arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
खेल

नेपाल पहिलोपटक यु-१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २८, मंगलवार)


नेपाल पहिलोपटक यु-१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा जारी प्रतियोगितामा भारत र मलेसियालाई हराउँदै नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

समूहबाट सबै खेल जितेर समूह विजेता बन्दै बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ ।

समूहको अन्तिम खेलमा मंगलबार मलेसियामाथि शानदार ८ विकेटको जित हासिल गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

मंगलबारै भएको समूहको अर्को खेलमा बंगलादेशले भारतमाथि पनि ८ विकेटकै जित हासिल गरेसँगै बंगलादेश समूह विजेता तथा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

नेपालले समूहको पहिलो खेलमा बंगलादेशसँग झिनो २ विकेटको हार व्यहोर्दा साविक विजेता भारतमाथि पहिलोपटक जित हासिल गरेको थियो ।

मंगलबार समूहको अन्तिम खेलमा मलेसियाविरुद्ध वर्षाले गर्दा २४ ओभरमा घटाइएको खेलमा नेपालले ४६ रनको सामान्य चु्नौती ५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको हो ।

अनिल साहले १५ बलमा अविजित रहँदै २६ रन जोडे भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३ बलमा दुई छक्काको मद्दतले १२ रन बनाए ।

यसअघि, वर्षाले झन्डै ५ घन्टा ढिलो सुरु भएको खेलमा आयोजक मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै १५ ओभर ३ बलमात्रै क्रिजमा टिकेर ४५ रन बनाउन सक्यो ।

पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेको मलेसियाले थप १२ रन जोड्दा सबै विकेट गुमाएको हो ।

शानदार बलिङ गर्नेक्रममा सन्दीप लामिछानेले ८ रन खर्चेर ५ विकेट लिए । यसैगरी, कप्तान दीपेन्द्रले १ रन खर्चेर २ तथा शहाब आलमले ३ रन खर्चेर २ विकेट लिए । अनिल साहले १ रन खर्चेर १ विकेट लिए ।

यता, भारतले वर्षाले ३२ ओभरमा झारिएको खेलमा ८ विकेटको क्षतिमा १८७ रन बनाएको थियो ।

जवाफमा बंगलादेशले पिनक घोषको अविजित ८१ रनको मद्दतले २८ ओभरमै २ विकेटको क्षतिमा विजय हासिल गर्‍यो ।

यो हारले २ अंकमात्र बटुलेको साविक विजेता भारत पहिलोपटक समूह चरणबाट बाहिरिएको हो । मलेसिया अंकविहीन हुँदै बाहिरिएको छ ।

अब नेपालले सेमिफाइनलमा शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । अर्को समूहको समूह विजेता बन्दै अफगानिस्तान सेमिफाइनलमा पुगको हो ।

पहिलो सेमिफाइनलमा बिहीबार बंगलादेश र अर्को समूहको उपविजेता पाकिस्तान भिड्नेछन् । श्रीलंका र युएई समूह चरणबाटै बाहिरिएका छन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
आइपिएल : गुजरात पहिलो स्थानमा उक्लियो
आइपिएल : पुछारको पञ्जावले दिल्लीलाई हरायो
बार्यन म्युनिखको कीर्तिमान : लगातार चौंथो तथा समग्रमा २५ औं पटक उपाधि
इंग्लिस प्रिमियर लिगमा मिडिल्सब्रोको पुनरागमन
च्याम्पियन्स लिगमा म्यानचेष्टर युनाइटेडको छनौट हुने संभावना कायम
आइपिएल क्रिकेट:कोहलीले शतक- धोनीको टिम हार्यौ
हृदयघात भएर मैदानमै लडेका क्यामरुनका मिडफिल्डर प्याट्रिक एकेङगको निधन
आइपिएल : हैदरावादले गुजरातलाई ५ विकेटले हरायो
एपिएफलाई हराएर सुुदूरपश्चिमले जित्यो नेपालगञ्ज गोल्डकपको उपाधि
यू.ई.एफ.ए च्याम्पिएन्स लिगको सेमिफाइनल चरण सुरु
अन्तर्राष्ट्रिय क्रिकेट संघ आईसीसीद्वारा नेपाल क्रिकेट संघ निलम्बन
Kohli century couldn't help RCB
रोमान्चक बन्दै ला लिगा
आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरद्वारा राइजिङ पुणे सुपरजाइन्ट्सलाई १३ रनले पराजित
फिफाद्वारा एन्फाका निलम्बित अध्यक्ष गणेश थापाको अपील खारेज, अख्तियारलाई दबाब
आई. पी. एल र नेपाली क्रीकेट
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित हासिल
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालको शानदार जित
इन्टरनेशनल कप: अफगानिस्तानसँग नामिबिया एक इनिङ र ३६ रनले पराजित
फर्किन्छ्की नेपाली क्रीकेटको सान
http://go.oclaserver.com/afu.php?zoneid=1465736