arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश नम्बर-७ को राजधानी दिपायल नै कायम हुनुपर्ने भन्दै डोटीवासी आन्दोलित text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


प्रदेश नम्बर-७ को राजधानी दिपायल नै कायम हुनुपर्ने भन्दै डोटीवासी आन्दोलित भएका छन् ।

यसैक्रममा बिहीबार दिपायलमा र्‍यालीसहित कोणसभाको आयोजना गरिएको छ ।

कोणसभालाई सम्बोधन गर्ने अधिकांश वक्ताहरुले दिपायललाई प्रादेशिक राजधानी कायम नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले ७ नम्बर प्रदेशको राजधानी दिपायल मागमात्रै नभएर अधिकार भएको बताए ।

सबै दृष्टिकोणबाट राजधानी दिपायल नै उपयुक्त छ- उनले भने ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको निर्णयानुसार प्रदेशको राजधानी तोकिनेछ । तर, प्रदेशसभाले राजधानी नतोकेसम्मका लागि सरकारले नै राजधानी तोक्ने व्यवस्था छ ।

सोहीअनुसार अहिले प्रदेशको अस्थायी राजधानी तोक्ने चर्चा चलिरहेका बेला दिपायलवासी तातेका हुन् ।

सरकारले अस्थायी राजधानी अहिले दिपायल नै तोक्नुपर्छ भन्ने हाम्रो माग हो-कोणसभालाई सम्बोधन गर्दै प्राध्यापक डण्डिराज ओझाले भने- अहिले अस्थायी राजधानी तोकिएपछिमात्र पछि स्थायी सम्भव छ । अहिल्यै दिपायलको विकल्प खोज्न थालिए त्यसको नतिजा दुखद् नै हुन्छ ।

दिपायल राजधानीका लागि गठन गरिएको संघर्ष समितिका संयोजक डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले अधिकारको लडाइँमा डोटेली जनता होमिसकेको बताए ।

यसअघि पनि डोटीवासीले निरन्तररुपमा राजधानीको मागसहित दबाबमूलक कार्यक्रमहरु गर्दै आएका छन् ।

नगरप्रमुखद्वारा राष्ट्रपतिलाई ज्ञापन 

भ्रमणकाक्रममा शैलेश्वरी मन्दिर दर्शन गर्न पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबारै दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले ७ नम्बर प्रदेशको राजधानी दिपायलका लागि ज्ञापनपत्र बुझाएकी छन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
कांग्रेसका ६८ जिल्लाबाट प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार सिफारिस
संसदमा स्वास्थ्य बिमा विधेयक- २०७४ पारित
एमालेमा निर्वाचन परिचालनको संयोजकको जिम्मेवारी केपी ओलीलाई
राष्ट्रिय जनमोर्चा बागलुङद्दारा प्रतिनिधी सभा र प्रदेशसभाका लागि पार्टीका तर्फबाट उम्मेदवारी सिफारिस
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको रौनक देशैभरि सुरु
सरकारद्धारा भूकम्पपीडितका लागि घर निर्माण गर्न बिनाधितो ऋण दिने निर्णय
काठमाडौंमा निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि गोली हानी हत्या
तानसेन-बुटवल सडकखन्डको सिद्धबाबा क्षेत्रको सडक फेरि बन्द हुने
माथेमा प्रतिवेदन अनुसारको चिकित्सा शिक्षा ऐन पास गराएरै छाड्ने डा. गोविन्द केसीको अठोट
प्रदेश प्रमुखले गरेका काम कारवाही-निर्णयमा मुद्दा चलाउन नपाउने व्यवस्था संसदमा पेश
न्यायाधीशको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी दुईवटा विधेयक पास
सर्वोच्चद्वारा आयल निगमका विवादास्पद कार्यकारी निर्देशक खड्कालाई नहटाउन आदेश
सोलुखुम्बुका प्रमुख तीन दलद्वारा उम्मेदवार सिफारिस
वाम एकताको सहमति एमालेबाट सर्वसम्मतरुपमा अनुमोदित
भारतमा पक्राउ परेका देवनारायण रिहा
कांग्रेसद्वारा राष्ट्रिय जनमोर्चासँग प्यूठान, बाग्लुङ र अर्घाखाँचीमा मिलेर चुनाव लड्ने प्रस्ताव
लामो समयदेखि प्रतिक्षा गरिरहेको कर्मचारी समायोजन सम्बन्धि विधेयक व्यवस्थापिका संसदबाट पारित
संघीय र प्रादेशिक निर्वाचनका लागि तेह्रथुमका प्रमुख दलहरुद्वारा उम्मेदवार सिफारिस
जुन दलको चुनाव चिह्नमा चुनाव लड्यो, सोही दलको सदस्य रहने निर्वाचन आयोगको प्रष्ट
प्रहरीका निवर्तमान डीआइजी नवराज सिलवाल एमालेमा प्रवेश