arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

बाबरी मस्जिद विध्वंश मामलामा भारतीय जनता पार्टीका वरिष्ठ नेता आडवानीसहित शीर्ष नेतामाथि मुद्दा दर्ताtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ६, बुधवार)



बाबरी मस्जिद विध्वंश मामलामा भारतको सर्वोच्च अदालतले सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवानीसहित शीर्ष नेतामाथि मुद्दा दर्ता गर्न आदेश दिएको छ ।

आपराधिक षडयन्त्र रचेको आरोपमा मुरली मनोहर जोशी, उमा भारती लगायत १० नेताविरुद्ध मुद्दा दायर गर्न अदालतले बुधबार आदेश दिएको हो ।

न्यायाधीशद्वय पीसी घोष र रोहिंटन नरीमनको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

६ डिसेम्बर १९९२ मा हजारौंको संख्यामा हिन्दू धर्मावलम्बी कार्यकर्ताले अयोध्यास्थित बाबरी मस्जिद भत्काएका थिए । सो घटनापछि साम्प्रदायिक दंगा भएको थियो ।

भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआइ) ले अदालतमा दायर गरेको रिटमाथि लामो बहसपछि अदालतको यस्तो फैसला आएको हो ।

अदालतले यो मुद्दामा दैनिक सुनुवाइ हुने र मुद्दा नटुंगिएसम्म सुनुवाइ गर्ने न्यायाधीशको सरुवा समेत नहुने प्रष्ट पारेको छ ।

उल्लेखनीय छ, लालकृष्ण आडवानी भारतको आगामी राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ दलको उम्मेदवार बन्ने चर्चा चलिरहेको समयमा उनीविरुद्ध मुद्दा दायर हुने भएको हो । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
अफ्रिकाको उत्तरी निजेरमा पानी पिउनै नपाएर ४४ जनाको मृत्यु
श्रीलङ्कामा मनसुन-पूर्वको भीषण वर्षातपछिको बाढी पहिरोबाट १४६ को मृत्यु, पाँच लाख विस्थापित
इजिप्टले लिवियाका जिहादी समुहको शिविरमा भीषण आक्रमण
अफगानिस्तानमा एक जना फिनिस महिलाको हत्या, सुरक्षागार्डको शीर छेदन
इमानुएल म्याक्रोँद्वारा फ्रान्सको राष्ट्रपतिका रुपमा पदभार ग्रहण
अफगानिस्तानमा भएका सुरक्षा कारबाहीमा परी ७१ जना लडाकू मारिए
भारतको एउटा विद्यालयका झन्डै २०० जना विद्यार्थी रासायनीक ग्यास फैलिएर बिरामी भएपछि अस्पताल भर्ना
बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमारले सन्न्यास लिने
पाकिस्तानमा चारजना आतंककारीलाई फासीको सजाय
अफगानिस्तानको विभिन्न प्रान्तमा सुरक्षा कारबाहीमा कम्तीमा ४३ जना विद्रोही लडाकूको मृत्यु
अफगानिस्तानमा तालिवान आतंककारीद्वारा 'वसन्तऋतु आक्रामक' नामक आक्रमणको घोषणा
अमेरिकी क्रुज मिसाइल पानी जहाजले रक्षा प्रणालीका लागि तैनाथी सुरु
भेनेजुएलामा सरकार विरोधी प्रदर्शनमा तीन जना मारिए
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
अमेरिकी युद्धपोत कोरियाली प्रायद्वीपमा परिचालन
सिरियामाथि मिसाइल आक्रमण गरेपछि राष्ट्रसंघद्वारा परिस्थिति अरु बिग्रनसक्ने भन्दै चिन्ता व्यक्त
स्वीडेनको स्टकहोममा गोली चल्दा पाँचजनाको मुत्यु
रुसको सेन्ट पिटर्सबर्गस्थित मेट्रो स्टेसनमा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्‍यु
पाकिस्तानको पन्जाब प्रान्तको धार्मिकस्थलमा २० जनाको हत्या
भारतका झन्डै २०० अर्धसैनिक प्रहरी जवान विषाक्त खानाका कारण अस्पताल भर्ना