arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
खेल

पतंजली सुरशाला आइडल जुनियर को बिजेता आयुष के सी, पब्लिक चोइस अवार्ड को बिजेता र तेस्रो स्रजल महर्जन, दोस्रो प्रितम आचार्य, सुरशाला आइडल जुनियर दोस्रो संस्करण छिट्टै शुरु हुनेtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ४, शुक्रवार)

world news


सुरशाला फ़ाउण्डेशन र म्युजिक एकेडेमीको आयोजनामा नेपालको पहिलो बाल गायन रियालिटी शो पतंजली सुरशाला आइडल जुनियरको ग्रान्ड फिनाले सम्पन्न भएकोछ र बिजेताको नाम घोषणा भैसकेको छ पतंजली आयुर्वेद प्रा लि नेपालको प्रायोजनमा भएको खोजी बाल प्रतिभाको यस कार्यक्रम ७ महिना पहिला देखि कान्तिपुर टि.भीबाट प्रसारण भैरहेकोछ l 

मोडर्न स्कुल भक्तपुरमा अध्यनरत सिन्धुपाल्चोकका आयुस के सी पतंजली सुरशाला आइडल जुनियरको बिजेता बनेकाछन र साथमा पतंजलिको तर्फबाट रु ५१, ००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु ५०, ०००/- गरि जम्मा नगद रु १ लाख १ हजार नगद प्रुस्कार का सहित ३, लाख ५० हजार रुपैया बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुरुस्कार जितेका छन् l सी टि भी मोबाइल को तर्फबाट मोबाइल गिफ्ट हयाम्पर जितेका छन् l

 यसै गरि ज्ञान निकेतन मा अध्यनरत काठमान्डौका स्रजल महर्जन यु ट्युब मा सबै भन्दा बढी दर्शक भोट पाएर "पब्लिक चोइस अवार्ड" को बिजेता र टप ५ मा तेस्रो स्थान हाँसिल गरी पतंजलिको तर्फबाट रु ३१००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु २०, ०००/ १५, ०००/- गरि जम्मा नगद रु ६६,०००/- नगद प्रुस्कार का सहित १, लाख ५० हजार रुपैया बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुरुस्कार जितेका छन् l त्यसै गरि सुनसरीका प्रितम आचार्य दोस्रो स्थान हँसिल गरी पतंजलिको तर्फबाट रु ४१,००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु ३०, ०००/- गरि जम्मा नगद रु ७१,०००/- नगद प्रुस्कार का सहित २, लाख ५० हजार रुपैया बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुरुस्कार जितेका छन् l क्रमश चितवनका अद्दित्य राज ढकाल चौथो र पोखराकी ममता गुरुङ पाँचौं स्थान मा परि सुरशालाको तर्फबाट नगद रु १०/१० हजार, गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति र CTV Mobile World Apple World का तर्फबाट मोबाइल गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् l साथमा रेबेल क्रियशनको तर्फबाट पतंजली सुरशाला आइडल जुनियर टप १० लाइ नै गीति अल्बम र टप ५ लाइ म्युजिक भिडियो को अवसर , लोकप्रिय संगीतकार आलोक श्री का तर्फबाट टप ७ लाइ गीति अल्बम को अवसर पाउनेछन l देशका विभिन्न स्थानहरुबाट ७ बर्ष देखि १६ वर्ष भित्रका १५ सयभंन्दा बढी प्रतिभाशाली बाल सहभागीहरुले अडिशन दिएका थिए र उनीहरु मध्यबाट टप १० हुँदै उत्कृष्ठ ५ को छनोट भएको थियो l 

रसियन कल्चर सेन्टरमा बरिष्ठ गायक प्रेम ध्वजको प्रधान ज्युको प्रमुख आतिथ्यमा टप ५ पतंजली सुरशाला आइडल जुनियरले जोडदार प्रस्तुति दिएका थिए जहाँ दर्शक दिर्गाबाटै पटक पटक उठेरै तालीले सम्मान समेत पाएका थिए l कार्यक्रममा संगीत साहित्य र कला क्षेत्रका बिशिष्ठ अतिथिज्युहरु उपस्थिति थियो बरिष्ठ गीतकार रत्न शमशेर थापा, गीतकार फिल्म निर्माता यादव खरेल, गीतकार राजेन्द्र थापा, बरिष्ठ संगीतकार दीपक जंगम, राजु सिंह, महेश खड्का, गायक रामकृष्ण ढकाल ,प्रमोद खरेल, नरहरि प्रेमी लगायत, विभिन्न क्षेत्रका बिशिष्ठ व्यक्तित्व, अविभावक हरुको उपस्थित थियो l 

यस कार्यक्रमका मुख्य निर्णायक गायक हेमत शर्मा, राज सिग्देल र जुन प्रसाईं हुनुहुन्थ्यो भने अमन प्रधान सुप्रिया मास्के का साथमा नरेश भट्टराई ले कायक्रम संचालन गर्नुभएको थियो l कार्यक्रम का निर्देशक गायक अमृत छेत्रीले सुरशाला आइडल जुनियर सम्पूर्ण टीमलाई धन्यबाद दिदै सुरशाला फ़ाउण्डेशन निरन्तर बालबालिकाहरुको प्रतिभाको खोजि गर्ने र उनीहरुलाई संगीतको ब्यबहारिक शिक्षा र अवसर प्रदान गर्ने बताउनुभयो र साथमा यस पहिलो कार्यक्रमको अपार सफलता पछि सुरशाला आइडल जुनियर दोस्रो छिटै शुरु हुनेघोषणा समेत गर्नुभयो l

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
नेपाली राष्ट्रिय फुटबल टिमले फाइनलमा एएफसी सोलडारिटी कपको उपाधि जित्यो
नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा
कुखुराको भालेको भिडन्त विश्वमै लोकप्रिय खेल
तिलक स्मृति रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता आजबाट सन्धिखर्कमा सुरु
नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा
महिला क्रिकेट टिमले एसिया कपमा खेल्ने, थाइल्यान्डले हङकङलाई पराजित गरेपछि भाग्य खुल्यो
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आयोजक हङकङमाथि ६ रनको रोमाञ्चक जित हात पार्यो
रियो ओलम्पिकको ब्राजिलको रियो दि जेनेरियोमा भव्यताका साथ उदघाटन
क्रिकेट टोली स्वदेस फिर्ता
नवयुग श्रेष्ठ वर्ष पुरूष खेलाडी
यूरोकपको उपाधि पोर्चुगललाई, क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिममा फेरि हर्षको आँशू झारे
मेसी, म्याराडोना, अर्जेन्टिनी फुटबल र नेपालीबीचको समीकरण
पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
भावना घिमिरेद्वारा नेपाल क्रिकेट संघको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा
फाइनल खेलमा चिलीले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने
अर्जेन्टिना फुटबल प्रतियोगिताको फाइनलमा
युरोकप फुटबल अन्तर्गत मंगलबार राति दुई समूहका चार खेल हुँदै
स्टार खेलाडी ग्यारेथ बेलले युरोकप फुटबलमा ५८ वर्ष पुरानो इतिहास तोडे
मदन आश्रित क्रिकेट : नेपाल पुलिस क्लब र जनकपुर विजयी
युरोकप : भिडे समर्थक, खेल बराबरीमा रोकियो