arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कमा नागरीक समाज संस्थाको अवस्था र परिवर्तित सन्दर्भको भूमिका बिषयक कार्यक्रम सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ पौष २४, सोमवार)

सागर परियार

सन्धिखर्क, अर्घाखाँची । जिल्लामा नागरीक समाज संस्थाको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् । 


एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखा र सुशासन प्रर्बधनका लागि नागरीक सञ्जाल अर्घाखाँचीको संयुक्त आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाले सो कुरा बताएका हुन । 'जिल्लामा नागरीक समाज संस्थाको अवस्था र परिवर्तित सन्दर्भमा यसको भूमिका बिषयक' कार्यक्रममा बोल्दै सरोकारवालाहरुले स्थानीय तहको निर्माण भएको वर्तमान अवस्थामा भूमिका यसको भूमिका अझ प्रभावकारी हुने बताएका थिए ।  

कार्यक्रममका प्रमुख अथिति सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले मुलुकका हरेक परिवर्तमान नागरीक समाज संस्थाको भूमिका अतुलनीय हुने उल्लेख गर्नुभयो । खत्रीले स्वयम नागरीक समाज संस्था पारदर्शी जवाफदेहि र उत्तरदायी बन्दै सामाजिक जवाफदेहिता प्रर्बधनमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रमका जिल्ला कृषि विकास कार्यलय प्रमख जगन्नाथ तिवारी, युएसएआईडी लोकतन्त्र तथा सुशासन बिज्ञ कृष्ण पाठक, एफ.एच.आई ३६० का प्रमुख बिष्णु सापकोटा लगायतले बोल्दै नागरीक समाज संस्थाको परिभाषा असिमित रहेको बताउनुभएको थियो । बिगतको आन्दोलनको सन्दर्भमा पनि नागरीक समाज संस्थाको भूमिका महत्वपूर्ण भएको भन्दै कुनै पनि संस्था मात्र नभई कतिपय सन्दर्भमा व्यक्तिको भूमिका पनि नागरीक समाजको रुपमा हुने भनाई राख्नुभएको थियो । 


कार्यक्रममा पाणिनि क्याम्पसका उप-प्रध्यापक सुरज शारुले जिल्लामा नागरीक समाज संस्थाको अवस्था र परिवर्तित सन्दर्भमा यसको भूमिका बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथि पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी ‘लेकाली’, पाणिनि बहुमुखी क्याम्पसका प्रध्यापक बाबुराम शर्माले टिप्टणी गर्नुभएको थियो । 

एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखाँ अध्यक्ष हृदयकुमार भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  पारस्परिक जवाफदेहिता परियोजना संयोजक हीरा कुवँरले बिषयवस्तुमाथि प्रकास पार्नुभएको थियो । कार्यक्रम परियोजनाका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । अन्र्तत्रिया कार्यक्रमले स्थानीय सरकार मार्फत हुने  विकास निर्माणका कार्यमा जनसहभागिता पारदर्शीता उत्तरदायित्व अभिबृद्धिकालागि समन्वय र सहकार्य गर्ने, नागरीक समाज र नागरीक समाजका संस्थाहरुबीच आपसी समन्वय गर्दै नागरीकका साझा मुद्धा उठानका लागि अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 


कार्यक्रममा अर्घाखाँची उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अशोक कुमार श्रेष्ठ, गैसस महासंघका कार्यबाहक अध्यक्ष ठाकुर प्रसाद प्रसाद अधिकारी, लोकतान्त्रिक गैसस महासंघका जिल्ला सचिव मणीराम परियार, श्रृर्जनशील अपांगता सरोकार केन्द्रका अध्यक्ष फर्सुराम पाण्डे, अन्र्तपार्टी महिला सञ्जालका अध्यक्ष सुशिला गैरे लगायतएको आथित्यता रहेको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्क नगरपालिका कार्यालयमा सिसिटिभि क्यामरा जडान
सन्धिखर्कमा अाधारभुत सौन्दर्यकर्मी तालिम सन्चालन
युएईबाट धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
कपडा तथा सिलाई व्यवसायी संघ अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशन सम्पन्न
अर्घाखाँची वचत तथा ऋण सहकारी संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
अर्घाखाँचीडट्कममा प्रकासित "पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना" शिर्षक समाचारमा सत्यता नभएको विधालयको भनाई
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली
नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
http://go.oclaserver.com/afu.php?zoneid=1465736