arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश नम्बर-७ को राजधानी दिपायल नै कायम हुनुपर्ने भन्दै डोटीवासी आन्दोलित text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


प्रदेश नम्बर-७ को राजधानी दिपायल नै कायम हुनुपर्ने भन्दै डोटीवासी आन्दोलित भएका छन् ।

यसैक्रममा बिहीबार दिपायलमा र्‍यालीसहित कोणसभाको आयोजना गरिएको छ ।

कोणसभालाई सम्बोधन गर्ने अधिकांश वक्ताहरुले दिपायललाई प्रादेशिक राजधानी कायम नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले ७ नम्बर प्रदेशको राजधानी दिपायल मागमात्रै नभएर अधिकार भएको बताए ।

सबै दृष्टिकोणबाट राजधानी दिपायल नै उपयुक्त छ- उनले भने ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको निर्णयानुसार प्रदेशको राजधानी तोकिनेछ । तर, प्रदेशसभाले राजधानी नतोकेसम्मका लागि सरकारले नै राजधानी तोक्ने व्यवस्था छ ।

सोहीअनुसार अहिले प्रदेशको अस्थायी राजधानी तोक्ने चर्चा चलिरहेका बेला दिपायलवासी तातेका हुन् ।

सरकारले अस्थायी राजधानी अहिले दिपायल नै तोक्नुपर्छ भन्ने हाम्रो माग हो-कोणसभालाई सम्बोधन गर्दै प्राध्यापक डण्डिराज ओझाले भने- अहिले अस्थायी राजधानी तोकिएपछिमात्र पछि स्थायी सम्भव छ । अहिल्यै दिपायलको विकल्प खोज्न थालिए त्यसको नतिजा दुखद् नै हुन्छ ।

दिपायल राजधानीका लागि गठन गरिएको संघर्ष समितिका संयोजक डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले अधिकारको लडाइँमा डोटेली जनता होमिसकेको बताए ।

यसअघि पनि डोटीवासीले निरन्तररुपमा राजधानीको मागसहित दबाबमूलक कार्यक्रमहरु गर्दै आएका छन् ।

नगरप्रमुखद्वारा राष्ट्रपतिलाई ज्ञापन 

भ्रमणकाक्रममा शैलेश्वरी मन्दिर दर्शन गर्न पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबारै दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले ७ नम्बर प्रदेशको राजधानी दिपायलका लागि ज्ञापनपत्र बुझाएकी छन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
रौतहटका एक दर्जन काँग्रेसका नेता पार्टीबाट निष्कासित
बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
प्रदेश नम्बर-२ मा १३६ स्थानीय तहका लागि ३६ हजार ७३ जनाको उम्मेदवारी दर्ता
शिक्षामन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन
भक्तपुरमा घुस लिंदालिंदै अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा
तराईका बाढीपिडीतको घाउमा मलाम लगाउदै नेपाल तरुण दल ( तस्बिर सहित)
असोज २ गते हुने स्थानीय निर्वाचनका लागि प्रदेश-२ का ८ जिल्लामा कहाँ-कति मतदाता, मतदानस्थल ?
प्रदेश नम्बर-२ का स्थानीय तहहरुमा उत्साहजनकरुपमा मनोनयन दर्ता
बारामा उत्साहजनकरुपमा उम्मेदवारी मनोनयन दर्ता
प्रदेश २ को चुनावका लागि विशेष सुरक्षा व्यवस्था, ६८ हजार सुरक्षाकर्मी परिचालन
सर्लाहीको ब्रम्हपुरीमा ४६५ घरधुरीलाई लालपुर्जा वितरण
प्रदेश नम्बर-२ को स्थानीय निर्वाचन नजिकिँदै गर्दा सर्लाहीमा चुनावी सरगर्मी
एमालेद्वारा प्रदेश-२ का ११० स्थानीय तहमा उम्मेदवारको नामावली सार्वजनिक
सरकारले विपद् व्यवस्थापन न्यूनीकरण विधेयक संसदमा पेस गर्ने
भ्रष्ट र अपराधीलाई आजीवन निर्वाचनमा भाग लिन बन्देज
बर्दियामा बाढी प्रभावित क्षेत्रमा भाइरल ज्वरो, रुघाखोकीका बिरामी बढ्दै, चिकित्सक नहुँदा उपचारमा समस्या
पाँचथरको फिदिम नगरपालिकाले स्थानीय बासिन्दालाई निःशुल्क हरियो जस्तापाता वितरण गर्ने
प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय निर्वाचनको सम्पूर्ण तयारी पूरा
अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे महभिरमा सडक भासिएपछि यातायात सन्चालनमा कठिनाइ
निर्वाचन आयोगद्वारा आचारसंहिता उल्लंघन गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्ने चेतावनी