arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश नम्बर-७ को राजधानी दिपायल नै कायम हुनुपर्ने भन्दै डोटीवासी आन्दोलित text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


प्रदेश नम्बर-७ को राजधानी दिपायल नै कायम हुनुपर्ने भन्दै डोटीवासी आन्दोलित भएका छन् ।

यसैक्रममा बिहीबार दिपायलमा र्‍यालीसहित कोणसभाको आयोजना गरिएको छ ।

कोणसभालाई सम्बोधन गर्ने अधिकांश वक्ताहरुले दिपायललाई प्रादेशिक राजधानी कायम नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले ७ नम्बर प्रदेशको राजधानी दिपायल मागमात्रै नभएर अधिकार भएको बताए ।

सबै दृष्टिकोणबाट राजधानी दिपायल नै उपयुक्त छ- उनले भने ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको निर्णयानुसार प्रदेशको राजधानी तोकिनेछ । तर, प्रदेशसभाले राजधानी नतोकेसम्मका लागि सरकारले नै राजधानी तोक्ने व्यवस्था छ ।

सोहीअनुसार अहिले प्रदेशको अस्थायी राजधानी तोक्ने चर्चा चलिरहेका बेला दिपायलवासी तातेका हुन् ।

सरकारले अस्थायी राजधानी अहिले दिपायल नै तोक्नुपर्छ भन्ने हाम्रो माग हो-कोणसभालाई सम्बोधन गर्दै प्राध्यापक डण्डिराज ओझाले भने- अहिले अस्थायी राजधानी तोकिएपछिमात्र पछि स्थायी सम्भव छ । अहिल्यै दिपायलको विकल्प खोज्न थालिए त्यसको नतिजा दुखद् नै हुन्छ ।

दिपायल राजधानीका लागि गठन गरिएको संघर्ष समितिका संयोजक डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले अधिकारको लडाइँमा डोटेली जनता होमिसकेको बताए ।

यसअघि पनि डोटीवासीले निरन्तररुपमा राजधानीको मागसहित दबाबमूलक कार्यक्रमहरु गर्दै आएका छन् ।

नगरप्रमुखद्वारा राष्ट्रपतिलाई ज्ञापन 

भ्रमणकाक्रममा शैलेश्वरी मन्दिर दर्शन गर्न पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबारै दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले ७ नम्बर प्रदेशको राजधानी दिपायलका लागि ज्ञापनपत्र बुझाएकी छन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
कास्कीका पूर्व सभासद् संविधान निर्माण गर्न नसकेकोमा ग्लानि लागेको बताउँदै आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा
मोहन बैद्यले नयाँ पार्टी खोल्ने तयारी गरिरहेको बेला माओवादी पुष्पकमल दाहालद्धारा एकताका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको भनाइ
मोहनविक्रम सिंहद्धारा माओवादीले मार्क्सवाद,लेनिनवादबाट पतन भई जातीयताको झण्डा बोकेकाले संविधान नबनेरै संविधानसभा भंग भएको आरोप
सर्वोच्चका न्यायाधीश रणबहादुर बमको दिनदहाडै गोली हानी हत्या भएको विरोधमा देशभरका अदालतहरु बन्द
बझाङमा दाजुभाइको अंशवण्डा झगडामा नाबालक छोराछोरीसहित सातको हत्या
सरकारले एक तर्फीरुपमा संविधानसभाको निर्वाचन घोषणा गरेको ठहर गर्दै एमाले देशव्यापी दबाब अभियानमा
माओवादी नेताहरु आराम - रमाइलो गर्दै: प्रधानमन्त्री भट्टराई आरामका लागि भन्दै धुलिखेल रिसोर्टमा
माओवादी पार्टी नफुटाउने हो भने मोहन वैद्यलाई पार्टी अध्यक्ष, रामबहादुर थापालाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव
बृहत मधेशी मोर्चाले प्रधानमन्त्री बाबुराम भट्टराईले पदत्याग नगरे उनलाई अन्य प्रक्रियाबाट हटाउनुपर्ने माग
पार्टी फुटेको घोषणमात्र हुन बाँकी रहेको बेला माओवादी पुष्पकमल दाहाल पार्टी अध्यक्षबाट राजीनामा तयार
कामचलाउ प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा दुइ प्रमुख विपक्षी दलका शीर्ष नेताहरुसँग भेटवार्ता
गृह मन्त्रालयले बहालवाला तथा विशिष्ठ व्यक्तिहरूको सुरक्षा व्यवस्था पुनर्मूल्यांकन गरी नयाँ रणनीति तय गर्ने
चुनावमा माओवादी र मधेसवादीबीच तालमेल गरी प्रतिष्पर्धामा जाने मधेसवादी मन्त्रीको भनाई
नेपाल जलवायु परिवर्तनसम्बन्धी महासन्धिका लागि अल्पविकसित देशहरुको समूहको संयोजकमा चयन
संविधानसभाको विघटनसंगै १९ दलले आन्दोलनको घोषणा, जेठ २६ गते सरकार विरुद्ध खुलामंचमा बिरोधसभा गर्ने
मसालका महामन्त्री मोहनविक्रम सिंहद्धारा चार बर्षमा पनि नेपालमा संबिधान बन्न नसक्नुको कारण संघियता र सत्ता मोह भएको टिप्पणी
देशभर प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन
कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन एमालेको माग
वैद्य पक्षद्धारा नयाँ पार्टी बनाउने तयारीस्वरुप असार १ गते राष्ट्रिय भेला
वर्तमान अन्यौल र संकटको निकास संविधान सभा पुनर्स्थापनाबाट हुनसक्ने एमाले झलनाथ खनालको भनाई
http://go.oclaserver.com/afu.php?zoneid=1465736