arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

सन्धिखर्कलाई समृद्ध र नेपालकै नमुना शहर बनाउने कांग्रेसको प्रतिबद्धताtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ १, विहीवार)

 प्रेम आचार्य 

सन्धिखर्क, अर्घाखाँची ३१ जेठ । सन्धिखर्क नगरपालिकालाइ समृद्ध र नेपालकै नमुना शहर बनाउने गरि नेपाली कांग्रेसले घोषणा पत्र सार्बजनिक गरेको छ । 


सन्धिखर्क नगरपालिकालाइ ग्रिन सिटी बनाउने तथा बैदेसिक रोजगारीमा गएका युबाहरुलाई स्वदेसमै कृषि तथा पर्यटनको माध्यमबाट स्वरोजगार बनाउने कार्यक्रम सहितको घोषणा पत्र सार्बजनिक गरीएको छ । 


सन्धिखर्कको साथी होटलमा पत्रकार सम्मेलनको आयोजना गरि नगरपालिकाका मेयर पदका उम्मेद्धार कमल प्रसाद भुसालले सन्धिखर्क नगरलाइ समृद्ध, स्वस्थ र सभ्य नगर बनाउने सहितको घोषणा पत्र सार्बजनिक गर्नु भएको हो । 


आफ्नो कार्यकालमा नगरलाइ दुध, मासु, तरकारी र अण्डामा निर्भर बनाउने, प्रत्येक वडामा सस्तो तथा सुपथ मुल्यको पशल सञ्चालन गर्ने, सन्धिखर्कका सबै घरमा एक घर एक धाराको ब्यबस्था गर्ने पनि घोषणा पत्रमा समावेस गरिएको छ । 

सुपा देउराली, अर्घा, खाँची तथा मथुराबेसीलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने, केवलकारको सम्भाब्यताको अध्यन गरि अर्घा , खाँची र सुपा देउरालीमा केवलकार सञ्चालन गरिने छ । 


न्गरका विभिन्न वडाहरुमा ब्यबसायीक कृषि, पशुपालन र पर्यटनको माध्यमबाट आत्मनिर्भर बनाउने, र घर आगनमै मेरो मेयर कार्यक्रम सञ्चालन गरिने पनि घोषणा पत्रमा समावेस गरिएको छ । 

घोषणापत्र सार्बजनिक कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका नेता तथा पुर्ब मन्त्री रेवती प्रसाद भुसालले संबिधान कार्यन्वयन गर्ने र परिबर्तन सस्थागत गर्न कांग्रेस विना असम्भव हुने बताउनु भयो । उहाले कांग्रेस विना स्थानीय तहको विकास असम्भव भएको बताउदै कांग्रेसले जिते पछि समृद्ध शहर बनाउने बताउनु भयो । 


 नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनालले कांग्रेसको किल्ला अर्घाखाँची भएकोले कांग्रेसलाई जिताउन सबै नगरवासि लागि परेको बताउनु भयो ।  उहाले अर्घाखाँचीको विकास निर्माणमा कांग्रेसको भुमिका प्रमुख रहेको बताउनु भयो । 

 कार्यक्रममा पुर्ब केन्द्रिय सदस्य महेन्द्र भुसाल, कांग्रेस नेता हिम्मत टण्डन, कांग्रेस जिल्ला सदस्य नेत्र भटराइ, सिता भुसाल, दलित संघका जिल्ला अध्यक्ष मणिराम परियार लगायतले मन्तब्य राख्दै कांग्रेसले कसैलाइ झुठा आश्वासन नदिने गर्न सकने काम मात्र घोषणा पत्रमा समावेस गरेको बताएका छन । 


सन्धिखर्क नगरपालिकाको उपमेयर पदको उम्मेद्धार, कमला आचार्यले सन्धिखर्क नगरपालिकालाई स्वच्छ सफा र हराबराका साथै सबैको हक स्थापित गराउन  कांग्रेस प्रतिबद्ध भएर लाग्ने बताउनु भयो । 

कार्यक्रम सन्धिखर्क नगरिपालिका कांग्रेसका सचिव युवराज खत्रीको अध्यक्षता, र सुर्य भुसालको सञ्चालनमा सम्पन्न भएको हो । 


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सिद्धाराका गाउँमा बिजुली पुगेको छैन, मोटरबाटो छैन ! सधैं आश्वासन मात्र
पाणिनी गाउँपालिकाकाे केन्द्र दुर्गाफाटमा: कांग्रेस उम्मेदवार
अर्घाखाँचीमा तालमेलले खोसिए नेत्रीका अवसर
अर्घाखाँची पुरै चुनाव केन्द्रीत, आफु २४ सै घण्टा ड्युटीमा रहेको मुख्य निर्वाचन अधिकृतको भनाई
नरपानीका जुम्ल्याहा दाजुभाई सन्धिखर्क नगरपालिका - ६ को वार्ड अध्यक्षमा प्रतिस्पर्दा
गोरसिंगेमा १९ बर्षिया युवतीलाई अर्घाखाँचीका दुई युवाद्वारा सामूहिक बलात्कार, दुवै एमाले, कांग्रेस कार्यकर्ता
अर्घाखाँचीका कृष्ण ३ बर्षपछि विदेशबाट घर फर्किदा न श्रीमति साथमा न पैसा हातमा
बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा ३ डाक्टर, औषधिको कमि छैन
पाणिनीको मैदानमा कांग्रेसको चुनावी प्रसारमा गएको जिप दुर्घट्ना हुँदा १ जनाको मृत्‍यु, कयौ घाइते
शीतगंगा नगरपालिकाको सिमलपानीमा चुनावी नारा भोट दिनुस् तपाईंको पुर्जा बनाइदिन्छौं
बल्कोट र केरुंगामा खानेपानी सहज बनाइदिने आश्वासन बाँडेर मत तान्ने होडबाजी
एमाले भूमिकास्थानका उम्मेदवारहरुद्वारा उम्मेदवारी दर्ता, विपक्षी तालमेलका बावाजुत कार्यकर्ता उत्साहित
अर्घाखाँचीमा विप्लव नेपाल कम्युनिस्ट पार्टीेका जिल्ला सचिवालय सदस्य चौहान गिरफ्तार
अर्घाखाँचीमा द्वन्द्वकालमा बन्दुक बोकेका उम्मेदवार
१८ हजार मतदाता रहेकाे भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाद्वारा ठुलो शक्ति प्रदर्शन सहित उम्मेदवारी दर्ता, ७ हजार बढीको उपस्थिती
अर्घाखाँचीमा शान्तीपुर्ण तवरमा उम्मेद्धारी दर्ता सम्पन्न, दुई तहमा कांग्रेस माओवादीले प्रमुखमा उम्मेद्धार उठाएन (उम्मेदवारको नामावली सहित)
एमाले सन्धिखर्कका उम्मेदवाहरुद्वारा उम्मेद्वारी दर्ता, आकाशमा पनि फहरायो सुर्य चिन्ह अंकित झण्डा
भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाद्वारा आफ्नो उम्मेदवारी दर्ता, हजारौं समर्थकहरुको उपस्थिती (तस्बिर सहित)
राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीभर आफ्नो उम्मेदवारी दर्ता गरायो
अडगुरीका अण्डा व्यवसायीको वार्षिक कारोबार एक करोड २६ लाख रुपैयाँ