arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश नम्बर-७ को राजधानी दिपायल नै कायम हुनुपर्ने भन्दै डोटीवासी आन्दोलित text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


प्रदेश नम्बर-७ को राजधानी दिपायल नै कायम हुनुपर्ने भन्दै डोटीवासी आन्दोलित भएका छन् ।

यसैक्रममा बिहीबार दिपायलमा र्‍यालीसहित कोणसभाको आयोजना गरिएको छ ।

कोणसभालाई सम्बोधन गर्ने अधिकांश वक्ताहरुले दिपायललाई प्रादेशिक राजधानी कायम नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले ७ नम्बर प्रदेशको राजधानी दिपायल मागमात्रै नभएर अधिकार भएको बताए ।

सबै दृष्टिकोणबाट राजधानी दिपायल नै उपयुक्त छ- उनले भने ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको निर्णयानुसार प्रदेशको राजधानी तोकिनेछ । तर, प्रदेशसभाले राजधानी नतोकेसम्मका लागि सरकारले नै राजधानी तोक्ने व्यवस्था छ ।

सोहीअनुसार अहिले प्रदेशको अस्थायी राजधानी तोक्ने चर्चा चलिरहेका बेला दिपायलवासी तातेका हुन् ।

सरकारले अस्थायी राजधानी अहिले दिपायल नै तोक्नुपर्छ भन्ने हाम्रो माग हो-कोणसभालाई सम्बोधन गर्दै प्राध्यापक डण्डिराज ओझाले भने- अहिले अस्थायी राजधानी तोकिएपछिमात्र पछि स्थायी सम्भव छ । अहिल्यै दिपायलको विकल्प खोज्न थालिए त्यसको नतिजा दुखद् नै हुन्छ ।

दिपायल राजधानीका लागि गठन गरिएको संघर्ष समितिका संयोजक डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले अधिकारको लडाइँमा डोटेली जनता होमिसकेको बताए ।

यसअघि पनि डोटीवासीले निरन्तररुपमा राजधानीको मागसहित दबाबमूलक कार्यक्रमहरु गर्दै आएका छन् ।

नगरप्रमुखद्वारा राष्ट्रपतिलाई ज्ञापन 

भ्रमणकाक्रममा शैलेश्वरी मन्दिर दर्शन गर्न पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबारै दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले ७ नम्बर प्रदेशको राजधानी दिपायलका लागि ज्ञापनपत्र बुझाएकी छन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
अदृष्य आर्थिक लेनदेनको विकृति आगामी निर्वाचनका लागि गम्भीर चुनौती भएको प्रमुख निर्वाचन आयुक्तको टिप्पणी
माओवादी केन्द्रमा चारजना बागी उम्मेदवारसहित १० जनालाई कारबाही
काठमाडौंमा बढी धुवाँ निकाल्दै हिँड्ने सवारी-साधनमाथि कारबाही सुरु
कांग्रेसले दुई तिहाइ बहुमत ल्याएमात्रै संविधान संशोधन हुने प्रधानमन्त्री देउवाको उल्लेख
आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने प्रमुख निर्वाचन आयुक्तको चेतावनी
मधेस केन्द्रीत दुई दलले केही क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई सिट छोड्ने
उपत्यकामा लाइसेन्स बिना बाइक चलाउने १०३ विद्यार्थी नियन्त्रण
वाम गठबन्धनको घोषणापत्रः आर्थिक विकासको पाटोमा दुई, तीन, पाँच र १० वर्षे लक्ष्य (घोषणापत्रको पूर्णपाठ)
अख्तियारद्दारा काठमाडौंको बालाजु प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
कांग्रेस उम्मेदवारद्वारा चुनाव प्रचारमा हेलिकोप्टर प्रयोग गरेको भन्दै एमाले-माओवादीबाट उजुरी
निर्वाचनमा खटिएका कर्मचारीले मतदान गर्न पाउनुपर्ने मागमा अन्तरिम आदेश दिन नपर्ने सर्वोच्चको आदेश
नेपालमा पहिलोपटक सर्पदंशको औषधि उत्पादन हुने
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई भयरहित र शान्त वातावरणमा सम्पन्न गराउन सीमा क्षेत्रमा उच्च सतर्कता
मंसिर २१ गते हुन गइरहेको निर्वाचनका लागि कास्कीमा १९ राजनीतिक दल, १०० उम्मेदवार चुनावी मैदानमा
देशभर बागी उम्मेदवारी दिएका केहीले आफ्नो उम्मेदवारी फिर्ता लिए
अख्तियारद्दारा पूर्व मूख्यसचिव क्षेत्रीसहित दुई सचिवसँग बयान
तनहुँ क्षेत्र नं.१ मा कांग्रेसका नेता गोविन्दराज जोशी दिएको उम्मेदवारी खारेज
सबैभन्दा बढी मतदाता प्रदेश नं ३ मा, सबैभन्दा कम प्रदेश नं ६ मा
झापामा डेंगु रोगको रगत परीक्षण गर्ने कीटको अभाव
डोटीको देउरडीमा जिप दुर्घटना, तीनजनाको मृत्यु, ८ घाइते
http://go.oclaserver.com/afu.php?zoneid=1465736