामो समयदेखि छलफल जारी रहेकाले समय लागेपनि एकता भएरै छाड्ने दाबी गरे ।

फागुन पहिलो साताभित्र नयाँ सरकार बन्ने भएकाले त्यसअघि नै एकताको खाका टुंग्याउने दुवै दलका अध्यक्षले सहमति गरेका छन् ।

दुवै दलका नेताले पार्टी एकतामा ‘ब्रेक थ्रु’ भएको दाबी गरेकोमात्र नभइ पार्टी एकताका लागि भएको सहमतिलाई लिपिबद्ध गर्नमात्र बाँकी रहेको दावी गरेका छन् । इमेजखबरमा समाचार छ ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
स्थानीय तहमा जनप्रतिनिधिले काम सुरु गरेपछि डडेल्धुरा सदरमुकामको व्यवसाय ओरालो
सिरहाको कल्याणपुरमा १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक
आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने
नेपाली सेनाको भैरवनाथ गणमा ग्रीनेड विस्फोट, पाँचजना सैनिक घाइते
आज छिटफुट वर्षा र हिमपातको सम्भावना
पर्वत जिल्लालाई पूर्णसाक्षर जिल्ला घोषणा
भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुईदिने भ्रमणका लागि काठमाडौंमा
सर्वोच्चद्दारा पूर्वी रुकुमको सदरमुकाम यथास्थितिमा राख्न अन्तरिम आदेश
रौतहटका ठूला नदीमा उत्खनन् तीव्र पारिएपछि स्थानीय चिन्तित
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा १७ गैँडा मरे
माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र केन्द्रीत तयारी सुरु
प्रधानमन्त्री देउवाद्दारा एमालेलाई सरकारमा आउने हतारोका कारण सरकार छाड्न ढिलाइजस्तो देखिएको भनाई
अछामको साँफेबगर नगरपालिकाको नौलाकोट युवाविहीन
एमालेले सर्वसम्मत् हुन नसके चुनावबाट मुख्यमन्त्री चयन गर्ने
सुनसरीका आधा दर्जन गाउँपालिकामा अवैध गाँजाखेती नस्ट
आज शहिद दिवस बिभिन्न कार्यक्रम गरी मनाउदै ।
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत् प्रदेश नम्बर-१ मा ६ जना निर्विरोध निर्वाचित
आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध अकुत सम्पत्ति आर्जनमा अर्को मुद्दा दायर
काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत् १२ जना विदेशी डाक्टर र पाँचजना अस्पताल सन्चालकहरु पक्राउ
माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान, २४ जना निर्विरोध निर्वाचित, ३२ सिटका लागि ५२ जना मैदानमा
http://go.oclaserver.com/afu.php?zoneid=1465736